सन्जु कर्ण, सर्लाही
सर्लाही, असोज १३ गते । सर्लाहीको हरिपुर २ मा रहेको साना किसान कृषि सहकारी संस्थाको १७ औं साधारण सभा सम्पन्न भएको छ ।
संस्थाले आर्थिक वर्ष २०७९÷०८० मा ३२ करोड ४२ लाख ६ हजार ८ सय २९ रुपियाँ कारोवार गरी १ करोड ५ लाख ७२ हजार मुनाफा आर्जन गरेको छ । ।
संस्थाको शनिवार सम्पन्न १७ औँ वार्षिक साधारण सभामा प्राप्त मुनाफाबाट आफ्ना शेयर सदस्यलाई १५ प्रतिशत लाभांस वितरण गरिने घोषणा गरिएको छ ।
हरिपुरमा प्रधान कार्यालय १ हजार १ सय पाँच मध्ये १ हजार १९ जना महिला र ६८ जना पुरुष शेयर सदस्य रहेका संस्थाका प्रवन्धक नरेन्द्र कुमार चौधरीले बताएको छ । संस्थाका अध्यक्ष जमुना कुमारी धामीको अध्यक्षता तथा पुर्व माननिय तथा संविधान सभा सदस्य राम चन्द्र चोधरीको प्रमुख आतिथ्यतामा हरिपुर नगरपालिका नगरपालिकाका प्रमुख गोपाल पजियार उपप्रमुख निलम देवी रायको रंजना सरकार साना किसान केन्द्रिय संघका केन्द्रिय सदस्य अंजु पौडेलको आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।
संस्थाका ब्यबस्थापक तथा प्रबन्धक नरेन्द्र कुमार चौधरीको संचालन तथा संस्थाका उपाध्यक्ष बविता कुमरी चैधरीले स्वागत मन्तव्य रहेको थियो । यस बर्ष संस्थाले ९ जना जेष्ठ नागरीकलाइ सम्मान गरेको छ भने एसइइ परिक्षामा उत्कृष्ट अंक ल्याइ उतिर्णहुने दुइ जना छात्रछात्रालाइ पनि सम्मान गरिएको छ । त्यसै गरी कृषि कार्यमा उत्कृष्ट व्यबसाय गर्ने किसानलाइ समेत सम्मान गरेको संस्थाले जनाएको छ ।
यसै बिच नवपुरमा रहेको ग्रामिण बचत तथा ऋण सहकारी संस्थाले नयाँ नेतृत्व निर्विरोध चयन गर्दै अधिवेशन सम्मपन्न गरेको छ । आज भएको अधिवेशनले सुरेन्द्र बिक्रम कार्कीको अध्यक्षतामा ११ सदस्य संचालक समिति भयन गरिएको छ । उपाध्यक्षमा कमला कुमारी उपाध्याय सचिवमा महेश्वर प्रसाद घिमिरे कोषध्यक्षमा राजन कुमार चालिसे, सदस्यहरुमा भिष्मराज चालिसे, अम्बिका काफ्ले, पुरुषेतम हर िश्रेष्ठ, भगवती सुबेदी, प्रल्हाद कुमार थापा, अनिता कुमार िबुढाथोकी, काजी राम खड्का चयन भएको जनाएको छ ।कार्यक्रममा प्रदेश सांसद माननिय बेची लुंगेलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । संस्थाले आर्थिक बर्ष २०७९÷०८० मा ४४ लाख २९ हजार ७६८ रुपियाँ ८२ पैसा आम्दानी गरेको छ भने १६ करोड ८६ लाख २७ हजार ७९९ रुपियाँ ४ पैसा कारोवार गरेको संस्थाका अध्यक्ष कार्कीले वनाएको छ ।
साना किसान हरिपुर र ग्रामिण नवलपुरको साधारण सभा सम्पन्न
3 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
1 दिन पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
2 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
संवाददाता
संवाददाता
