कमल साह
जनकपुरधाम, असोज ६ गते । कैन्सर रोग विशेषज्ञ होमियोपैथी चिकित्सक डा.उपेन्द्र साह सम्मानित हुनु भएको छ ।
जटिल रोग भनेर समाजमा प्रचारित कैन्सर रोगीलाई होमियोपैथिक औषधी सेबनबाट रोग निको पार्न सफल हुँदै रहनु भएका डा. उपेन्द्र साह लाई श्री नरेन्द्र मोदी बिचार मंचले एक समारोह बीच सम्मान गरियो ।
मधेश प्रदेशका सांसद किरण देवी साह ले प्रमुख अतिथीको आसनबाट डा. उपेन्द्र साह लाई दोसाल्ला ओढाएर सम्मान गर्नुभयो । डा साह लाई श्री नरेन्द्र मोदी बिचार मंच का अध्यक्ष सत्यनाराण साह ले टोपी लगाई सम्मान गर्नुभयो ।
त्यस्तै प्रमुख अतिथी प्रदेश सांसद किरण साह,लोसपाका युवा नेता रमण पाण्डेय र संचारकर्मी मिश्रीलाल मधुकरले होमियोपैथी चिकित्सा पद्धतिको अविषकारक डा. हेनिमैनको तस्वीर संयुक्तरुपमा डा उपेन्द्र साह लाई उपहार स्वरुप प्रदान गर्नुभयो ।
सिरहाको बरियापुर गाउँमा जन्मनु भएको होमियोपैथी चिकित्सा पद्धतिको पठनपाठन भारतको दरभंगामा उहाँले गर्नुभयो । डा. साह ले आफ्नो कार्यक्षेत्र जनकपुरधामलाई बनाएर रोगीको सेवा गर्दै आएका हुन । उनी होमियोपैथी चिकित्सा सम्बन्धि अध्ययन गर्न गएको बेलादेखी निरंतर अनुसन्धानमा लागको ले नै आज कैन्सररोग विशेषज्ञ चिकित्सकको रुपमा सम्बोधन हुन थालेका छन ।
जनकपुरधाम उपमहानगरपालिका–२३ बेला गाउँ स्थित गोविन्द मन्दिर चौकमा निजी क्लिनिक संचालन गरिरहनु भएको डा. उपेन्द्र साह समक्ष अचेल कैन्सर रोगीहरुको चाप लाग्न थालेको देखिन्छन ।
कैन्सर रोगबाट चितवनका भरतपुर,काठमाण्डौ र दिल्लीमा औषधि खुवाएर थकित रोगीहरु डा. साह कहाँ अचेल आउने गरेका हुन्छन ।
होमियो चिकित्सक डा. उपेन्द्र साह भन्नुहुन्छ,‘ होमियोपैथ पद्धतिमा आकस्मीक रोगहरुको समेत उपचार रहेको छ । तर, त्यस्को लागि अस्पतालको आवश्यकता हुन्छ ।’
उहाँले क्लिनिकमा सबैथोक रोगको उपचार नहुन सक्ने भएको ले हामी सर्प टोकेको मान्छे लगायतको उपचार गर्नमा असमर्थ रहेको बताउनु भयो ।
भारतका प्रधानमंत्री मोदी को ७३ औं जन्मदिवस अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथी मधेश प्रदेश सांसाद किरण साहले भन्नुभयो,‘ श्री नरेंद्र मोदी भारत को प्रधानमंत्री संगै विश्व का चर्चित नेता हुन । उहाँ भारत को पहलो प्रधानमंत्री हुन, जो जनकपुरधाम को यात्रा गर्नुभयो ।’
श्री नरेन्द्र मादी बिचार मंच का अध्यक्ष सत्यनारायण साह को अध्यक्षतामा आयोजित कार्यक्रममा लोसपाका युवा नेता रमण पाण्डेय,डा.उपेन्द्र साह लगायतले शुभकामना मन्तव्य राख्नुभयो ।
सो कार्यक्रम रामबहादुर साह तेली धर्मशालाको सभाकक्षमा आयोजना गरिएको थियो ।
कैन्सर रोग विशेषज्ञ डा. साह सम्मानित
3 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
1 दिन पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
2 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
संवाददाता
संवाददाता
