कैन्सर रोग विशेषज्ञ डा. साह सम्मानित
2 वर्ष पहिले प्रकाशित
कमल साह
जनकपुरधाम, असोज ६ गते । कैन्सर रोग विशेषज्ञ होमियोपैथी चिकित्सक डा.उपेन्द्र साह सम्मानित हुनु भएको छ ।
जटिल रोग भनेर समाजमा प्रचारित कैन्सर रोगीलाई होमियोपैथिक औषधी सेबनबाट रोग निको पार्न सफल हुँदै रहनु भएका डा. उपेन्द्र साह लाई श्री नरेन्द्र मोदी बिचार मंचले एक समारोह बीच सम्मान गरियो ।
मधेश प्रदेशका सांसद किरण देवी साह ले प्रमुख अतिथीको आसनबाट डा. उपेन्द्र साह लाई दोसाल्ला ओढाएर सम्मान गर्नुभयो । डा साह लाई श्री नरेन्द्र मोदी बिचार मंच का अध्यक्ष सत्यनाराण साह ले टोपी लगाई सम्मान गर्नुभयो ।
त्यस्तै प्रमुख अतिथी प्रदेश सांसद किरण साह,लोसपाका युवा नेता रमण पाण्डेय र संचारकर्मी मिश्रीलाल मधुकरले होमियोपैथी चिकित्सा पद्धतिको अविषकारक डा. हेनिमैनको तस्वीर संयुक्तरुपमा डा उपेन्द्र साह लाई उपहार स्वरुप प्रदान गर्नुभयो ।
सिरहाको बरियापुर गाउँमा जन्मनु भएको होमियोपैथी चिकित्सा पद्धतिको पठनपाठन भारतको दरभंगामा उहाँले गर्नुभयो । डा. साह ले आफ्नो कार्यक्षेत्र जनकपुरधामलाई बनाएर रोगीको सेवा गर्दै आएका हुन । उनी होमियोपैथी चिकित्सा सम्बन्धि अध्ययन गर्न गएको बेलादेखी निरंतर अनुसन्धानमा लागको ले नै आज कैन्सररोग विशेषज्ञ चिकित्सकको रुपमा सम्बोधन हुन थालेका छन ।
जनकपुरधाम उपमहानगरपालिका–२३ बेला गाउँ स्थित गोविन्द मन्दिर चौकमा निजी क्लिनिक संचालन गरिरहनु भएको डा. उपेन्द्र साह समक्ष अचेल कैन्सर रोगीहरुको चाप लाग्न थालेको देखिन्छन ।
कैन्सर रोगबाट चितवनका भरतपुर,काठमाण्डौ र दिल्लीमा औषधि खुवाएर थकित रोगीहरु डा. साह कहाँ अचेल आउने गरेका हुन्छन ।
होमियो चिकित्सक डा. उपेन्द्र साह भन्नुहुन्छ,‘ होमियोपैथ पद्धतिमा आकस्मीक रोगहरुको समेत उपचार रहेको छ । तर, त्यस्को लागि अस्पतालको आवश्यकता हुन्छ ।’
उहाँले क्लिनिकमा सबैथोक रोगको उपचार नहुन सक्ने भएको ले हामी सर्प टोकेको मान्छे लगायतको उपचार गर्नमा असमर्थ रहेको बताउनु भयो ।
भारतका प्रधानमंत्री मोदी को ७३ औं जन्मदिवस अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथी मधेश प्रदेश सांसाद किरण साहले भन्नुभयो,‘ श्री नरेंद्र मोदी भारत को प्रधानमंत्री संगै विश्व का चर्चित नेता हुन । उहाँ भारत को पहलो प्रधानमंत्री हुन, जो जनकपुरधाम को यात्रा गर्नुभयो ।’
श्री नरेन्द्र मादी बिचार मंच का अध्यक्ष सत्यनारायण साह को अध्यक्षतामा आयोजित कार्यक्रममा लोसपाका युवा नेता रमण पाण्डेय,डा.उपेन्द्र साह लगायतले शुभकामना मन्तव्य राख्नुभयो ।
सो कार्यक्रम रामबहादुर साह तेली धर्मशालाको सभाकक्षमा आयोजना गरिएको थियो ।
कमेन्ट गर्नुहोस्
सुमो दुर्घटनामा घाईते भएका मध्ये १ जनाको मृत्यू
रामेछाप । रामेछापको खाँडादेवि गाउँपालिका ४ रजगाउँमा टाटा सुमो दुर्घटनामा घाईते भएकी एक जनाको मन्थली अस्पतालमा ..
17 मिनट पहिले
खाँडादेविको रजगाउँमा यात्रुबाहक सुमो दुर्घटना, ७ जना घा..
रामेछाप । रामेछापको खाँडादेवि ४ रजगाउँमा शुक्रबार साँझ ना १ ज ५५५८ नम्बरको यात्रुबाहक सुमो दुर्घटनामा परेको छ । ..
3 घन्टा पहिले
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
4 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
6 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
7 दिन पहिले
संवाददाता
संवाददाता
