+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

धनुषाको सबैला नगरपालिकामा झोले डाक्टरहरुको ब्रहमलुट

2 वर्ष पहिले प्रकाशित

धिरेश दत्त
जनकपुरधाम, असोज २ गते मंगलबार । जनकपुररधामः मधेश प्रदेशको राजधानी जनकपुरधाम आसपासका ग्रामिण भेगहरुमा झोले डाक्टरहरुले उपचारका नाममा ब्रहमलुट मचाईरहका छन् ।
यस्ता झोले डाक्टरहरुको यस क्षेत्रमा बिगबिगी अत्यधिक रहेको पाईएको छ । जसलेगर्दा यस भेगका सोझा–साझा जन्ताहरु दिनहुँ यी झोले डाक्टरहरुबाट लुटिदै आईरहेका छन् ।
हुनतः मधेश प्रदेशकै प्रादेशिक राजधानी जनकपुरधाममा नै च्याउ झै उम्रेको झै निजी क्लिीनिक र अस्पतालहरु छ्याप–छ्यापती बिना मापदण्ड खुले पनि कसैले केहि गर्न सकेका छैनन् । जसले गर्दा सर्वसाधारण बिरामीहरु अकालमै आफ्नो ज्यान गुमाउनु परिरहे पनि सम्बन्धीत निकाय कमिशनको लेभमा कसैले केहि देलान् कि ? भनी मुकदर्शक बनेका छन् ।
केहि दिन पूर्व धनुषा जिल्लाको पूर्वी भेग अर्थात् सबैला नगरपालिकामा एउटा यस्तै झोले डाक्टरको तथ्य बाहिर आएको छ ।
धनुषाको सबैला नगरपालिका निवासी बर्ष १७ को अर्जुन धामी भदौ १९ गते मंगलबार आफ्नो आफन्तलाई घर पु–याएर आउने क्रममा सबैलाको चोकमा आफै अनियन्त्रीत भई खस्दा दुर्घटनामा परेको थियो । दुर्घटनामा उनको अण्डकोषमा चोट लागेको र छाला समेत निक्लेको थियो ।
त्यही बेला त्यही चोकमा किराना पसल सञ्चालन गर्दै आईरहेको झोले अहेब अनिल चौधरीका बुवाले तुरुन्त एम्बुलेन्स मगार्ई सुविधा सम्पन्न अस्पताल पु–याउनुको सट्टा आफ्नो छोरोले सञ्चालन गरेको निजी उपचार केन्द्रमा लगी भर्ना गराएका थिए ।


दुर्घटनामा परेका अर्जुन धामी मेरो आमा–बुवा आएपछि मात्र म कहिं कतै जाने भन्दा पनि झोले डाक्टरका बुवाले जबरदस्ती आफ्नो छोरोले सञ्चालन गरेकै उपचार केन्द्रमा लगी भर्ना गराए ।
बिरामी धामीका आफन्तहरुबाट तत्कालै रु पाँच हजार जम्मा गर्न लाईयो र त्यसपछि दुई तीन दिनमा निको भई हाल्ने र जम्मा दश पन्ध्र हजार मात्र खर्च लाग्ने भनी अहेब चौधरीले बताए । तर,दुई तीन दिनको सट्टा बिरामी धामीको हप्तादिन बिते पनि केहि सुधार नभएको र उल्टै दर्दले छट्पट्टिदाँ पेन किलर(दर्द निरोधक) सुई लगाई राखेका थिए । पछि बिरामीका आफन्तले यहाँ निको नहुने संकेत देखेपछि बिरामीलाई डिस्चार्ज गर्न भन्दा पनि अहेब चौधरीले अझै दुई चार दिन मै निको भई हाल्ने भनी जबरदस्ती गर्न खोजेका थिए । तर केही सिप न लागे पछि अहेब चौधरीले आफूले बिरामीलाई बयासी वटा टाँका लगाएको र औषधी समेत गरी जम्मा बिल ८५ हजार हुन आएको बताए ।
बिरामीका आफन्तले स्वास्थ्य उपचारमा लाग्ने रकम सुन्ने बितिकै सातोपुत्लो उडेको बताए । उनका अनुसार चौधरीले जम्मा दश पन्ध्र हजार रकम मात्र लाग्ने बताए पनि पछि मनमुटाब हुँदा यती रकम बताएको भने ।
औषधीको बिलमा पनि मनपर्दी रकम लेखी औषधीको बिल बढाएर बनाएको उनले थपे । तै पनि मनपर्दी औषधीको बिलको रकम बढाउँदा पनि त्यति रकम न पुग्ने उनले बताए।
हाल सम्पूर्ण रकम तिरे पछि थप उपचारकालागी जनकपुरको एक प्रतिष्ठित सर्जन डा.अश्वनी कुमार झा सँग उपचार गराउँदा उनले अण्कोष नै सड्न लागेको र अहेब चौधरीले बिरामी सँग खेलबार गरेको बताए । यदि बिरमी समयमा नआई दिएको भए समस्या जटिल हुने थियो ।
अहिले बिरामी अर्जुन धामीको करिब हप्ता दिनको निरन्तर उपचार पश्चात् उनको अवस्था सुधारोन्मुख रहेको उपचमरमा संलग्न डा. झा ले बताए ।
यो भन्दा पूर्व पनि अहेब चौधरी पटक पटक विवादमा पर्दै आई रहेपनि आफ्नो पावर र पैसाको बलमा बच्दै आईरहेको छ। तर पिडित धामीका आफन्तले आफू कानूनी पक्रियामा जाने बताए ।
वास्तबमा भन्ने हो भने यस्ता झोले डाक्टरहरुलाई कानूनी पक्रियामा नल्याई भएन । यस्ता झोलेलाई कडा सजाय दिनै पर्छ भनी धामीसँगै आएका गाउँले सत्रुधन पासवानले बताए । निज अहेब अनिल चौधरी रघुनाथपुर हेल्थ पोष्ट वडा नं.१२ मा कार्यरत छन् र प्राथमिक स्वास्थ्य चौकीकै छेउमा उसले आफ्नो निजी क्लिीन समेत सञ्चालन गर्दै आईरहेको छ ।
स्वास्थय चौकीमा उपचार गराउन आउने बिरामीहरुलाई चौधरी आफ्नो पसलमा पठाउँदै आई रहेको स्थानीहरुको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

सुमो दुर्घटनामा घाईते भएका मध्ये १ जनाको मृत्यू

रामेछाप । रामेछापको खाँडादेवि गाउँपालिका ४ रजगाउँमा टाटा सुमो दुर्घटनामा घाईते भएकी एक जनाको मन्थली अस्पतालमा ..

17 मिनट पहिले

खाँडादेविको रजगाउँमा यात्रुबाहक सुमो दुर्घटना, ७ जना घा..

रामेछाप । रामेछापको खाँडादेवि ४ रजगाउँमा शुक्रबार साँझ ना १ ज ५५५८ नम्बरको यात्रुबाहक सुमो दुर्घटनामा परेको छ । ..

3 घन्टा पहिले

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

4 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

6 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

7 दिन पहिले