+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

जनकपुर–ढल्केबर सडक खण्डबाट प्रतिबन्धीत लागु औषध ९ किलो गाँजा सहित दुई जना पक्राउ

2 वर्ष पहिले प्रकाशित

धिरेश दत्त
जनकपुरधाम, भदौ २९ गते । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ५ जनकपुर–ढल्केबर सडक खण्डबाट प्रतिबन्धीत लागु औषध ९ किलो गाँजा सहित दुई जना पक्राउ परेको छ ।

क्षि.न.वडा नं.५जनकपुर–ढल्केबर सडक खण्डमा प्रतिबन्धीत लागु औषध ९ किलो गाँजा सहित क्षि. न. वडा नं. ७ बस्ने बर्ष ५० को राज कुमार महतो र मो.सा.पछाडी सवार जिल्ला धनुषा क्षि.न.वडा नं. ५ बस्ने बर्ष ३५ को मनोज कुमार पण्डित लाई समेत पक्राउ गरेकोछ ।

महताले चलाएकोे प्रदेश २–०२–००१ प ०६२४ नम्बरको टिभिएस कम्पनीको स्ट्राईकर मोटरसाईकल पछाडी सवार पण्डितले बोकी राखेको झोला भित्र सेतो बोरामा बेरिएको अवस्थामा प्रतिबन्धीत लागु औषध ९ किलो गाँजा लुकाई छिपाई ढल्केवरबाट जनकपुर तर्फ ल्याउँदै गरेको भनी बिषेश सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाबाट प्र.नि. को कमाण्डमा खटिएको टोलीले खोजतलास गर्दै जाँदा निजलाई पक्रन सफल भएको हो ।

महतो र पण्डितलाई उक्त लागु औषध गाँजा र मो.सा. समेत गरी दुवै जनालाई नियन्त्रणमा लिई ई.प्र.का. महेन्द्रनगर धनुषामा ल्याई शुक्रबार सम्मानित धनुषा जिल्ला अदालतबाट लागु औषध मुद्दा शिर्षकमा १० दिनको म्याद थप लिई अनुसन्धान कार्य भई रहेको प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

सुमो दुर्घटनामा घाईते भएका मध्ये १ जनाको मृत्यू

रामेछाप । रामेछापको खाँडादेवि गाउँपालिका ४ रजगाउँमा टाटा सुमो दुर्घटनामा घाईते भएकी एक जनाको मन्थली अस्पतालमा ..

18 मिनट पहिले

खाँडादेविको रजगाउँमा यात्रुबाहक सुमो दुर्घटना, ७ जना घा..

रामेछाप । रामेछापको खाँडादेवि ४ रजगाउँमा शुक्रबार साँझ ना १ ज ५५५८ नम्बरको यात्रुबाहक सुमो दुर्घटनामा परेको छ । ..

3 घन्टा पहिले

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

4 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

6 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

7 दिन पहिले