बाल दिवसको अवसरमा सडक नाटक तथा प्रभातफेरी कार्यक्रम सम्पन्न
2 वर्ष पहिले प्रकाशित

सन्जु कर्ण, सर्लाही,
सर्लाही, भदौ २९ गते । महादेव जनता मावि हरिवनले (आज) शुक्रबार लागुपदार्थ दुर्ब्यसन तथा सामाजिक संजालको दुरुपयोग बिरुद्ध सचेतना मुलक नाटक साथै हरिवन नगर प्रभातफेरी र म्युजिकल चेयर रेस प्रतियोगिता गरी बाल दिवस मनाएको छ ।
महादेव बाल क्लब तथा महादेव जनता माविको संयुक्त आयोजना साथैं महादेव जनता मावी नर्स शाखाको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।
“बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी“ नाराका साथ बालबालिका माथि हुने बाल हिंसा तथा दुर्ब्यवहारको अन्त्यको लागि यस कार्यक्रम गरिएका बालक्लवका स्रोत शिक्षक डिसन कार्कीले जानकारी दिए । शिक्षक डिल्लीरमण भट्टराईले निर्देशन गरेको सडक नाटकलाई विद्यालयको विद्यार्थी भाइबहिनीहरुले सगुन सहकारीको भवन अगाडी प्रस्तुत गरेका थिए ।
बाल दिवसको अवसरमा भएको कार्यक्रममा महादेव बाल क्लबको अध्यक्ष सरस्वती साहको सभाध्यक्षता रहेको र विद्यालय ब्यबस्थापन समितिको अध्यक्ष मोहन कार्की र समिती सदस्य कुल बहादुर थपलियाको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा हरिवन नगरपालिका वडा नम्बर ८ को वडाध्यक्ष प्रज्वल ढुंगाना र हरिवन नगर स्वास्थ्य प्रमुख राम बाबू चौधरी, बगमती सेवा समाजका अध्यक्ष भरत कुमार कार्की, स्वास्थ्यकर्मी श्याम कुशवाहा लगाएत विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो ।
उक्त अवसरमा बालक्लबका अध्यक्ष सरस्वती साहले कुनैपनि बालबालिका शोषण र पढाइबाट बन्चित हुनु नपरोस् भन्ने कुरा बताएका थिए । उनले उक्त कार्यक्रममा सामाजिक संजालको दुरुपयोग गर्नाले समाजमा नकरात्मक असर पर्ने बताएका छन् ।
कार्यक्रममा हरिवन माविमा संचालित एनसीसी टूुप्स र स्काउट टूुप्सले सहभागिता जनाउनुका साथै प्रभातफेरि र सडक नाटकको लागि सहजीकरण गरेको विद्यालयका सहायक प्रधानाध्यापक गिरिराज रानाले बताएका छन् ।
कमेन्ट गर्नुहोस्
एमालेकै जनप्रतिनिधिका कारण काम गर्न नसकेको गाउँपालिका ..
रामेछाप । रामेछापको खाँडादेवि गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले आफ्नै पार्टीका जनप्रतिनिधिको कारण गा..
20 घन्टा पहिले
रामेछाप जिल्ला अस्पताल परिसरमा सैनिक स्मृति पार्क
टीकाप्रसाद भट्टरामेछाप । रामेछाप जिल्ला अस्पताल नजिकै वादीपाखा सामुदायिक बनमा लागेको डढेलो निभाउने क्रममा जले..
1 दिन पहिले
खेलकुद क्षेत्रमा मनलागि लगानी, भताभुङ्ग संरचना
टीकाप्रसाद भट्ट रामेछाप – खेलकुदका विभिन्न नाममा पैसा हालेर युवाहरु खुसी पार्न राजनीतिक दलका अगुवाहरुले रामे..
2 दिन पहिले
चुथ्राे अलपत्र किसानले पैसा पाएनन
टीकाप्रसाद भट्ट रामेछाप । दाउरा बाल्न बाहेक अरुमा काम नलाग्ने जङ्गली चुथ्रो व्यवसायीले नलैजदा रामेछापको उत्तरी..
2 दिन पहिले
आलु खेतिमा डडुवा रोग फैलदै, कृषिमा जानकारी छैन्, परियोजन..
टीकाप्रसाद भट्ट रामेछाप – प्रितीको मैदानेका आलुका बोट दिनदिनै बटारिदै छन् । पात कोप्रिदै गएका र कालो चिर्काहरु..
3 दिन पहिले