कमल साह
जनकपुरधाम, भाद्र १९ गते । यहाँ बेला गाउँ स्थित दुधमति नदीको तटमा अवस्थित श्री गणिनाथ महाराजको अवतरण दिवस र श्री गोविन्द भगवानको प्रकाट्य दिवस भव्य रुपमा मनाउने तयारी भईरहेको छ ।
श्री कृष्ण जन्माष्टमी पछिको पहिलो शनिवारका दिन शिव शंकर भोले कैलाशवासी महादेव जी को दुत श्री गणिनाथ महाराज अवतरण हुनुभएको थियो ।
त्यस्तै दिव्य महापुरुष एवं महर्षि श्री गणिनाथ जी महाराजको पुत्ररत्न रुपमा श्री कृष्ण भगवानको अर्को रुप श्री गोविन्द भगवान सोही दिन प्रकाट्य हुनुभएको ईतिहास वेत्ताहरु बताउने गरेका हुन ।
सो अवसरमा श्री गोविन्द सेवा समिति बेला ले अन्य वर्ष झैं यसवर्ष पनि पुजनोत्सव मनाउने तयारी गरिरहेको जनाएको छ ।
गोविन्द सेवा समितिका रमेश साह का अनुसर भाद्र २२ गते अष्ठयाम,२३ गते बिहान कलश यात्रा र त्यसपछि पुजनोत्सव कार्यक्रम हुनेछ ।
पुजनोत्सवलाई सफता पुर्वक सम्पन्न गराउनको लागि गोविन्द पूजा मुल समारोह समिति गठन गरिएको छ । त्यस अन्तर्गत प्रचार प्रसार समिति, कलश यात्रा समिति,भोजन व्यवस्थापन लगायतका समितिहरु गठन गरिएको जनाएको छ ।
कलश यात्रा बेलादेखि जनकपुरधाम स्थितको ऐतिहासिक सरोवर गंगासागरबाट जल ल्याउने कार्यक्रम रहेको छ । गोविन्द मन्दिरबाट निस्कने कल यात्रा बेला गाउँको परिक्रमा गर्दै रामजानकी दुल्हा बस पार्क,जिरोमाईल,बष्ठि चौक,बजरंग चौक,रामनन्द चौक, रंगभुमि हुँदै जानकी चौक,जनक चौक,शिव चौक हुँदै गंगासागरबाट जल भर्ने जनाएको छ ।
त्यसपछि जनकपुरधाम स्थितको गोविन्द मन्दिर हुँदै रामचौक,महावीर चौक,तप्सी चौक,जिरोमाईल भएर पुनः गोविन्द मन्दिर पुग्ने कार्यक्रम रहेको छ ।
गोविन्द पूजनोत्सवको भव्य तयारी
3 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
17 घन्टा पहिले
युवा नेतृ बिनीता खड्का लोकप्रिय मतका साथ काँग्रेस केन्दà..
रामेछाप । नेपाली काँग्रेस रामेछापकी युवा नेतृ बिनीता खड्का नेपाली काँग्रेसको जारी १५ औं महाधिवेशनबाट अत्याधिक à¤..
2 दिन पहिले
प्रहरी दिवसको अवसर पारेर रामेछापमा रक्तदान
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापद्धारा प्रहरी दिवसको अवसरमा मंगलबार कार्यालय परिसरमा रक्तदान कार्यक्à¤..
2 दिन पहिले
मुरली र बाँसुरीको लयमै वित्यो, फरमान अलीका ४० बर्ष
रामेछाप । फरमान अलीका ४० बर्ष बजारमा मुरली र बाँसुरीमा लय हाल्दै वित्यो । विहान देखि वेलुका सम्म चोक र सडक तिर भौतà¤..
3 दिन पहिले
दशैं नजिकिदै जादाँ बजारमा ग्राहकहरुको घुँईचो
रामेछाप । नेपालीहरुको महान चाड बडादशैं नजिकिदै गर्दा रामेछापका बजार केन्द्रहरुमा किनमेल गर्नेहरुको घुईचो हुन थ..
3 दिन पहिले
संवाददाता
संवाददाता
संवाददाता
