कमल साह
जनकपुरधाम, १८ गते । तत्कालिन बिन्धी गाउ पंचायत वार्ड नं. २ हाल जनकपुरधाम उपमहानगरपालिका– २३ बेला गाउँका मध्यमवर्गिय किसान परिवारमा वि.सं. २००२ साल भाद्र १९ गते राजेश्वर साह जन्मुभयो । बाबु स्व.रामदुलार साह र आमा इन्द्रमणि देवीको दोश्रो पुत्ररत्न यस मृत्युलोकमा आउनु भयो राजेश्वर नेपाली जी । प्रखर वक्ताको स्वीकारोक्ती नेपाली जी को स्कुलि शिक्षा पछि कोलेज स्तरको शिक्षा प्राप्त गर्ने व्यक्ति बेला गाउँमै त्यो बेला एक्लै हुनुहुन्थ्यो । उनि एम.ए. सम्मको अध्ययन गर्नुभयो यहाँका रामसागर रामस्वरुप क्याम्पसबाट । प्रमाण पत्र प्रविन्ता तह पढाईकै क्रमदेखि समाजसेवा,साहित्य झुकाब संगै पत्रकारिता तर्फ उहाँमा लगन शिल्ता देखिन्छ । किनकि नेपाली सरको पूर्वजहरुले समाजलाई सेवागरेर आफ्ना आत्मालाई संतुष्ट पार्दै आएको बुझाई छ । उनको छैठौं सातौं पुस्ताका पूर्वज स्व.रामप्रसाद साह र स्व.लक्ष्ण साहको बुढी आमा ले गाउँमा पोखरी खनाउनु भईन । यो पहिलो उदाहरण हो । गाउँमा कतिपय सुखि सम्पन्न थिए । गाउँमै जमिन्दार पनि थिए । उनि काठमाण्डौ बासी थिए । स्व. हरिहर प्रसाद रेग्मीको बाबु बाजे ले बेला गाउँमा विर्ता पाएको थियो । तर, सो परिवारले पनि गाउँका लागि कुनै धार्मिक कृत गरेको पाईएनन् । उस्तै गाउँका अन्य मध्यवर्गिय किसानमा हाँसी खुसी जीवन विताउने हरुबाट पनि कसैले धार्मिक कृति गर्न सकेको थिएनन् । २०२६ सालमा नापी हुँदा बुढी आमा ले खनाउनु भएको पोखरी राजेश्वर नेपाली जी कै नाउमा दत्र्ता भएको रहेछ । तर, त्यो बेला पोखरी सेवा भावले खनाएको र त्यसबाट कुनै आर्थिक लाभ हुने नगरेको ले पारिवारिक सदस्यहरु पोखरीको लाल पूर्जा निकाल्ने प्रयास गरेनन् । सो पोखरी सार्वजनिक भएपनि बेला गाउँका मुसलमानहरुको अधिनमा अचेल रहेकोछ । जनकपुर जलेश्वर जाने बोटोको पश्चिम तर्फ रहेको उक्त पोखरीको उत्तरी डिलमा गाउँकै मुसलमानले लोटन हाजी नामका सादी हल निर्माण गरिसकेका छन । उनिहरुले बनाएको सादी हलमा कतै जग्गाधनिको नाम उल्लेख गर्नुभएको छन । त्यस्तै दक्षिण तर्फको डिल गाउँकै अर्का मुसलमान समुहले मस्जित र मदर्सा निर्माण गरिसकेका छन ।
जनकपुर जलेश्वर कच्चिसडकमा हिड्ने पैदल यात्रु र टायर गाडा,बैलगाडामा सवारी गर्ने तथा गाडमा जोतिएको गोरुलाई पानी खान, गाउँका मान्छे नुहाउन र मवेशीलाई पानी खानेलगायतका सुख सुविधा होस् सोंचबाट पोखरी खनिएको थियो । करिब ५ बिगहा क्षेत्रफलको जमिनमा बुढी आमाले पोखरी खनाएर सामाजिक कार्य गर्दै आफ्ना सन्ततिलाई सामाजिक कार्य गर्न राह देखाईन । उक्त पोखरीमा ‘जाईठ’ गाडदा यज्ञ भएको थियो । जानकी मन्दिरको यज्ञ र नेपाली जी का पूर्वजले खनाएको तलाउमा ‘जाईठ’ गाडने कार्य एउटै दिन भएको बुढापाकाहरु बताउने गरिन्थ्यो । बुढी आमाको सामाजिक राहमै नेपाली जी को बुआ रामदुलार साह, काकाश्री रक्षा साह र राजनन्द साह संगै द्वय दाजु निरंजन प्रसाद साह र भागवत साह लाग्नु भयो । उनिहरु समाज उत्थानका लागि गर्नुभएको कार्यको अनुसरनमा राजेश्वर नेपाली जी पनि लागेको ले नै अंचलाधिश कार्यालयमा पाएको जागिर त्याग गर्नुभयो ।
नेपालबाट तानाशाही व्यवस्था फाल्न महान योद्धाहरुलाई बाबु रामदुलार साह शारिरीक तथा आर्थिक सहयोग गरि रहनु भएको थियो । तनासाही व्यवस्था हटाउनको लागि उनको बुआ रामदुलार साह लगायतका युवाहरु आफ्ना रक्तबाट हस्ताक्षर अक्षय तृतिया का दिन गर्नुभएको थिए । बेलाकुटीमा रहेका आन्दोलनकारीलाई चाहिएको रासनपुर्तिको लागि उनका बुआ र आन्दोलनकारी बीचको कुराकानी चिठ्ठी ओहोर दोहोर बाट हुन्थ्यो । त्यस चिठ्ठीलाई पु¥याउने माध्यम नेपाली जी हुनुहुन्थ्यो । उहाँ नेपालबाट भेदभाव अन्त्यकै लागि राजेश्वर साह बाट थर बदलेर नेपाली उल्लेख गर्नुभयो । गान्धी बिचार धाराका राजेश्वर नेपाली जी मा अफुलाई कुनै पदको लोभ नभएको देखिन्छ । यो कुरा २०४८ साल को संसदीय निर्वाचनतका आफ्नो नाम कतै नल्याई अरु अरुको नाम सिफारिस गर्नुभएको थिए । नेपाली कांग्रेसले मधेशको मुद्दा छोडदा उनि सद्भावना परिषद स्थापनाको लागि सक्रियता पूर्वक लाग्नु भयो । जनकपुरमै भएको परिषदको बैठकको मांगहरु सो बेलाको तत्कालिन सरकार समक्ष पनि चढाएको थियो । परिषदका उक्त मांगको दस्ताबेज जिल्ला हुलाक कार्यालय धनुषामा रजिष्ट्री गर्नको लागि मलाई उहाँ दिनु भएको खाम स्मरण छर्लंग भईरहेको छ । तर, पछि सद्भावना पाटी गठन हुँदा उत्ता जानु भएन उहाँ ।
सत्य अहिंसाका पुजारी राजेश्वर नेपाली एक बहुयामिक पाठशाला हुनुहुन्थ्योे । उनि कतिलाई राजनितीकर्मी बन्न, कतिलाई पत्रकार बन्न र कतिलाई साहित्यकार बन्न प्रेरणा दिएका हुन । फेरी सबैलाई हौसला प्रदान गर्नको लागि बेलावखतमा सम्पर्क पनि गर्नु हुन्थ्यो उनि । नेपाल र नेपालीको उत्थानका लागि संधै सोच्ने सर्जक वौधिक व्यक्तित्व महामान राजेश्वर नेपालीलाई मधेश रत्न विभुषणबाट मधेश सरकारले सम्मान गर्नु आवश्यकता रहेको छ ।
अन्तमा स्व.नेपाली प्रति हार्दिक श्रद्धांजलि अर्पण गर्दै शोकाकुल परिवालाई धैर्यधारण गर्ने शक्ति ईश्वर ले प्रदान गरुन भनि कामाना गर्दछु ।
प्रदेश सरकारले प्रेस स्वतन्त्रतासेनानी श्री राजेश्वर नेपालीलाई मधेश रत्न सम्मानबाट विभुषित गर्नुपर्ने आवश्यकता
3 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
सुनापतिमा सार्वजनिक सुनुवाई
रामेछाप । रामेछापको सुनापति गाउँपालिकामा आर्थिक बर्ष २०८२।०८३ को तेश्रो चौमासिक सुनुवाई कार्यक्रम सम्पन्न भएक..
2 दिन पहिले
रामेछापमा पशुपतिनाथ मन्दिरको उद्घाटन
रामेछाप । रामेछाप नगरपालिका ८ मा पुननिर्माण गरिएको पशुपतिनाथ मन्दिरको बुधबार उद्घाटन गरिएको छ । गौरीशंकर मावि न..
2 दिन पहिले
निर्माण थालेको ७ बर्षमा शितभण्डारको बल्ल परिक्षण संचाल..
रामेछाप – जिल्लामा उत्पादित फलफुल तथा तरकारीहरु सुरक्षित राख्न रामेछापको सदरमुकाम मन्थली नगरपालिका १ सानीमदौ..
3 दिन पहिले
साउन देखि रामेछापमा कृषि र पशुपंक्षि सम्बन्धि काम गर्ने ..
रामेछाप । बागमति प्रदेश सरकारले रामेछाप जिल्लामा पशुपंक्षिको क्षेत्रको समेत काम गर्ने गरी कृषि विकास कार्यालयल..
3 दिन पहिले
सरकारले बिपी पार्क निर्माणका लागि बजेट दिएन, अधुरै अवस्थ..
सिन्धुली । सरकारले प्राथमिकताका साथ निर्माण थालेको विपी पार्क अधुरै अवस्थामा गाउँपालिकालाई हस्तान्तरणको तयार..
3 दिन पहिले
संवाददाता
संवाददाता
