कमल साह
जनकपुरधाम, साउन २७ गते । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को दुई वर्षे कार्यकालको लागि वर्तमान युवा संयोजक अब्दुल बासिदले युवा उपाध्यक्षमा उम्मेदवारी दिने गर्नुभएको घोषणाले आजकाल सर्वत्र चर्चा भई रहेको छ ।
११ औं विश्व एनआरएनए सम्मेलन अगामी अक्टुबर महिनामा सम्भवत जनकपुरधाममा नै गरिने योजना बनिरहेको छ । त्यस सम्मेलनबाट जनकपुरधामका युवा व्यावसायी अब्दुल बासिदले युवा उपाध्यक्षमा उम्मेदवारी दिने योजना बनाईसकेका हुन ।
आप्mनो गाउँ ठाउँ र नेपाललाई संसारभरी चिनाउनकोे लागि उहाँले ब्रिटिश कम्पनी ‘बेलाको’ ब्राण्ड नामक होम अप्लाइन्स संचालन गररे उनी सयौं नेपालीलाई रोजगारी दिएका छन् ।
एनआरएनएमा युवाहरूको बृहत् सहभागिता, संस्थाको दिगो सफलता, युवा श्रमको सम्मान सहित विदेशको सीप, पुँजी, ज्ञान नेपालमा लगानी लगायत समृद्ध नेपालमा एनआरएनएको सहभागिता सहित उनी युवा उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्ने निर्णय गरिसकेका छन् ।
विगत लामो समयदेखि कतारलाई आफ्नो कर्मथलो बनाएका बासिद युवाहरुको ढुकढुकी, सफल युवा व्यवसायीको रूपमा परिचित छन्। उनी अनुभवी र सम्भावना बोकेका एनआरएनए अभियन्ता मानिन्छन् ।
उहाँले संघको आगामी २०२३–२५ अभियानमा आफूले प्राप्त गरेको अनुभव, अग्रजहरूको आग्रह र साथीभाइको अनुरोधमा युवा उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णयमा आफू पुगेको भन्नुभयो । अब्दुल भन्छन ‘सन् २०२३–२५ कार्यकालका लागि सबैको आग्रह र एनआरएनएभित्र काम गर्न सक्ने पदमा पुगेर आफ्नो केही गर्ने इच्छाअनुसार मैले एनआरएनए आइसीसी युवा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छु ।’
एनआरएनए एनसीसी कतार र एनआरएनए आईसिसि तथा विभिन्न संघसंस्थामा रहेर जिम्मेवारी कुशलतापूर्वक निभाइसकेका उनी एनआरएनए अभियानमा लागिरहँदा एनआरएनएमा युवापुस्ताका मुद्दालाई स्थापित गर्न, दोस्रो पुस्ताका नेपालीलाई एनआरएनएमा आकर्षित गर्न, विदेशमा रहेका श्रमिकहरूको आवाज बुलन्द बनाउन आइसीसी युवा उपाध्यक्ष पदमा उम्मेदवारी रहने बताएका छन्।
उहाँले आफ्नो केन्द्रीय एजेण्डाहरु केही दिनमा सार्वजनिक गरिने भएतापनि उनका प्रमुख एजेण्डाहरु युवा स्वरोजगार, सामूहिक लगानी, सीप र पूँजीको सदुपयोग, एनआरएनएमा युवाहरुको आकर्षण बढाउने, सुरक्षित र मर्यादित बैदेशिक रोजगार बनाउन पहल गर्ने, एनआरएनए स्पोर्ट्स एकेडेमीलाई दीर्घकालीन योजनासहित स्थापित गराउने लगायत रहेको बताएका छन्।
वासिदले आफू एनआरएनए युवा संयोजक हुँदा ब्रिटिश कम्पनी ‘बेलाको’ नामक होम अप्लाइन्स भित्राएका उनले सयौं नेपालीलाई रोजगारी दिएका छन्।
उनले विश्वभरका युवाहरूलाई एकीकृत, संगठित एवम् सशक्तिकरण गरि आफ्ना महत्त्वपूर्ण मुद्दाहरूमा आवाज उठाउन क्षमता बिकास गराई एनआरएनए मुभमेन्टमा सहभागी गराउन सफल भएका छन् ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) केन्द्रीय युवा उपाध्यक्षका उम्मेदावर अब्दुल बासिदको चर्चा सर्वत्र
3 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
1 दिन पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
2 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
संवाददाता
संवाददाता
