कमल साह
जनकपुरधाम, साउन २२ गते । श्रावण महिनाको तेश्रो हप्तामा पनि वर्षा नहुँदा खेतहरु बाँझै रहन गएको र विडारमै धानको वेर्ना सुकिसकेले धनुषा जिल्लालाई सुख्खा क्षेत्र घोषण गर्ने निर्णय गरेको छ ।
जिल्लामा रहेको चपाकल, इनार सुकेर पिउने पानीको अभाव भएको, सिँचाइ नहुँदा धान रोपाई हुन नसकेको ठहर गर्दै जिल्ला विपद् व्यवस्थापन समिति धनुषाले सुख्खा क्षेत्र घोषणा गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको छ ।
विपद् व्यवस्थापन समितिले जिल्ला प्रशासन कार्यालय धनुषामा बुधबार गरेको बैठकले सुखा क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ ।
उक्त बैठकले लामेसमयदेखि वर्षा नहुँदा धनुषामा करिब ३३ प्रतिशतमात्र धान रोपाइँ भएको र केही स्थानीय तहमा सिँचाइको व्यवस्था भए पनि कमला नदीको बहाव न्यून हुँदा नहरमा पानी सञ्चालन हुन नसकेकाले धान रोपाई प्रभावित भएकाले धनुषालाई सुख्खा क्षेत्र घोषण गर्न गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले बताउनु भयो ।
यस क्षेत्रमा पर्याप्त वर्षा नहुँदा इनार, चापाकल, डिप बोरिङ सुक्न गएको ले खानेपानीे समेत हाहाकार भएको प्रजिअ दाहालले बताउनु भयो ।
जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सुख्खा क्षेत्रहरूमा विज्ञको टोली खटाएर स्थलगत अनुगमन गरी प्रभावित घरधुरीलाई राहतका लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई अनुरोध गर्ने, कृषि विद्युत् प्रसारण लाइनको व्यवस्था गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।
बैठकले स्थानीय तहहरूले धान रोपाईको अवस्था, सुख्खा क्षेत्रको विवरण तथा खानेपानीको अभाव भएका क्षेत्रहरूको पहिचान गरी ३ दिनभित्र जिल्ला विपद् व्यवस्थापन समितिमा पेस गर्न र किसान तथा सर्वसाधारणले पाउने राहतका लागि संघीय खानेपानी मन्त्रालय, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, गृह तथा सञ्चार तथा कानुन मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
बैठकले रोपाइँ भएको क्षेत्रमा उपलब्ध प्रविधिमार्फत सिँचाइ गर्नुपर्ने अवस्थामा खासगरी विद्युत महसुलमा विशेष छुट उपलब्ध गराउन अनुरोध गर्ने निर्णय गरेको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले लम्पी स्किन संक्रमित पशुलाई खोप लगाउन स्थानीय तहले पशु अस्पतालसँग समन्वय गरी खोप खरिद गर्ने, डेंगी नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, आँखा पाक्ने रोगको उपचार गर्ने व्यवस्थाका लागि स्वास्थ्य कार्यालयसँग समन्वय गर्ने निर्णय गरेको छ ।
पहाडी क्षेत्रमा लगातारजसो पानी परिरहे पनि तराई मधेशका जिल्लामा खासै पानी परेको छैन । गएको जेठ ३१ गते नेपालमा मनसुन भित्रिएको थियो । त्यस यता कोशी, बाग्मती र गण्डकी प्रदेशमा लगातारजसो पानी परिहरेको छ । तर, मधेश प्रदेशमा पानी नपरेको ले खानेपालीको समहेत हाहाकार हुन गएको छ ।
पानीको समस्या देखेर नै मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गर्न जसपाका अध्यक्ष यादव उपेन्द्र यादवले एक कार्यक्रममा सरकारसंग मांग गर्नुभयो ।
मुसहर समुदायबाट एसईई उतीर्ण गरेका विद्यार्थीहरुको सम्मानमा साउन १६ गते अयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथिको आसनबाट अध्यक्ष यादवले मधेशलाई सुखा क्षेत्र घोषणा गर्न मांग गरेका हुन् । उहाँले खडेरीको समस्या समाधान गर्नका लागि गाउँ गाउँमा डीप बोरिङ्गको व्यवस्था गर्न आग्रह गर्नुभयो ।
मुख्यमन्त्री यादवलाई एमालेको पाँच बुँदे ज्ञापन नेकपा एमालेले मुख्यमन्त्री सरोज कुमार यादवलाई साउन १४ गते पाँच बुँदे ज्ञापन पत्र बुझाएको छ ।
एमालेको तर्फबाट प्रमुख सचेतक लखन दास तत्माले बुझाउनु भएको ज्ञापन पत्रमा मधेशमा देखिएको खडेरीको समस्या प्रति सचेत हुन ध्यानाकर्षण गराउनु भयो ।
एमालेको मागमा तत्काल मधेशलाई सुख्खाक्षेत्र घोषणा गर्न, लम्पि स्कीन रोगको निदान तथा नियन्त्रणका लागि प्राविधिक परिचालन गर्न र किसानलाई क्षतीपुर्ती दिन, उनलाई मल खाद्यको सरल सहज उपलब्धता बनाउन, यस वर्षको बिजुली बिल सरकारले तिरिदिनुपर्ने र आठवटै जिल्लामा कृषि तथा पशु अनुसन्धान प्रयोगशालाको व्यवस्था हुनुपर्ने रहेको छ ।
सो अवसरमा मुख्यमन्त्री सरोज कुमार यादवले मधेशमा परेको रौदी प्रति सरकार जानकार र गम्भिर रहेको भन्दै केहि दिनमै केहि निर्णय लिने बताउनु भयो ।
धनुषालाई सुख्खा क्षेत्र घोषणा गर्न विपद् व्यवस्थापनको मांग
3 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
1 दिन पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
2 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
संवाददाता
संवाददाता
