शाही स्नानका लागि ‘झिक्काझोरी
2 वर्ष पहिले प्रकाशित

कमल साह
जनकपुरधाम,साउन ७ गते । शाही स्नान संगै गेरुका मास स्नान मंगलवारदेखि आरम्भ भएको छ । धर्म यात्रा समुहको सक्रियतामा यसपाली पुरुषोत्तम मास अवसरमा साधुसन्तद्वारा शाही स्नान भएको हो ।
जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवको अगुवाइमा निस्केको रथ सहितको शोभा यात्रा गेरुकाधाम पुगेर शाही स्नान गरेका छन । लाभालस्करका साथ पुगेका साधुसन्तका झुण्डमा कतिपयले स्नान नगर्न खोज्नेलाई गेरुका को पानी छ्यापेपछि स्नान गर्नका लागि उनिहरु नदीमा प्रवेश गरेका हुन ।
जनकपुरधाम उपमहानगर पालिकाका मेयर मनोजकुमार साह,उहाँको श्रीमति डुब लगाएका छन । त्यस्तै केहि साधुहरुले ख्यालै ख्यालमा धक्का दिएपछि जानकी मन्दिरका उत्तराधिकारी रामरोशन दास, सुन्दर सदनका नवलकिशोर शरण लगायतले गेरुका नदीमा प्रवेश गर्नुभयो ।
त्यो झिक्काझोरीको मनोरंजन रोमान्चक नै देखिन्थ्यो। स्नानपछि उनिहरु गेरुका मन्दिरमा विशेष पूजापाठ पनि गरेका हुन ।
जनकपुरधामबाट झण्डै ५ किलोमिटरको दुरीमा रहेको गेरुकाधाम स्थित पुरुषोत्तम महिनाभरी स्नान हुने गर्दछन । त्यस्र्थ यसलाई मासस्नान पनि भन्छन ।
धर्मसभाले अब हरेक अधिक मास अवसरमा शाही स्नान हुने समेत बताएका छन ।
संक्रान्ति र आमावश्या तिथी एकै दिन पर्ने दिनदेखि अधिक मास अर्थात पुरुषोत्तम मास आरम्भ हुन्छ । यसपाली श्रावण १ गते नै अधिक मास पर्न गएको हो । तर, स्नान विहानको वेलामा भएको हुनाले यसवर्ष मंगलबारको दिन पहिलो डुव लगाएका छन श्रद्धालु हरु ।
धार्मिक मान्यता अनुसार गेरुका र विगही नदीको संगम स्थलको स्नान सर्वोत्तम मानिन्छन । तर, डुब लगाउन पुग्नेहरु आफ्नो सुविधा अनुसारको ठाउँ रोज्ने गरेका हुन्छन ।
धनुषा तथा महोत्तरीको सिमानामा पर्ने गेरुका नदीमा शाही स्नानका
लागि जनकपुरधामका विभिन्न मठ मन्दिरहरूबाट महन्थ, साधुसन्त सहितको टोलीले झांकी सहित गेरुका मेला पुगेका थिए ।
भगवान् विष्णु पुरुषोत्तमासमा गेरुका नदीमा वास बस्ने गरेको धार्मिक मान्यता अनुसार नदीमा हाजारौं जनाले डुब लगाएका छन ।
भगवान् विष्णु अधिकमासभरी क्षीरसागरमा विराजमान हुने धार्मिक मान्यता अनुसार पुरुषोत्तम महिना भरि नै गेरुकाधाममा ठूलो मेला लाग्ने गरेको छ । धार्मिक महत्वको गेरुका नदीमा स्नान गरेर गेरुकाधाममा रहेको भगवान् विष्णु सहितको मठ मन्दिरमा विशेष पूजा पाठ गर्ने चलन रहेको छ ।
जानकी मन्दिरका महंथ रामतपेश्वर दास वैष्णव भन्नुहुन्छ,‘ भारतको राजगीर स्नान जतिकै गेरुका स्नानबाट फल प्राप्ति हुन्छ ।’
जनकपुरधाम उप महानगरपालिकाका प्रमुख मनोज कुमार साहले गेरुकाधाम तथा धनुषाधामलाई जोडेर धार्मिक पर्यटन क्षेत्र रुपमा विकास गर्न सकेमा जनकपुरधाम आउने पर्यटकलाई दुई तीन दिनसम्मका वास बस्नमा सहयोग पुग्ने बताउनु भयो ।
पुरुषोत्तम महिनभरी लाग्ने गेरुनदीमा डुब लागाउन तथा मेला भर्नका लागि नेपाल र भारतका विभिन्न क्षेत्रबाट लाखौँ व्यक्तिहरू यहाँ पुग्ने गरेका हुन्छन् । करिब तीन वर्षको अन्तरालमा यहाँ मास स्नान हुने गर्दछन ।
जानकी मन्दिरका महंथ दास का अनुसार यसवर्षदेखि गेरुका धाममा अन्न क्षेत्र संचालन गएको छ ।साथै एकमहिना भरी रामलीला पनि आयोजना हुनेछ।
गेरुका नदीको संरक्षणमा विशेष ध्यान दिन आवश्यकता महशुस गरेर स्थानीय व्यक्तिहरुले जनकपुरधामका अभियानीहरु संग मिलेर १२३ औं हप्तासम्म सफाई अभियान चलाएका हुन ।
साउन महिना बित्न लागे पनि नदीमा पानीको बहाव बढन सकेको छैन । नदीमा जल स्तर निक्कै कम भएकाले नदीको संरक्षणका लागि पानीको व्यवस्था गर्नुपर्र्नेे शाही स्नानमा सहभागी भएका भक्तजनहरूले बिचार व्यक्त गरेका छन ।
मास मेला एक महिनाको भएपनि मकर स्नान आइतबार र मङ्गलवार भएको ले सो दिन अत्यधिक भिड रहने गरिन्छ ।
कमेन्ट गर्नुहोस्
एमालेकै जनप्रतिनिधिका कारण काम गर्न नसकेको गाउँपालिका ..
रामेछाप । रामेछापको खाँडादेवि गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले आफ्नै पार्टीका जनप्रतिनिधिको कारण गा..
20 घन्टा पहिले
रामेछाप जिल्ला अस्पताल परिसरमा सैनिक स्मृति पार्क
टीकाप्रसाद भट्टरामेछाप । रामेछाप जिल्ला अस्पताल नजिकै वादीपाखा सामुदायिक बनमा लागेको डढेलो निभाउने क्रममा जले..
1 दिन पहिले
खेलकुद क्षेत्रमा मनलागि लगानी, भताभुङ्ग संरचना
टीकाप्रसाद भट्ट रामेछाप – खेलकुदका विभिन्न नाममा पैसा हालेर युवाहरु खुसी पार्न राजनीतिक दलका अगुवाहरुले रामे..
2 दिन पहिले
चुथ्राे अलपत्र किसानले पैसा पाएनन
टीकाप्रसाद भट्ट रामेछाप । दाउरा बाल्न बाहेक अरुमा काम नलाग्ने जङ्गली चुथ्रो व्यवसायीले नलैजदा रामेछापको उत्तरी..
2 दिन पहिले
आलु खेतिमा डडुवा रोग फैलदै, कृषिमा जानकारी छैन्, परियोजन..
टीकाप्रसाद भट्ट रामेछाप – प्रितीको मैदानेका आलुका बोट दिनदिनै बटारिदै छन् । पात कोप्रिदै गएका र कालो चिर्काहरु..
3 दिन पहिले