गेरुका नदी सफाई अभियान २२ औं सप्ताहमा
2 वर्ष पहिले प्रकाशित

कमल साह
जनकपुरधाम,असार २५ गते । साउन २ गतेदेखि लाग्ने गेरुका मास स्नानलाई हेर्दै स्थानीयहरु साप्ताहिक सफाई अभियान संचालन गर्दै आएका छन ।
धार्मिक नगर जनकपुरधामका अभियानीहरुको सहयोगमा संचालन भईरहेको सफाई अभियान गएको शनिवार २२ औं सप्ताहमा पुगेको छ ।
लोहापट्टी नगरपालिका–४ पिपराढी गाउं स्थित विगही र गेरुका नदीको संगममा हरेक पुरुषोत्तम (अधिक) मासमा यहाँ मेला लाग्ने गरिन्छ । अधिक मासको एक महिनासम्म यहाँ श्रद्धालु भक्तजनको ओईरो लाग्ने गरेको हुन्छ । त्यसलाई मध्यनजर गर्दै सफाई संगै संरक्षण अभियान संचालन भईरहेको छ ।
शनिवार २२ औं सफाई अभियान सम्पन्न भएको जनाएको छ ।
मिथिला महात्म्यमा भएको वर्णन अनुसार मिथिला क्षेत्रका महत्वपूर्ण १५ नदीहरु मध्येको एक गैरिकानदी भनेर उल्लेखित गेरुका नदी हो ।
हरित तथा सरसफाई अभियानी शुरेस शर्माका अनुसार गत शनिवारको सफाई अभियानमा सहभागी हुनेहरुमा प्रदेश मन्त्री सुरिता साह, प्रदेश सांसद रामअशिष यादब, बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष सितल साह, प्र.जि.अ.द्वय काशिराज दाहाल,धनुषा र दिपक पहाडी महोत्तरी, बाबा राम भुषण मिश्र, विश्व हिन्दू परिषदका कार्यकर्ता, स्थानिय जनप्रतिनिधि, पर्यावरण प्रेमी, नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी, समाजका अगुवा अमरचन्द्र अनिल, महिला दिदी बहिनी, विद्यार्थी, शिक्षक लगायतका सहभागिता रहेका थिए ।
हरेक तीन वर्षमा आउने पुरुषोत्तम मास महिनासम्म श्रद्धालु भक्तजनहरु यस संगम स्थलमा स्नान गर्ने र श्री रामजानकी,हनुमान लगायतका देव,देवीमा पुजा आर्चा गर्ने चलन रहेको छ ।
पुरुषोत्तम मासमा यहाँ मकर स्नान गर्नेहरुको घुईंचो लाग्ने गरेका हुन्छन । जो मेलामा परिवर्तन हुन्छ ।
स्वच्छ पानी र वातावरण, स्वस्थ्य स्वच्छ जीवनको आधारः स्वच्छ गेरुका नदी हाम्रो अभियान मुलनाराका साथ फागुन ५ गते देखि यो अभियन आरम्भ भएको हो ।
मिथिला महात्म्यमा उल्लेखित पबित्र गेरुका नदी सरसफाई अभियानको २२औं हप्ता अवसरमा शनिवार जानकी मन्दिरका महन्थ, महामण्डलेश्वर राम तपेश्वर दास बैष्णव सहभागि हुने हरियाली प्रेमी सुरेश शर्मा ले बताउनु भयो ।
उहाँले श्रावण २ गते देखि शुरू हुने पुरुषोत्तम मास स्नानमा कसरी धर्मानुरागीहरुलाई बढी भन्दा बढी सुबिधा उपलब्ध गराउन, किर्तन भजन, झाँकी प्रवचनलाई कसरी ब्यबस्थित गर्न सकिन्छ र सरोकारवाला निकायहरुको दायित्व बारेमा समेत छलफल हुने जनाएको छ ।
उहाँका अनुसार यस धार्मिक कार्यमा स्थानीय नगरपालिकाले पनि यस पुनित कार्यमा विशेष सहयोग गर्ने जनाएको छ ।
कमेन्ट गर्नुहोस्

थिलथिलाे भएको स्वर्गीय जगदीश घिमिरेको मन परेको घर ।
साहित्यकार स्वर्गीय जगदीश घिमिरेको काठमाडाैको चाेभार स्थित घर । यहि घरमा उहाँले अन्तरमनकाे यात्रा जस्ताे विख्य..
2 दिन पहिले
शैलुङमा जथाभावि फोहोर नगर्न सचेतना
रामेछाप । दोलखा र रामेछापको सिमावर्ति क्षेत्रमा पर्ने पर्यटकिय स्थान शैलुङमा फोहोर मैला बढ्न थालेपछि सचेतना बो..
2 दिन पहिले
सुनचाँदी व्यवसायीको आन्दोलनमा उद्योग वाणिज्य सङ्घको ऐक..
रामेछाप- देशभर सञ्चालन गरिरहेको सुनचाँदी व्यवसायीको आन्दोलनमा रामेछाप उद्योग वाणिज्य सङ्घले पनि ऐक्यवद्धता जन..
3 दिन पहिले
एमनेस्टी इन्टरनेशनल समूह १९ रामेछापको साधार सभा सम्पन्..
रामेछाप-एमनेस्टी इन्टरनेशनल नेपाल, समूह १९ रामेछाप शाखाको १२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको ..
3 दिन पहिले
काँग्रेस नेता भरत चौलागाईद्वारा ४ सय विद्यार्थीलाई ट्य..
रामेछाप । नेपाली काँग्रेस रामेछापका नेता तथा समाजसेवि भरत प्रसाद चौलागाईले रामेछापको मन्थली नगरपालिका २ कठजोरम..
3 दिन पहिले
संवाददाता
संवाददाता
संवाददाता
संवाददाता

