रंजित चौरसिया, वीरगंज १८ असार । पर्सा जिल्लाको पकहाँ मैनपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहा र आफ्ना एक सहयोगी मार्फत असार मसान्त भन्दै खुल्लेयाम ठेक्केदार एवं एनजिओहरु सँग कमिशन मागी रहेको समाचार प्राप्त भएको छ ।
भ्रष्ट अधिकृत कुशवाहाले भौतिक पूर्वाधारको कार्यमा २० प्रतिशत र सामाजिक विकासको कार्यमा ३० प्रतिशत अनिवार्य कमिशन लिएर मात्रै कार्यादेश दिने गरेको जनाईएको छ । असार मसान्तको अन्तिम बेलामा एनजिओ र क्लबहरुलाई विभिन्न तालिम, शिविर चलाउन कार्यदेश दिंदाकै बखत भ्रष्ट अधिकृत कुशवाहाले कमिशनको मोलमलाई गरी दिने गरेको र कमिशनको कुरा नमिलेका एनजिओहरुलाई अर्को आर्थिक वर्षमा दिने भन्दै झारोटार्ने काम गरिरहेको एक एनजिओका अध्यक्षले बताए ।
आर्थिक वर्ष सकिन लाग्दा लक्षित वर्ग एवं सामाजिक विकासका कार्यक्रमहरु धमाधम कमिशन लिएर कार्यकारी अधिकृत कुशवाहाले विक्रि गरी करोडौं करोड भ्रष्टाचार गरिरहेको समाचार स्रोतले जनाएको छ ।
त्यसैगरी गाउँपालिकाको वडा नम्बर ४ खेश्राहा चौक देखि लहावरथकरी जगसालासम्म जाने सडकखण्डमा भ्रष्ट अधिकृत कुशवाहाले मोटै कमिशन लिएर ग्रेवल गर्न ठेक्का दिएका थिए । १.५ किलोमिटर लम्बाइ रहेको सो बाटो ग्रेवल गरेको एक हप्ता नबित्दै उप्किएको छ । राम्ररी रोलर नै नगरीकन ग्रेवल गर्ने ठाउँमा माटो बालुवा प्रयोग गरिएका कारण ग्रेवल उप्किएको स्थानीयले बताएका छन् ।
ठेक्केदारले पनि के गरोस ? ठेक्का सकार गर्ने बेलामै पालिका अध्यक्ष सुरेश मेहता र कार्यकारी अधिकृत कुशवाहाले आफ्नो कमिशन लिएपछि ठेक्केदारले पनि कमसल सामग्री प्रयोग गरी जेनतेन बाटो ग्रेवल गरेको ठेक्केदार निकट एक कर्मचारीले बताए ।
अधिकृत कुशवाहाले वीरगंजको एक पत्रिकामा गोप्य रुपमा टेण्डर प्रकाशित गराई कमिशनको भरमा ठेक्केदारलाई १ करोड ५० लाख बराबरको टेण्डर दिन सफल भएको बताईएको छ ।
बाटो ग्रेवल गर्ने बेलामा वडा नम्बर ४ का वडाध्यक्ष ढेडी प्रसाद यादवले ढुंगा, गिटी, बालुवा राखेर रोलर चलाउनु पर्नेमा त्यसो नगरी माटो बालुवा मात्र पूरी रहेको देखेपछि पालिका अध्यक्ष मेहता र अधिकृत कुशवाहालाई बारम्बार भन्दा पनि वेवास्ता गरेको बताए । अधिकृत कुशवाहाले इन्जिनियरलाई बोलाई सबै काम ठिकठाक हुंदैछ भनि लेख्न लगाई जबरजस्ती कमसल सामग्री प्रयोग गरे पनि पास गराए ।
अहिले सो सडक पहिलाको जस्तै भएको स्थानियहरुले बताएका छन् । जनताले तिरेको करबाट उठेको राजस्वमा पालिकाका अधिकृत कुशवाहाले रजाई गरिरहेको स्थानियहरुले आरोप लगाएका छन् । अहिले पालिका अन्तर्गतको अधिंकाश कार्यमा कमसल सामग्री प्रयोग गरी निर्माण कार्य गर्न लागिएको एक स्थानीयले बताए । यो पालिकाको विकास नभएर विनाश तर्फ उन्मुख भएको उनको जिकिर छ । सो बाटोको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने तयारी समेत भएको स्थानियहरुको भनाई रहेको छ ।
यस विषयमा गाउँपालिका अध्यक्ष सुरेश मेहता संग बुझदा त्यहाँ ग्रेवल नै गरिएको हो भनेर दाबी गरे । ग्रेवल गरी सकेपछि स्थानियबासीहरुको अनुसार माटो पुरिएको भनि हास्यास्पद प्रतिक्रिया दिए । प्रमुख प्रशासकिय अधिकृत राज कुशवाहालाई सम्पर्क गर्दा उनि सम्पर्कमा आउन चाहेनन् ।
पकहाँ मैनपुर गा.पा.का भ्रष्ट अधिकृत राज कुशवाहा कमिशनखोरीमा डुबे, स्थानियले गरे कारवाहीको माग
3 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
1 दिन पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
2 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
संवाददाता
संवाददाता
