कमल साह
जनकपुरधाम,जेष्ठ ५ गते । हिन्दु नरनारीले शुक्रबार पतिको दीर्घायु तथा सफल दाम्पत्य जीवनको लागि बट सावित्री पर्व मनाईदै छन ।
जेष्ठ महिनाको आमवश्य तिथिमा मनाउने वट सावित्रि पर्वमा महिलाहरू एकाबिहानैदेखि नयाँ पहिरनमा वर र पिपलको रुखमा विधिपूर्वक पूजा अर्चना गर्ने गर्छिन ।
श्रीमानको दीर्घायु तथा सफल दाम्पतीय जीवनको कामना गर्दै वर रुखको जडामा आँप, पान, सुपारी, केरा, फलफूल, धुप लगायतको विभिन्न पूजन सामग्रीका साथ पूजापाठ गरिन्छन । सो अवसरमा महिलाहरू रातो र पहेलो धागो वेरी पण्डितद्वारा मत्रोचारणका साथ पूजा गर्छिन् । उनीहरू वरको रुखमा विवाहको लगन गाँठो प्रतिक मंगल धागो वेरेर पूजा गरिन्छन । वर रुखमा पाँच, सात, एघार या २१ पल्ट रक्षा सुत्र बेरेर पतिको दीर्घायुको कामना गर्दछिन ।
सो अवसरमा बरको रुखमा जल चढाउने, तेल लगाउने, थिचेर सेवा गर्ने र बाँसको पंखा हल्लाउने विधी गरि पुजा गरिन्छन् । पौराणिक कथा अनुसार राजा सत्यवानको मृत्यु हुँदा उनकी पत्नी सावित्रीले वरको रुख तल बसेर कठोर ब्रत गरी पतिको प्राण फर्काउन सफल भएकी थिइन् । सोही मान्यताअनुसार पतिको दीर्घायुका लागि बट सावित्री पर्व मनाउने गरेको धार्मिक मान्यता हो ।
वरको पुजा गरिसकेपछि महिलाहरु पतिको खुट्टा पखालेर बाँसले बनेको पंखा चलाएर शितलताका सेवा भाव दर्शाउदै चढाएको फल प्रसाद स्वरुप खानको लागि दिने गर्दछिन । यो पर्वमा पार्वती माता, सावित्री,सोमाधोविनको र नागको पनि पूजा गरिन्छ र कथा सुन्ने गरिन्छ ।
यस पर्वको अवसरमा जनकपुरधामको राम मन्दिर, गणेश मन्दिर, वौधि माता मन्दिर, विवाह मण्डप,धनुषा,गंगा सागर लगायतका ठाउमा रहेको बरको रुख नजिक पुजा गर्नेहरुको भीड लागेको थियो । नवविवाहित महिलाको घरमा यसदिन विशेष उत्सव हुने गर्छन । यस पर्वको दिन मैथिल बाहुन परिवारका नव विवाहित महिलाको ससुराबाट भार(पाहुर) आउने गर्छन ।
हिन्दु महिलाहरु बटसावित्री पर्व मनाइदै
3 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
17 घन्टा पहिले
युवा नेतृ बिनीता खड्का लोकप्रिय मतका साथ काँग्रेस केन्दà..
रामेछाप । नेपाली काँग्रेस रामेछापकी युवा नेतृ बिनीता खड्का नेपाली काँग्रेसको जारी १५ औं महाधिवेशनबाट अत्याधिक à¤..
2 दिन पहिले
प्रहरी दिवसको अवसर पारेर रामेछापमा रक्तदान
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापद्धारा प्रहरी दिवसको अवसरमा मंगलबार कार्यालय परिसरमा रक्तदान कार्यक्à¤..
2 दिन पहिले
मुरली र बाँसुरीको लयमै वित्यो, फरमान अलीका ४० बर्ष
रामेछाप । फरमान अलीका ४० बर्ष बजारमा मुरली र बाँसुरीमा लय हाल्दै वित्यो । विहान देखि वेलुका सम्म चोक र सडक तिर भौतà¤..
3 दिन पहिले
दशैं नजिकिदै जादाँ बजारमा ग्राहकहरुको घुँईचो
रामेछाप । नेपालीहरुको महान चाड बडादशैं नजिकिदै गर्दा रामेछापका बजार केन्द्रहरुमा किनमेल गर्नेहरुको घुईचो हुन थ..
3 दिन पहिले
संवाददाता
संवाददाता
संवाददाता
