हिन्दु महिलाहरु बटसावित्री पर्व मनाइदै
3 वर्ष पहिले प्रकाशित
कमल साह
जनकपुरधाम,जेष्ठ ५ गते । हिन्दु नरनारीले शुक्रबार पतिको दीर्घायु तथा सफल दाम्पत्य जीवनको लागि बट सावित्री पर्व मनाईदै छन ।
जेष्ठ महिनाको आमवश्य तिथिमा मनाउने वट सावित्रि पर्वमा महिलाहरू एकाबिहानैदेखि नयाँ पहिरनमा वर र पिपलको रुखमा विधिपूर्वक पूजा अर्चना गर्ने गर्छिन ।
श्रीमानको दीर्घायु तथा सफल दाम्पतीय जीवनको कामना गर्दै वर रुखको जडामा आँप, पान, सुपारी, केरा, फलफूल, धुप लगायतको विभिन्न पूजन सामग्रीका साथ पूजापाठ गरिन्छन । सो अवसरमा महिलाहरू रातो र पहेलो धागो वेरी पण्डितद्वारा मत्रोचारणका साथ पूजा गर्छिन् । उनीहरू वरको रुखमा विवाहको लगन गाँठो प्रतिक मंगल धागो वेरेर पूजा गरिन्छन । वर रुखमा पाँच, सात, एघार या २१ पल्ट रक्षा सुत्र बेरेर पतिको दीर्घायुको कामना गर्दछिन ।
सो अवसरमा बरको रुखमा जल चढाउने, तेल लगाउने, थिचेर सेवा गर्ने र बाँसको पंखा हल्लाउने विधी गरि पुजा गरिन्छन् । पौराणिक कथा अनुसार राजा सत्यवानको मृत्यु हुँदा उनकी पत्नी सावित्रीले वरको रुख तल बसेर कठोर ब्रत गरी पतिको प्राण फर्काउन सफल भएकी थिइन् । सोही मान्यताअनुसार पतिको दीर्घायुका लागि बट सावित्री पर्व मनाउने गरेको धार्मिक मान्यता हो ।
वरको पुजा गरिसकेपछि महिलाहरु पतिको खुट्टा पखालेर बाँसले बनेको पंखा चलाएर शितलताका सेवा भाव दर्शाउदै चढाएको फल प्रसाद स्वरुप खानको लागि दिने गर्दछिन । यो पर्वमा पार्वती माता, सावित्री,सोमाधोविनको र नागको पनि पूजा गरिन्छ र कथा सुन्ने गरिन्छ ।
यस पर्वको अवसरमा जनकपुरधामको राम मन्दिर, गणेश मन्दिर, वौधि माता मन्दिर, विवाह मण्डप,धनुषा,गंगा सागर लगायतका ठाउमा रहेको बरको रुख नजिक पुजा गर्नेहरुको भीड लागेको थियो । नवविवाहित महिलाको घरमा यसदिन विशेष उत्सव हुने गर्छन । यस पर्वको दिन मैथिल बाहुन परिवारका नव विवाहित महिलाको ससुराबाट भार(पाहुर) आउने गर्छन ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
3 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
5 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
5 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
6 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
संवाददाता
संवाददाता
संवाददाता
