रंजित चौरसिया, वीरगंज,
वीरगंज माघ १९ गते । युवा जनशक्ति समाज नेपाल पर्साले युवा जागरण अभियान सुरु गरेको छ ।
समाजको आईतवार कार्यालयको सभाहलमा बसेको बैठकले युवा जागरण अभियानको लागि एक समिति निर्माण गरी कार्य थलानी गर्न कार्यदेश दिएको छ ।
युवा जनशक्ति नेपालका अध्यक्ष बिनेश प्रसाद कुर्मीको सभापतित्वमा बसेको बैठकले युवा जागरण अभियानको लागि प्रदीप ठाकुरको संयोजकत्वमा ११ सदस्यीय कमिटी गठन गरेको छ । सो कमिटीको सह–संयोजकमा संगीत पाण्डे, सदस्यहरुमा सुभाष चन्द्र गुप्ता, अजय कुमार चौरसिया, श्रवण प्रसाद साह, रंजीत चौरसिया, अफरोज अहमद, करण पटेल, कुन्दन गुप्ता, बिदया सागर, नन्दलाल ठाकुर रहनु भएको छ ।
सो समितिको बरिष्ठ सल्लाहकारमा बिरेन्द्र ठाकुर र शेष मखदुम जहाँगस्त रहनु भएको छ । नव गठित अभियानले समाजमा रहेका कुरिति, बिसंगती लाई हटाउन, युवाहरुलाई सामाजिक कार्यमा लगाउन अभिप्रेरित गर्ने, कुलतमा लागेका, बेरोजगार युवाहरुलाई रोजगारको लागि पहल गर्ने , युवाहरुमा रहेको हरेक समस्या समाधानका लागि पहल गर्ने उदेश्यका साथ सो अभियान सुरु गरेको समाजका अध्यक्ष कुर्मीले जानकारी दिनु भयो ।
सो अवसरमा संस्थाका सचिव जायेद हुसैन, नेहाल अहमद लगायतका पदाधिकारी एवं सदस्यहरुको सहभागीता रहेको थियो ।
युवा जनशक्ति समाज नेपाल पर्साले युवा जागरण अभियान सुरु
6 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
1 दिन पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
1 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
