कमल साह, जनकपुरधाम
जनकपुरधाम, माघ १६ गते । प्रदेश नं.२ सरकारकार बनेको तीन वर्षपछि पोषण सम्बन्धी नीति निर्माण गर्न लागेको छ । तर, धनुषा जिल्लाका दुई पालिका बाहेक अरु कुनै पालिकामा यसबारे कुनै जानकारी रहेको छैन ।
बहुक्षेत्रीय पोषण योजना–२ मा बहु सहभागिता मुलक योजना तर्जुमा कार्यन्वयन अन्तरक्रियामा नेपाल पत्रकार महासंघ धनुषाका कोषाध्यक्ष अवधेश कामत ले पोषणबारे हरेक महिनामा कार्यक्रम हुनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
उहाँले प्रदेश सरकारले पोषण सम्बन्धि हालसम्म कुनै नीति निर्माण गर्न सकेको छैन बताउँदै त्यसको लागि यसपाली रकम छुट्टउन पुगेकोमा अवश्य पोषणमा कामगर्नेहरुको सुझब हुनसक्छ भन्नुभयो ।
प्रदेश सरकार निर्माण भएको तेश्रोवर्ष पछि यस कार्यकोलागि झण्डै ३ करोड रकम बिनियोजन भएको उहाँले थप्नुभयो ।
धनुषा जिल्लामा पोषण सम्बन्धि कार्यक्रम संचालनगर्दै आएको सिसान र सेफरोनका कर्मचारी तथा स्वयंसेवकबाट जानकारी प्राप्त अनुसार
धनुषा जिल्लाका दुई पालिका बाहेक पोषण सम्बन्धि कार्यक्रम संचालन कहिं भएको छैन ।
संचारकर्मी बीच आयोजित अन्तरक्रियामा हेमन्त झा ले पोषण सम्बन्धि कार्यक्रममा पैसा खर्च भइरहेको छैन बताउँदै थप्नुभयो, ‘जहाँ पोषणमा खर्च गरिन्छ, त्यो पनि सदुपयोग भईरहेको हुँदैन।’
सो अन्तरक्रियामा उमेश साह ले पोषणको क्षेत्रमा संचारको भूमिका राख्दै भन्नुभयो,‘ हाम्रो समाजको व्यवहार परिवर्तन आवश्यक रहेछ । ’
उहाँले खान हात मुख जोडने घरमा पनि २०–२० हजारको मोबाईल हेर्नमा आईरहेको भनि दुखः व्यक्त गर्नुभयो ।
कार्यक्रमको आरम्भमा स्वागत मतव्य राख्दै सुधा कर्ण ले बताउनु भयो,‘सेफरोन नेटवर्कद्वारा धनुषाको औरही गाउँपालिका र जनकनन्दनी गाउँपालिकामा पोषण कार्यक्रम संचालन गर्दै आएको छ ।’
संघीयताको संरचनामा मुलुक गईसकेपछि प्रदेश २ लगायतका सरकार नयाँ भएको हुनाले हालसम्म थुप्रै ऐन नियम बनाउन सकेको छैन भने कतिपय ऐन पारित हुन प्रदेशसभाको प्रतिक्षामा रहेको छ ।
नेपाल सरकारले एउटा सिलिंग कायम गरेको थियो कि प्रत्येक गाविस र नगरपालिकाले आफ्नो बजेटको ५ प्रतिशत रकम बहुक्षेत्रीय पोषण योजना तर्फ खर्चनु हुन्थ्योे । मुलुक संघियतामा गईसकेपछि त्यसलाई निरंतर्ता दिन नसकेको ले गाउँ घरमा कुपोषित बच्चा जन्मदै छ । तर, अब सायद हुनेछैन । किनकी नेपाल सरकारले अब ५ वर्षसम्मका बच्चालाई पोषणको लागि प्रति महिना ४ सय भत्ता दिन गईरहेको छ । यो भन्दा अघि दलित बच्चाले मात्र सो भत्ता पाउने गरेको थियो ।
प्रदेश २ सरकार तीन वर्षपछि पोषण नीति ल्याउँदै
6 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
1 दिन पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
1 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
