कमल साह
जनकपुरधाम,माघ २९ गते । टर्की र सिरियामा गत सोमवार गएको महाभूकम्पले १९ हजार भन्दा बढीको ज्यान गएको छ भने हजारौ मानिस वेघरबार भएका छन ।
त्यहाँ आश्रयस्थल, खानेपानी, इन्धन र बिजुलीको अभावमा अझै धेरै पीडितहरूको मृत्यु हुनसक्ने जोखिम रहेको विश्व स्वास्थ्य सङ्गठनले बताएको छ ।
भूकम्प गएपछाडिको अवस्थामा दोस्रो विपद्को खतरा रहेको र अझै धेरै मानिसको ज्यान जानसक्ने चेतावनी डब्ल्यूएचओले दिएको छ ।
टर्की र उत्तरी सिरियामा बिहीवार साँझसम्म १९,००० भन्दा बढी मानिसले ज्यान गुमाएको पुष्टि बिबिसी नेपाली कार्यक्रमले जनाएको छ ।
टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनले विनाशकारी प्रकोपमा सरकारको प्रतिक्रियाको बचाउ गर्दै दुई शक्तिशाली भूकम्पविरुद्ध पूर्व तयारी गर्नु असम्भव रहेको बताएका छन्।
आलोचकहरूले भूकम्प प्रभावित क्षेत्रमा आपत्कालीन सेवाहरूको प्रतिक्रिया निकै ढिला भएको र सरकारको तयारी कमजोर रहेको जनाएका छन्।
राष्ट्रपति एर्दोआनले सरकारले केही समस्याहरू सामना गरेको स्वीकार गरे, तर अहिले स्थिति “नियन्त्रणमा” रहेको बताएका छन्।
यद्यपि टर्कीका प्रमुख प्रतिपक्षी दलका नेता केमाल किलिचदारोग्लुले उनको कुरामा सहमति जनाएनन् ।
“यदि यहाँ कोही एक व्यक्ति जिम्मेवार छन् भने त्यो एर्दोआन नै हुन्,” उनले भने ।
राष्ट्रपतिले उक्त आरोपको खण्डन गर्दै विपद्पछि एकता आवश्यक रहेको बताए ।
‘यस्तो परिस्थितिमा समेत राजनीतिक स्वार्थका लागि नकारात्मक अभियान चलाउने व्यक्तिलाई सहन सक्दिनँ,’ उनले पत्रकारहरूसँग भने ।
सिरियाको सीमा नजिकै दक्षिणपूर्वी टर्कीमा गएको शक्तिशाली भूकम्पका कारण त्यहाँ कार्यरत आप्रवासी कामदार तथा विद्यार्थीहरूसमेत प्रभावित बनेका छन् ।
नेपालको बारा जिल्ला घर भइ हाल गाजीयान्टेप विश्वविद्यालयमा इलेक्ट्रिकल ईन्जिनियरिङ अध्ययनरत विद्यार्थी शकिल शेखले राहत वितरण तथा उद्धार प्रणालीमा समस्या रहेको बताएका छन् ।
उनले नेपाली विद्यार्थीहरूलाई स्थिति सामान्य नबनेसम्म केही समयका लागि अन्य सुरक्षित सहरमा सारिदिन समेत अपिल गरेका छन् ।
टर्कीको गाजीयान्टेप प्रान्तलाई केन्द्रबिन्दु बनाई ७.८ म्याग्निट्यूडको भूकम्पका कारण हजारौँको ज्यान गएको छ भने कैयन् हराइरहेका छन् ।
टर्की–सिरियामा महाभूकम्पले १९ हजार भन्दाबढीको ज्यान लियो
4 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
7 घन्टा पहिले
युवा नेतृ बिनीता खड्का लोकप्रिय मतका साथ काँग्रेस केन्दà..
रामेछाप । नेपाली काँग्रेस रामेछापकी युवा नेतृ बिनीता खड्का नेपाली काँग्रेसको जारी १५ औं महाधिवेशनबाट अत्याधिक à¤..
1 दिन पहिले
प्रहरी दिवसको अवसर पारेर रामेछापमा रक्तदान
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापद्धारा प्रहरी दिवसको अवसरमा मंगलबार कार्यालय परिसरमा रक्तदान कार्यक्à¤..
1 दिन पहिले
मुरली र बाँसुरीको लयमै वित्यो, फरमान अलीका ४० बर्ष
रामेछाप । फरमान अलीका ४० बर्ष बजारमा मुरली र बाँसुरीमा लय हाल्दै वित्यो । विहान देखि वेलुका सम्म चोक र सडक तिर भौतà¤..
2 दिन पहिले
दशैं नजिकिदै जादाँ बजारमा ग्राहकहरुको घुँईचो
रामेछाप । नेपालीहरुको महान चाड बडादशैं नजिकिदै गर्दा रामेछापका बजार केन्द्रहरुमा किनमेल गर्नेहरुको घुईचो हुन थ..
3 दिन पहिले
संवाददाता
संवाददाता
