त्रिविक्रम नेउपाने (अमेरिका)
माघ १८, अमेरिका । सुदर्शन पोखरेलद्धारा लिखित विश्वासमाथि उभिएर “गद्य सङ्ग्रह” पुस्तक विमोचन गरिएको छ । उक्त पुस्तक कार्यक्रमका प्रमुख अतिथि कार्यबाहक नेपाली राजदूत सावित्रा ओलीद्धारा बिमोचन गरिएको हो । डेनमार्कको राजधानी कोपनहेगनमा एनआरए प्रेसिडेन्ट कमलराज शर्माको सभातित्वमा सम्पन्न भएको पुस्तक विमोचन कार्यक्रममा अनेसास अध्यक्ष पूर्ण बस्नेत, गेष्ट आयोजक (अनेसास डेनमार्म) रहेका थिए । विमोचित पुस्तकको समीक्षा गर्दै कवि प्रकाश सापकोटाले अर्चुअल माध्यमबाट शुभकामना मन्तब्य ब्यक्त गरेका थिए भने युवराज नयाँघरे, धर्मेन्द्र लिमल्सिना (क्षितिज) र कवि सुदर्शन पोखरेलले पुस्तकका बारेमा आफ्ना विचार व्यक्त गरेका थिए । उक्त कार्यक्रममा पूर्ण वस्नेतले पद्य र गद्य विधामा कविता बाचन गरेका थिए । सो कार्यक्रमको सञ्चालन बिमला शर्मा (विद्या) ले गरेकी थिइन् । पुस्तक विमोचन कार्यक्रममा ४०/५० जनाको सहभागिता रहेको लेखक तथा कवि सुदर्शन पोखरेलले जानकारी दिए ।
