काठमाडौँ — अमेरिकाको क्यालिफोर्निया राज्यमा केहि दिन देखि फैलिदै गएको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । तिव्र हावाहुरीका कारण ठुलो क्षेत्रमा फैलिदै गएको डढेलोका कारण कम्तिमा १६ जनाको ज्यान गएको विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन् ।
डढेलो हालसम्म ३८ हजार एकडभन्दा धेरै क्षेत्रमा फैलिएको छ । अधिकारीहरुका अनुसार डढेलोले १२ हजारभन्दा बढी घर तथा अन्य संरचना ध्वस्त भएका छन् । अमेरीकी ईतिहासमा यो सबैभन्दा ठुलो र भिषण डढेलो रहेको जनाइएको छ ।
प्यालिसेड्स, इटन, केनेथ र हस्र्टमा डढेलो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । प्यालिसेड्स क्षेत्रमा कम्तीमा २३ हजार ६ सय एकडभन्दा धेरै क्षेत्रमा डढेलो फैलिएको छ । प्यालिसेड्सको डढेलो हालसम्म ११ प्रतिशत मात्र नियन्त्रणमा आएको छ । प्यालिसेड्सको डढेलो ब्रेन्टवुड, एन्सिनो र माण्डेविल क्यान्यन जस्ता चर्चित क्षेत्रतर्फ पनि तीव्र गतिमा डढेलो सल्किइरहेको छ । त्यस्तै इटनमा १४ हजार १ सय एकडभन्दा बढी भूभागमा डढेलो फैलिएको छ ।
आगलागीका कारण लस एन्जलसमा विद्युत् आपूर्ति रोकिएको छ । लस एन्जलसका करिब ३५ हजार घरमा अहिले बिजुली छैन । डढेलोका कारण चर्चित हलिउड क्षेत्रमा पनि ठूलो क्षति पुगेको छ ।
डढेलो निभाउका लागि धेरै प्रयासहरु भएका छन् । तर सवै प्रयासहरुलाई डढेलोले निस्तेज पारिदिएको छ । क्यालिफोर्नियामा महिनौ देखि खडेरी परेकोले आगो फैलिने त्रास अरु क्षेत्रमा समेत बढेको छ ।
अमेरिकामा डढेलो ः कम्तीमा १६ जनाको मृत्यु
2 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
6 घन्टा पहिले
युवा नेतृ बिनीता खड्का लोकप्रिय मतका साथ काँग्रेस केन्दà..
रामेछाप । नेपाली काँग्रेस रामेछापकी युवा नेतृ बिनीता खड्का नेपाली काँग्रेसको जारी १५ औं महाधिवेशनबाट अत्याधिक à¤..
1 दिन पहिले
प्रहरी दिवसको अवसर पारेर रामेछापमा रक्तदान
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापद्धारा प्रहरी दिवसको अवसरमा मंगलबार कार्यालय परिसरमा रक्तदान कार्यक्à¤..
1 दिन पहिले
मुरली र बाँसुरीको लयमै वित्यो, फरमान अलीका ४० बर्ष
रामेछाप । फरमान अलीका ४० बर्ष बजारमा मुरली र बाँसुरीमा लय हाल्दै वित्यो । विहान देखि वेलुका सम्म चोक र सडक तिर भौतà¤..
2 दिन पहिले
दशैं नजिकिदै जादाँ बजारमा ग्राहकहरुको घुँईचो
रामेछाप । नेपालीहरुको महान चाड बडादशैं नजिकिदै गर्दा रामेछापका बजार केन्द्रहरुमा किनमेल गर्नेहरुको घुईचो हुन थ..
2 दिन पहिले
संवाददाता
संवाददाता
