+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

अमेरिकामा डढेलो ः कम्तीमा १६ जनाको मृत्यु

10 महीना पहिले प्रकाशित

काठमाडौँ — अमेरिकाको क्यालिफोर्निया राज्यमा केहि दिन देखि फैलिदै गएको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । तिव्र हावाहुरीका कारण ठुलो क्षेत्रमा फैलिदै गएको डढेलोका कारण कम्तिमा १६ जनाको ज्यान गएको विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन् ।
     डढेलो हालसम्म ३८ हजार एकडभन्दा धेरै क्षेत्रमा फैलिएको छ । अधिकारीहरुका अनुसार डढेलोले १२ हजारभन्दा बढी घर तथा अन्य संरचना ध्वस्त भएका छन् । अमेरीकी ईतिहासमा यो सबैभन्दा ठुलो र भिषण डढेलो रहेको जनाइएको छ ।
     प्यालिसेड्स, इटन, केनेथ र हस्र्टमा डढेलो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । प्यालिसेड्स क्षेत्रमा कम्तीमा २३ हजार ६ सय एकडभन्दा धेरै क्षेत्रमा डढेलो फैलिएको छ । प्यालिसेड्सको डढेलो हालसम्म ११ प्रतिशत मात्र नियन्त्रणमा आएको छ । प्यालिसेड्सको डढेलो ब्रेन्टवुड, एन्सिनो र माण्डेविल क्यान्यन जस्ता चर्चित क्षेत्रतर्फ पनि तीव्र गतिमा डढेलो सल्किइरहेको छ । त्यस्तै इटनमा १४ हजार १ सय एकडभन्दा बढी भूभागमा डढेलो फैलिएको छ ।
     आगलागीका कारण लस एन्जलसमा विद्युत् आपूर्ति रोकिएको छ । लस एन्जलसका करिब ३५ हजार घरमा अहिले बिजुली छैन । डढेलोका कारण चर्चित हलिउड क्षेत्रमा पनि ठूलो क्षति पुगेको छ ।
     डढेलो निभाउका लागि धेरै प्रयासहरु भएका छन् । तर सवै प्रयासहरुलाई डढेलोले निस्तेज पारिदिएको छ । क्यालिफोर्नियामा महिनौ देखि खडेरी परेकोले आगो फैलिने त्रास अरु क्षेत्रमा समेत बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

2 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

4 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

5 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

5 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

6 दिन पहिले