कोरियाका राष्ट्रपति युन पक्राउ
10 महीना पहिले प्रकाशित
काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल बुधबार पक्राउ परेका छन् । दक्षिण कोरियामा निर्वाचित राष्ट्रपति नै पक्राउ परेको यो पहिलोपटक हो । भ्रष्टाचार अनुसन्धान कार्यालय र प्रहरीले संयुक्त रुपमा मार्शल ल (सैनिक कानुन) प्रकरणमा उनीमाथि अनुसन्धान गरिरहेका थिए ।
यसअघि पनि उनलाई पक्राउ गर्ने प्रयास भए पनि राष्ट्रपतिका लागि खटाइएका सुरक्षा दलले पक्राउ गर्न आउने अन्य सुरक्षाकर्कीलाई असफल पारेको थियो । तर अहिले दोस्रो पटकको प्रयासमा अधिक बल प्रयोग गरी उनलाई पक्राउ गरिएको बीबीसीले उल्लेख गरेको छ ।
गत ३ डिसेम्बरमा राष्ट्रपति योलले मार्शल ल घोषणा गरेका थिए । उत्तर कोरियाका कम्युनिष्ट बलबाट देशको सुरक्षा गर्न यो कदम जरुरी भएको उनको तर्क थियो । तर आफ्नै पार्टीका नेता र विपक्षी दललगायतको विरोधमा उनले आफ्नो निर्णय ६ घण्टामै फिर्ता लिएका थिए । यो घटनापछि १४ डिसेम्बरको दिन उनको विरुद्ध संसदबाट महाअभियोग प्रस्ताव पास भएको थियो । त्यसयता उनी पदबाट निलम्बित अवस्थामा थिए ।
सोे विषय संवैधानिक अदालतमा विचाराधिन छ । दक्षिण कोरियाको कानुनमा महाअभियोग लागेपछि पदमुक्त हुने कि नहुने भन्ने अन्तिम निर्णय गर्ने अधिकार संवैधानिक अदालतमा निहित छ ।
उनले चालेको कदमको विषयमा सोधपुछ गर्न भ्रष्टाचार अनुसन्धान कार्यालयका अधिकारीले तीनपटकसम्म उपस्थित हुन राष्ट्रपति योललाई भनेका थिए । तर, उनी उपस्थित नभएपछि अनुसन्धानमा बाधा पुगेको भन्दै अदालतबाट पक्राउ पुर्जी लिएका थिए ।
पक्राउको विरोधमा उनका समर्थकहरुको ठूलो भिड जम्मा भएको थियो । पक्राउ परेपछि राष्ट्रपति योलले आफ्नो गिरफ्तारी गैरकानुनी भएको जिकिर गरेका छन् । तर रक्तपात रोक्न आफूले गिरफ्तारी स्वीकार गरेको समेत योलले बताएका छन् ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
2 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
4 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
5 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
5 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
