कमल साह
जनकपुरधाम,माघ २७ गते । भारत सरकारले नेपालका लागि ११ अर्ब २० करोड रुपैयाँ बराबरको बजेट छुट्टाएको समाचार प्राप्त भएको छ ।
आर्थिक वर्ष २०२४÷२५ का लागि ४७.६६ लाख करोड अनुमानित बजेट ल्याएको भारत सरकारले विदेश नीति (क्षेत्र)का लागि अनुदान र ऋण सहायता शीर्षकमा ८६ अर्ब ३२ करोड २० लाख भारु छुट्टाएको जानाएको छ ।
त्यसमध्ये छिमेकी मुलुक नेपालका लागि ७ अर्ब भारु अर्थात ११ अर्ब २० करोड रुपैयाँ छुट्टाएको समाचार प्राप्त भएको छ । अघिल्लो वित्त वर्ष २०२३÷२४ का लागि नेपालका लागि भारतले ६ सय ५० करोड भारु (१० अर्ब ४० लाख रुपैयाँ) छुट्टाएको थियो ।
उक्त आर्थिक सहायता ऋणमा नभएर अनुदान (ग्रान्ट) मा रहने समेत भारत सरकारले बताएको छ । वित्तमन्त्री निर्मला सीतारमणले लोकसभामा प्रस्तुत गरेको बजेटमा नेपालसहित दक्षिण एसियाली ७ वटा देशसहित अन्य विकास उन्मुख देशहरू अफ्रिकन, ल्याटिन अमेरिकन र युरोपियन देशहरूका लागि समेत आर्थिक सहयोग गर्ने गरी बजेट छुट्टाएको छ ।
नेपालका लागि ७ अर्ब भारु बजेट छुट्टाएको सरकारले भुटानका लागि ९९.७० करोड भारु ऋणसहित १० अर्ब ७ करोड ६ लाख भारु अनुदान गरी कूल २० अर्ब ६ करोड ५६ लाख भारु आर्थिक सहायता गर्ने जनाएको छ ।
अघिल्लो वर्ष ऋण र अनुदान गरी भारत सरकारले भुटानका लागि २३ अर्ब ९८ करोड ९७ लाख भारु प्रदान गरेको थियो । अघिल्लो वर्षको तुलनामा यो वर्ष भारतले भुटानका लागि आर्थिक सहायता घटाएको हो । यस्तै, श्रीलंकाका लागि यो वर्ष भारत सरकारले ७५ करोड भारु मात्र छुट्टाएको छ । अघिल्लो वर्ष उक्त मुलुकका लागि भारतले ६० करोड विनियोजन गरेको थियो । यस्तै, माल्दिभ्सका लागि ६ अर्ब, मङ्गोलियाका लागि ५ करोड, बङ्गलादेशका लागि १ अर्ब २० करोड भारु छुट्टाएको भारत सरकारले अफगानिस्तानका लागि २ अर्ब भारु छुट्ट्याएको छ ।
नेपालका लागि भारतले ११ अर्ब २० करोड बजेट छुट्टयायो
3 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
7 घन्टा पहिले
युवा नेतृ बिनीता खड्का लोकप्रिय मतका साथ काँग्रेस केन्दà..
रामेछाप । नेपाली काँग्रेस रामेछापकी युवा नेतृ बिनीता खड्का नेपाली काँग्रेसको जारी १५ औं महाधिवेशनबाट अत्याधिक à¤..
1 दिन पहिले
प्रहरी दिवसको अवसर पारेर रामेछापमा रक्तदान
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापद्धारा प्रहरी दिवसको अवसरमा मंगलबार कार्यालय परिसरमा रक्तदान कार्यक्à¤..
1 दिन पहिले
मुरली र बाँसुरीको लयमै वित्यो, फरमान अलीका ४० बर्ष
रामेछाप । फरमान अलीका ४० बर्ष बजारमा मुरली र बाँसुरीमा लय हाल्दै वित्यो । विहान देखि वेलुका सम्म चोक र सडक तिर भौतà¤..
2 दिन पहिले
दशैं नजिकिदै जादाँ बजारमा ग्राहकहरुको घुँईचो
रामेछाप । नेपालीहरुको महान चाड बडादशैं नजिकिदै गर्दा रामेछापका बजार केन्द्रहरुमा किनमेल गर्नेहरुको घुईचो हुन थ..
3 दिन पहिले
संवाददाता
संवाददाता
