धनवीर कुशवाहा, गौशाला
गौशाला, माघ १५ गते । महोत्तरी, सोनमा गाँउपालिकाले ६ सयभन्दा बढि विधुवा महिलाहरुलाई सम्मान गरेको छ । वुधबार गाँउपालिकाको नवनिर्मित सभाहल भवनको उदघाटन कार्यक्रमकाबीच गाँउपालिकाका ६ सय ७२ जना विधुवा महिलालाई सम्मान गरेको हो ।
गाँउपालिकाको तर्फबाट उनीहरुलाई साडी, सल दिएर सम्मान गरिएको गाँउपालिकाको प्रवक्ता अशोक कुमार यादवले बताउनुभयो । आर्थिक बर्ष २०७७। ०७८ को योजना बजेटअन्र्तगत सम्मान गरिएको प्रवक्ता यादवले जानकारी दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गाँउपालिकाका अध्यक्ष राजकुमार यादवले वाँकी रहेको ज्येष्ठ नागरिक सम्मान र सेवा निवृत कर्मचारी एवम पूर्वजनप्रतिनिधीलाई गाँउपालिकाको कार्यालयले चाँडै नै सम्मान गर्ने बताउनुभयो । सोही क्रममा गाँउपालिका अध्यक्ष यादवले अव विकास निर्माणको क्रममा गाँउपालिका फडको मार्ने जनाउनुभयो । यसै आर्थिक बर्षभित्र प्रशासकीय भवन, अस्पताल र रिंगरोड निर्माण कार्य अगाडि बढने अध्यक्ष यादवले प्रतिवद्धता जनाउनुभयो ।
वैंकको कारण समाजिक सुरक्षाभता वितरणमा समस्या भईरहेकोले चाँडै नै समाधानको उपाय निकाल्ने गाँउपालिकाको कार्यालयले जनाएको छ ।
गाँउपालिकाका अध्यक्ष राजकुमार यादवले व्यक्तिगत रुपमा उपलब्ध गराएको जग्गामा गाँउपालिकाको कार्यालयले यसै आर्थिक बर्षको बजेटमार्फत गाँउपालिकाको सभाहल निर्माण गरिएको हो ।