कमल साह
जनकपुरधाम, पुष १६ गते । यहाँ संचालित हिमाली इंग्लिस बोर्डिङ स्कूलले आज सरसफाइ र प्रभातफेरी कार्यक्रम गरेको छ ।
हिमाली इंग्लिस बोर्डिंग स्कूल ले आजको सरसफाई तथा प्रभातफेरी आफ्नो ३० औँ वार्षिकोत्सव क्रममा मनाएको छ । प्राधानाध्यापक रमेश साह र सहायक प्राधानाध्यापक रुपेश आले को नेतृत्वमा आयोजित प्रभातफेरी शिवचौक,जनकचौक,रामचौक,पुरानोबजार हुँदै जानकी मंदिर हुँदै पुनः विद्यालय परिसरमा पुगेको थियो ।
विद्यालयले आफ्नो ३० औं स्थापना दिवसको अवसरमा सोमबार विज्ञान प्रदर्शनी र मंगलवार भव्य र सव्य कार्यक्रम आयोजना गर्न लागेको आयोजक प्राधानाध्यापक रमेश साह ले जानकारी गराउनु भयो ।
वार्षिकोत्सवको अवसरमा शुक्रबार स्कूलले रक्तदान कार्यक्रम गरेको छ । रक्तदान कार्यक्रममा २५ जनाद्वारा रक्तदान गरिएको प्राधानाध्यापक रमेश साहले जानकारी दिनुभयो ।
विद्यालयले वार्षिकोत्सवको अवसरमा यस वर्ष पाँच दिवसीय कार्यक्रम गर्दैछ ।
त्यस्तै, जानकी विद्धाश्रम र कविर वाल वत्सल्य आश्रममा फलफूल वितरण, चौथो दिन विज्ञान प्रदर्शनी र पाँचौ दिन सांस्कृतिक कार्यक्रम गरी वार्षिकोत्सवको समापन हुनेछ ।
कार्यक्रममा जनकपुरधाम कार्यपालिका सदस्य दिपेन्द्र साह, शिक्षक रुपेश आले लगायत रक्तदान गर्नुभयो ।
