कमल साह
जनकपुरधाम,मंसिर २८ गते । भगवन रासविहारीद्वारा संचालित तथा जनजाति कल्याण आश्रम नेपालद्वारा संयोजित जनक आश्रममा आज परिवार मिलन समारोह आयोजना गरिएको छ ।
भारतमा संचालित अखिल भारतीय वनवासी कल्याण आश्रमका अखिल भारतीय संगठन मंत्री अतुल जोगको प्रमुख आतिथ्यमा र जनक छात्रावासका अध्यक्ष कृष्णकुमार दिक्षीतको अध्यक्षतामा सो परिवार मिलन कार्यक्रम सम्पन्न भयो ।
भगवना रासबिहारी मंदिरमा संचालित जनजाति कल्याण आश्रम नेपालको जनक छात्रावास विगत २० वर्षदेखि यहाँ संचालन भईरहेको छ । तर परिवार मिलन कार्यक्रम यो पहिलो पल्ट आयोजना गरिएको छ ।
प्रमुख अतिथी अखिल भारतीय वनवासी कल्याण आश्रमका संगठन मंत्री अतुल जोग ले समाजलाई इसाई मेशनरीहरुले तोडने काम गर्दै आएको बताउँदै उहाँले थप्नुभयो, तर कल्याण आश्रमले समाजलाई जोडने काम गर्दै आएको हो ।


उहाँले इसाई मिशनरी मुस्लिम राष्ट्र इण्डोनेशियालाई विभाजन गरेको साक्षात प्रमाण रहेको थप्नुभयो ।
उहाँले मानवलाई शिक्षा मात्र होइन कि संस्कारर संस्कृतिले नै सभ्यता र पहिचान जोग्ने बताउँनुभयो । उहाँले थप्नुभयो,यो दान होईन दायित्व हाम्रो हो ।
सो कार्यक्रमका विशिष्ट अतिथी नवनिर्वाचित प्रदेश सभासद रामअशिष यादवले यहाँ पठन पाठन गर्ने विद्यार्थीहरुमा चेपांग र तमांग जातिका बच्चाहरु रहेको जानकारी गराउनुभयो ।
सो कार्यक्रम जनक छात्राबासका अध्यक्ष कृष्ण कुमार दिक्षीत को अध्यक्षता र सचिव मिलन भट्ट ले जनजाति कल्याण आश्रमको परिचय गराउनु भयो ।