जन्मसिद्ध नागरिकताको निर्णय ३ महिनाभित्र नभए देशव्यापी आन्दोलन गर्छौ – रघुबीर महासेठ
3 वर्ष पहिले प्रकाशित
कमल साह
जनकपुरधाम,मंसिर १७ गते ।
नेकपा एमालेका नेता रघुवीर महासेठले सरकार बनेको तीन महिनाभित्र जन्मसिद्ध नागरिकताको निर्णय नभए एमाले पार्टी देशव्यापी आन्दोलन गर्ने बताउनु भयो ।
प्रेस चौतारी धनुषाद्वारा शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलन उहाँले अब बन्ने सरकारले तीन महिनाभित्र नागरिकता समस्या समाधान नगरे एमालेको नेतृत्वमा मधेशसहित देशभरी आन्दोलन गर्ने स्पष्ट रुपमा बताउनु भयो ।
नागरिकता समस्या समाधान गर्नको लागि चालेको कदममा एक दललाई अर्का दलको नाम हुने निहु निकाल्दै आएको ले समस्या बल्झिदै आएको हो । यस्ले लाखौं बालबालिकाको शिक्षा र रोजगारीमा समस्या उत्पन्न हुँदै आएको छ ।
प्रतिनिधी सभा सदस्यपदमा पुनः धनुषा क्षेत्र नं. ४ निर्वाचित भएपछिको यो पत्रकार सम्मेलन महासेठको महिलो हो । उहाँले नागरिकताको समस्या समाधान नहुनजेलसम्म आन्दोलन जारी राख्ने बताउनु भयो ।
उहाँले पछिला घटनाहरु बताउँदै विगतमा एमालेको सरकारले मधेशमा चौध सय विकासका योजनहरु ल्याउन लागोकोमा, कोरोना कहर र सरकार ढलेपछि आएको नयाँ सरकारले सम्पूर्ण योजनाहरु रोक दिएको आरोप लगाउनु भयो । उहाँले कांग्रेसको गठबन्धन सरकारले मधेश बिरोधी कृयाकलाप गरिदै आएको आरोप लगाउनु भयो ।
अन्तमा उहाँले आफूलाई भोट दिएर जिताउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिनुभयो ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
3 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
5 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
6 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
6 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
