+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

नगराईन नपाका सबै कर्मचारी हडतालमा

3 वर्ष पहिले प्रकाशित

कमल साह
जनकपुरधाम,मंसिर १७ गते । नगराइन नगरपालिकामा कार्यरत कर्मचारीले पाँच महिनादेख तलब खान नपाएपछि शुक्रबारदेखि कार्यालयमा तालाबन्दी गरेर आन्दोलनमा उत्रेका छन ।
नगराइन नगरपालिकाको विकासका लागि आन्तरिक तथा बाहय रकमको बजेट विनियोजन गरेर काम गर्ने जनप्रतिनिधीहरुको कारण सम्पुर्ण कर्मचारी आन्दोलनमा उत्रेका छन ।
यसले गर्दा आईतवारदेखि पालिका भरीका सम्पूर्ण शैक्षिक संस्थाहरु, स्वास्थ्य शाखाहरु प्रभावित हुनेछ ।
जनप्रतिनिधीहरु बीच आरम्भ भएको जुंगका लडाईमा कर्मचारीहरुसमेत पिल्सने गरेको ले उनिहरु बाध्य भएर आन्दोलनमा उत्रेका छन ।
संयुक्त संघर्ष समितिका अध्यक्ष राकेश कुमार लाभ द्वारा हस्ताक्षरित ज्ञापन पत्र विहिवार नगराई नगरपालिका नगर प्रमुख विनय कुमार यादव, जिल्ला प्रशासन कार्यलय धनुषा, जिल्ला समन्वय समिति धनुषा, शिक्षा विकास तथा समन्वय इकाई धनुषा समेतलाई बुझाई सकेको बताउनु हुन्छ ।
उहाँ भन्नुहुन्छ, गत श्रावण महिनादेखि कर्मचारीहरुले तलब रत भत्ता खान पाएको छैन । तलब भत्ता खुवाउनको लागि मौखिक रुपमा पटक पटक ताकेदा गर्दै आएको थिए । तर, त्यसलाई कसैले वास्ता नगरको हुनाले हामी आईतवारदेखि बाध्य भएर आन्दोलनमा उत्रेका छौं ।
नगराई नगरपालिका अन्तर्गत विभिन्न सेवा प्रदान गर्दै आएका झण्डै तीन कर्मचारी हडतालमा जाने भएको उहाँले बताउनु भयो ।
नगरको विकास गर्न सपथ खाएर आउनु भएको झण्डै दुई महिना पछि जनप्रतिनिधी बीच जुहारी शुरु भएको बुझिन्छन । यसले गर्दा पालिका अन्तर्गत संचालित सम्पुर्ण सेवाहरु आईतवार देखि अवरुद्ध हुनेछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

3 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

5 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

6 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

6 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

6 दिन पहिले