मेरो कामको मूल्यांकन गरेर मलाई मतदाताले मत दिन्छन् ः परमेश्वर
3 वर्ष पहिले प्रकाशित
कमल साह
जनकपुरधाम, कार्तिक ३० गते । धनुषा निर्वाचन क्षेत्र नम्बर ३(ख)को प्रदेशसभा सदस्यका उम्मेदवार परमेश्वर साहले आफूले गरेका कामहरुलाई मूल्यांकन गरेर यहाँका मतदाताले आफूलाई नै मत दिने विश्वास व्यक्त गरेका छन् ।
५ वर्ष प्रदेशसभा सदस्य भएर यस क्षेत्रको विकासका लागि आफूले गरेका कामहरुको जनताले मूल्यांकलन गरेको र आफूलाई नै फेरी अवसर दिने परमेश्वरले दावी गरे ।
धनुषा ३(ख)बाट सत्ता गठबन्धनबाट लोसपाका उम्मेदवार परमेश्वरको पक्षमा मत माग्नका लागि युवा देखि बृद्धसम्मको सक्रियता देखिएको छ । घरदैलोको क्रममा दर्जनौँ युवा तथा महिलाहरुले उनको पक्षमा मत मागिरहेका छन् ।
प्रदेश सरकार भ्रष्टाचारमा लिप्त हुँदा समेत आफू संघियता संस्थागतका लागि प्रदेशको नाम र राजधानी तोक्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उम्मेदवार परमेश्वरले मतदाताहरुलाई बुझाई रहेका छन् ।
प्रदेश सरकारको भ्रष्टाचारका कारण आजित भएको बेला सोही नेतृत्वलाई यहाँका जनता फेरी स्वीकार गर्न नसक्ने दावी गरे । प्रदेशले नाम र राजधानी पाई सकेको छ अब प्रदेशको विकास गर्नुछ, उनले भने ‘यहाँको सर्वांगिन विकासका लागि सत्ता गठबन्धनको पक्षमा मतदान गर्नुस ।’
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
3 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
5 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
6 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
6 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
7 दिन पहिले
संवाददाता
