आवासीय सुविधा नलिने एक्लो सांसद ः कमल
3 वर्ष पहिले प्रकाशित
कमल साह,
जनकपुरधाम, कार्तिक ३० गते । मधेश प्रदेशका निवर्तमान साँसद किशोरी साह कमल हाल धनुषा क्षेत्र नं. १ बाट जनमत पार्टीको तर्फबाट प्रतिनिधीसभा सदस्य पदका लागि उम्मेदवारी दिनु भएको छ ।
उनि प्रदेशसभाबाट आवासीय सुविधा नलिने एकमात्र प्रथम सांसद रहेका छन । यो कुरा जनताले बुझन थालेका छन् ।
प्रदेश १ बाट उम्मेदवारी दिनु भएका निवर्तमान प्रदेश सभा सदस्य किशोरी साह कमलका स्वकीय सचिव महादेव राउतका अनुसार जनकपुरधामदेखि १५ किलोमिटरको परिधि भित्र घर हुने सांसदहरुले आवासीय सेवा सुविधा नपाउने नियम रहेको छ । तर, प्रयाः सांसदको घर जनकपुरधाममा रहेपनि आवासिय सुविधा नलिने कमल एक्लो सांसद रहेको छ ।
उनि भन्छन,‘सुरुको चार पाँच महिनाको आवासीय सुविधा सहितको तलव सांसद कमलको खातामा आइसकेको थियो । यो कुरा सांसद कमल ले जानकारी पाएपछि प्रदेशसभामा गएर बुझ्नु भयो र उनि आफु नियमानुसार आवासीय सुविधा नलिने भन्दै पैसा पनि फिर्ता गर्नुभयो ।’
जनताले यस्ता कुराहरु बुझेर मतदान गर्नुपर्ने उहाँले बताउनु हुन्छ । प्रदेश र प्रतिनिधीसभाको निर्वाचन घोषणा भएकै दिन निवर्तमान साँसद कमलले पार्टीको सचेतकका रुपमा पाएको सवारी साधन समेत फिर्ता गरिदिनु भएको थिए । उनको चुनावीसभामा सोमवार पार्टी अध्यक्ष डा. सिके राउत सबैला आउँदा उनको सभामा व्यापक भिडभाड देख्नु भयो ।
प्रदेश सभाका सांसद कमलले आफु ईमान्दारिताको राजनिति गर्दै आएको बताउँदै थप्नुभयो कि कुनै पनि परिस्थितीमा इमान्दारिकातको कुरा गरिरहने छु ।
यस क्षेत्रमा जनता समाजबादी पार्टी (जसपा) बाट दिपक कार्की र पाँचदलिय सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका केन्द्रिय नेता मातृका यादव उम्मेदवारी दिनुभएको छ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
3 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
5 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
6 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
6 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
7 दिन पहिले
संवाददाता
