+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

प्रदेशसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार अम्बु साह

3 वर्ष पहिले प्रकाशित

मिथिला जागरण समाचारदाता
जनकपुरधाम, कार्तिक २८ गते । प्रदेशसभा सदस्य पदमा धनुषा क्षेत्र नं.३ (ख)बाट स्वतन्त्र भई उम्मेदवारी दिनुभएको युवा व्यावसायी अम्बु प्रसाद साह ले आफ्नो क्षेत्रको चौतर्फी विकास गर्ने प्रतिबद्धता पत्र आज सार्वजनिक गर्नु भएको छ ।
यहाँका व्यापारीहरुको थलो जनकपुरधाम उद्योग बाणिज्य संघको राजर्षि जनक सभा कक्षमा आफ्नो १५ बन्दे प्रतिबद्धता पत्र पत्रकार सम्मेलन गरेर उहाँले सार्वजनिक गर्नुभएको हो ।
डा.बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीबाट राजनीतिमा प्रवेश गर्नुभएको अम्बु प्रसाद साह जनता समाज पार्टी धनुषाका उपाध्यक्ष पदमा थिए । जसपाका उपेन्द्र यादव ले नीति नियम विपरित गएर एमाले संग चुनावी तालमेल गर्न पुगेको अम्बु साह लाई मन नपराएर नै उनि प्रदेश सभा सदस्य पदमा स्वतन्त्रबाट उम्मेदवारी दिनुभएको उहाँ जनाएका छन ।
प्रदेश सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार साह ले सार्वजनिक गर्नुृभएको प्रतिबद्धता पत्रको मुख्य उद्येश्य आफ्ना क्षेत्रका चौतर्फी विकास गरेर समता मुलक समाज निर्माण गर्ने लक्ष्य रहेको बताउनु भयो ।
सफल युवा व्यावसायी एवं पर्यावरण प्रेमी अम्बु साह जनकपुरधाम उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष समेत रहनु भएको छ । उहाँले सार्वजनिक गर्नुभएको प्रतिबद्धता पत्रमा निःशुल्क गुणस्तरीय शिक्षा, युवामा शिपमुलक शिक्षाको विकाससंगै अदर्श युवा निर्माण, जनकपुरधामलाई धार्मिक पर्यटन नगरको रुपमा विकास, ग्रामिण क्षेत्रको विकासकालागि कृषिमा क्रान्ति ल्याउन सुलभरुपमा मल र उपकरण उपलब्ध,यातायातको विकास लगायतका १५ बुन्दे प्रतिबद्धता पत्र सर्वाजनिक उहाँले गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

3 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

5 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

6 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

6 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

7 दिन पहिले