कमल साह
जनकपुरधाम,कार्तिक २८ गते । धनुषा निर्वाचन क्षेत्र नम्बर– ३ का स्वतन्त्र उम्मेदवार उमेश साहले आफ्ना प्रचारप्रसार कार्यालय उद्घाटन गरेका छन् ।
यहाँका रामचौकस्थित चुनाव प्रचारप्रसार समितिको कार्यालय स्थापना गरेका हुन । उहाँले शान्ति र स्वतन्त्रताको प्रतीक परेवा उडाएर कार्यालय उद्घाटन गर्नुभयो ।
सो उद्घाटन कार्यक्रममा उहाँले न्याय गर्न सक्ने व्यक्तिको पक्षमा मतदान गर्न आग्रह गनुृभयो । दलीय र जातीय राजनीतिले जनता अन्यायमा परेको भन्दै उहाँले योग्य उम्मेदवारबारेमा मनन गरी मतदान गर्न आग्रह गर्नुभयो ।
महारानी जानकीको जन्मभूमि जनकपुरधाममा नेता जन्मिए पनि राजनेता जन्माउन नसकिएको उहाँले थप्नुभयो दीपावलीको अवसरमा भारतमा गएर यहाँका नेता दीप प्रज्जवलन गरियो ।
तर, जानकी मन्दिर अन्ध्यारो हुँदा एक शब्द बोल्न नसक्ने नेताको पक्षमा मतदान नगर्द मतदातासंग उहाँले ले आग्रह गर्नुभयो ।
स्वतन्त्र उम्मेदवार साह नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षसमेत हुन् । उहाँ मिथिला नाट्य कला परिषद्का सल्लाहकार पनि हुन् ।
जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा उम्मेदवार साहको दाइ रमेश साहले जनकपुरधामको विकासमा आफ्नो परिवारको योगदान बारे सुनाउनु भयो ।
उहाँले यहाँ रामसागर राम स्वरुप बहुमुखी क्याम्पस निर्माणको बेला आफ्नो परिवारले एकल ईटा दान दिएको र जनकपुर विमान स्थल निर्माणमा पनि उल्लेख्य भूमिका खेलेको बताउनु भयो ।
धनुषा निर्वाचन क्षेत्र ३ बाट प्रतिनिधिसभा सदस्य पदको लागि ३१ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।
स्वतन्त्र उम्मेदवार उमेश साहको प्रचारप्रसार कार्यालय उद्घाटन
4 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
3 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
8 घन्टा पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
1 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
1 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
2 दिन पहिले
