कमल साह
जनकपुरधाम, कार्तिक २५ । वाम लोकतान्त्रिक गठबन्धनबाट धनुषा ३(ख)कोे लोसपाका प्रदेशसभा सदस्यका उम्मेदवार परमेश्वर साहले भ्रष्टचारी सरकारबाट जनताको भलो हुन नसकेको बताएका छन् ।
जनकपुरधामको लोहनामा घरदैलोकालागि पुगेका उम्मेदवार साहले प्रदेश सरकार भ्रषटाचारमै लिप्त रहेकाले गत ५ वर्षमा जनतालाई भलो हुने काम हुन नसकेको बताए । उनले देशमा सम्पूर्ण उत्पीडित जनताहरुको हक अधिकारको सुनिश्चितता तथा विकासका लागि सत्ता गठबन्धनकै पक्षमा मत दिन मतदाताहरुसँग आग्रह गरे ।
घरदैलो कार्यक्रममा मतदाताहरुलाई सम्बोधन गर्दै साहले भ्रष्टाचारमा लिप्त सरकारको नेतृत्व गरिरहेको दलबाट कुनै आशा नगरे पनि हुने बताए । सत्ता गठबन्धनको नेतृत्वमा प्रदेश र संघमा सरकार बने जनतालाई अधिकार सम्पन्न बनाउने दिशामा काम हुने दावी गरे ।