सन्जु कर्ण, सर्लाही,
सर्लाही, कार्तिक २३ गते । सर्लाही क्षेत्र नम्बर ३ को प्रदेशसभा (क) मा माओवादी केन्द्रबाट बागी उठेका उम्मेदवारले पाँचदलीय गठबन्धनका उम्मेदवारलाई अप्ठ्यारो अवस्था सिर्जना गरेका छन ।
सत्तारुढ गठबन्धनबाट सर्लाही ३ को प्रतिनिधिसभामा माओवादी केन्द्रबाट नरेन्द्र साह र प्रदेशसभातर्फ (क) मा नेकपा एकीकृत समाजवादीका डिल्ली उप्रेती तथा (ख)मा नेपाली कांग्रेसका हरेशप्रसाद महतो उम्मेदवार छन् । तर, प्रदेशसभाको (क)मा गठबन्धनका उम्मेदवार उप्रेतीविरुद्ध माओवादी केन्द्रबाट जबाहरलाल कुशवाहाले बागी उम्मेदवारी दिएपछि गठबन्धनको मत विभाजन हुने अवस्था सिर्जना भएको छ ।
गठबन्धनको मत प्रभावित हुन नदिन मंगलबार माओवादी केन्द्रका दुईजना स्थायी समिति सदस्य र दुई जना पोलिटब्यूरो सदस्यसहित गठबन्धन दलका एकदर्जन नेताले हरिवन नगरपालिका ८ को वडा भेलामा उपस्थित भएर गठबन्धनको पक्षमा मत मागेका छन् ।
कार्यक्रममा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा मधेश प्रदेश इन्चार्ज गणेश साह, अर्का स्थायी समिति सदस्य प्रल्हाद बुढाथोकी, पोलिटब्यूरो सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज अच्युतम काफ्ले र पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री रामेश्वर राय यादव लगायतका नेताले एकै स्वरमा गठबन्धन दलका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका हुन ।
उनीहरुले आफ्ना पार्टीका स्थानीय नेता कार्यकर्ता र मतदातालाई संघ र प्रदेश दुवैतर्फ गठबन्धन दलका साझा उम्मेदवारलाई मतदान गर्न र बागीको भ्रममा नपर्न आग्रह गरे ।
माओवादीबाट प्रदेशसभामा बागी उठेका कुशवाहालाई माओवादी केन्द्रबाट निर्वाचित हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकी र बागमती नगरपालिकाका मेयर भरत थापाले साथ दिएको गठबन्धनका अन्य दलको आरोप छ ।
सर्लाही ३ को प्रदेशसभा (क)मा सत्तारुढ गठबन्धनबाट उप्रेती, एमाले नेतृत्वको गठबन्धनबाट हरिवन नगरपालिकाका पूर्वमेयर गणेश प्रसाइँ र माओवादीबाट बागी उठेका स्वतन्त्र उम्मेदवार कुशवाहबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । यसअघि एमालेबाट हरिवन गाविसको उपाध्यक्ष र अध्यक्ष भैसकेका उप्रेती प्रेदशसभामा दोस्रो जीतको खोजीमा छन्। ०७४ सालको निर्वाचनमा उनी एमाले माओवादी गठबन्धनबाट प्रदेशसभामा विजयी भएका थिए ।
हरिवन नगरपालिकाका पूर्वमेयर प्रसाइँ भने गएको स्थानीय तह निर्वाचनमा हरिवन नगरपालिकाको मेयरमा दोहोरिन नपाएपछि प्रदेशसभाको उम्मेदवार बनेका हुन्। गएको ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा एमालेको तर्फबाट मेयरको उम्मेदवार बनेका प्रसाइँ माओवादी केन्द्रका बुढाथोकीसँग पराजित बनेका थिए ।
कुशवाहा भने स्थानीय तहको निर्वाचन लगत्तै नेपाली कांग्रेस परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका नेता हुन्। प्रचण्डको हातबाट टीका लगाएर माओवादीमा प्रवेश गरेका कुशवाहाले प्रदेशसभामा टिकट नपाएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन् ।
सर्लाहीमा माओवादीका बागीले गठबन्धनलाई धोका
4 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
4 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
9 घन्टा पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
1 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
1 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
2 दिन पहिले
