निर्वाचनलाई निष्पक्ष,भयरहित र मर्यादित बनाउन सहयोग गरौ ः निर्वाचन आयुक्त राणा
2 वर्ष पहिले प्रकाशित

कमल साह
जनकपुरधाम,कात्र्तिक १८ गते । निर्वाचनलाई निष्पक्ष,भयरहित र मर्यादित बनाउनका लागि निर्वाचन आयोग आचारसंहिता पालना गराउन निष्पक्ष रुपमा अगाडी बढेको छ ।
उक्त बिचार निर्वाचन आयोगका आयुक्त सगुन शम्शेर राणाले प्रदेश स्तरीय मिडीया अभिमुखी कार्याक्रमको उद्घाटन गर्दै बताउनु भयो ।
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई सफलता पुर्वक सम्पन्न गराउनमा अहम भूमिका मिडीयाको भएको ले निर्वाचन आयोगद्वारा सो कार्यक्रम गरिएको छ । यहाँ आयोजित कार्यक्रममा उहाँले आयोगले निर्वाचन आचारसंहिताको पालना गराउने काम निष्पक्ष रुपमा गरिरहेको बताउनुभयो ।
आयोगले कारबाही गर्दा निष्पक्ष नभएको आरोपमा कुनै सत्यता नभएको बताउँदै उहाँले थप्नुभयो,निर्वाचन आयोगले कसैको व्यक्तिगत तथा बसौँ पुराना राजनीतिक पहिचानलाई कारबाही गरेर समाप्त गर्न नचाहेको हो ।
उहाँले राजनीतिक दल आफैले आचारसंहिता विपरीतको क्रियाकलाप गर्न नहुने बताउनुभयो ।
उहाँले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र मर्यादित रुपमा सम्पन्न गराउनमा सञ्चार क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै पत्रकारहरूले कसैको पक्ष र विपक्षमा नलागेर सत्यको पक्षमा कलम चलाउनको लागि आग्रह गर्नुभयो ।
निर्वाचन आयुक्त राणाले पत्रकारिता क्षेत्र ले निर्वाचन सफल बनाउन र माहौल सृजना गर्नका लागि भूमिका खेल्न आग्रह गर्दै थप्नुभयो, तर गलत सूचना प्रवाहित नगरिदिन समेत आग्रह गर्नुभयो ।
सो कार्यक्रममा धनुषा जिल्लाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले चाँडो समाचारको नाममा गलत सूचना प्रवाह नगर्न आग्रह गर्नुभयो ।
उक्त समारोहमा मधेश प्रदेशका निर्वाचन कार्यालयका प्रमुख श्रीधर पन्थी, नेपाल पत्रकार महासङ्घ धनुषाका कार्यवाहक अध्यक्ष अवधेश कामत लगायतका वक्ताहरुले निर्वाचनलाई निष्पक्ष र मर्यादित बनाउनमा पत्रकार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
उक्त कार्यक्रमको प्रथम सत्रमा निर्वाचन आयोगका सहसचिव यज्ञ प्रसाद भट्टराईले निर्वाचन र संचार माध्यम र राष्ट्रिय समाचार समिति संचालक समितिका सदस्य कृष्ण अधिकारीले निर्वाचनमा मिडिया र पत्रकारको भुमिका विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो ।
कमेन्ट गर्नुहोस्
एमालेकै जनप्रतिनिधिका कारण काम गर्न नसकेको गाउँपालिका ..
रामेछाप । रामेछापको खाँडादेवि गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले आफ्नै पार्टीका जनप्रतिनिधिको कारण गा..
3 दिन पहिले
रामेछाप जिल्ला अस्पताल परिसरमा सैनिक स्मृति पार्क
टीकाप्रसाद भट्टरामेछाप । रामेछाप जिल्ला अस्पताल नजिकै वादीपाखा सामुदायिक बनमा लागेको डढेलो निभाउने क्रममा जले..
4 दिन पहिले
खेलकुद क्षेत्रमा मनलागि लगानी, भताभुङ्ग संरचना
टीकाप्रसाद भट्ट रामेछाप – खेलकुदका विभिन्न नाममा पैसा हालेर युवाहरु खुसी पार्न राजनीतिक दलका अगुवाहरुले रामे..
4 दिन पहिले
चुथ्राे अलपत्र किसानले पैसा पाएनन
टीकाप्रसाद भट्ट रामेछाप । दाउरा बाल्न बाहेक अरुमा काम नलाग्ने जङ्गली चुथ्रो व्यवसायीले नलैजदा रामेछापको उत्तरी..
5 दिन पहिले
आलु खेतिमा डडुवा रोग फैलदै, कृषिमा जानकारी छैन्, परियोजन..
टीकाप्रसाद भट्ट रामेछाप – प्रितीको मैदानेका आलुका बोट दिनदिनै बटारिदै छन् । पात कोप्रिदै गएका र कालो चिर्काहरु..
5 दिन पहिले