कमल साह
जनकपुरधाम,कात्र्तिक १८ गते । निर्वाचनलाई निष्पक्ष,भयरहित र मर्यादित बनाउनका लागि निर्वाचन आयोग आचारसंहिता पालना गराउन निष्पक्ष रुपमा अगाडी बढेको छ ।
उक्त बिचार निर्वाचन आयोगका आयुक्त सगुन शम्शेर राणाले प्रदेश स्तरीय मिडीया अभिमुखी कार्याक्रमको उद्घाटन गर्दै बताउनु भयो ।
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई सफलता पुर्वक सम्पन्न गराउनमा अहम भूमिका मिडीयाको भएको ले निर्वाचन आयोगद्वारा सो कार्यक्रम गरिएको छ । यहाँ आयोजित कार्यक्रममा उहाँले आयोगले निर्वाचन आचारसंहिताको पालना गराउने काम निष्पक्ष रुपमा गरिरहेको बताउनुभयो ।
आयोगले कारबाही गर्दा निष्पक्ष नभएको आरोपमा कुनै सत्यता नभएको बताउँदै उहाँले थप्नुभयो,निर्वाचन आयोगले कसैको व्यक्तिगत तथा बसौँ पुराना राजनीतिक पहिचानलाई कारबाही गरेर समाप्त गर्न नचाहेको हो ।
उहाँले राजनीतिक दल आफैले आचारसंहिता विपरीतको क्रियाकलाप गर्न नहुने बताउनुभयो ।
उहाँले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र मर्यादित रुपमा सम्पन्न गराउनमा सञ्चार क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै पत्रकारहरूले कसैको पक्ष र विपक्षमा नलागेर सत्यको पक्षमा कलम चलाउनको लागि आग्रह गर्नुभयो ।
निर्वाचन आयुक्त राणाले पत्रकारिता क्षेत्र ले निर्वाचन सफल बनाउन र माहौल सृजना गर्नका लागि भूमिका खेल्न आग्रह गर्दै थप्नुभयो, तर गलत सूचना प्रवाहित नगरिदिन समेत आग्रह गर्नुभयो ।
सो कार्यक्रममा धनुषा जिल्लाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले चाँडो समाचारको नाममा गलत सूचना प्रवाह नगर्न आग्रह गर्नुभयो ।
उक्त समारोहमा मधेश प्रदेशका निर्वाचन कार्यालयका प्रमुख श्रीधर पन्थी, नेपाल पत्रकार महासङ्घ धनुषाका कार्यवाहक अध्यक्ष अवधेश कामत लगायतका वक्ताहरुले निर्वाचनलाई निष्पक्ष र मर्यादित बनाउनमा पत्रकार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
उक्त कार्यक्रमको प्रथम सत्रमा निर्वाचन आयोगका सहसचिव यज्ञ प्रसाद भट्टराईले निर्वाचन र संचार माध्यम र राष्ट्रिय समाचार समिति संचालक समितिका सदस्य कृष्ण अधिकारीले निर्वाचनमा मिडिया र पत्रकारको भुमिका विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो ।
निर्वाचनलाई निष्पक्ष,भयरहित र मर्यादित बनाउन सहयोग गरौ ः निर्वाचन आयुक्त राणा
4 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
4 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
9 घन्टा पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
1 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
1 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
2 दिन पहिले
