रंजित चौरसिया, वीरगंज,
वीरगंज कार्तिक्र १६ गते । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचार प्रसारमा बालबालिकाको प्रयोग हुँदा पनि निर्वाचन आयोग मौन बनेर बसेको छ ।
पर्सा क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार अजय चौरसियाले दिनहुँ घरदैलो लगायतका कार्यक्रमहरु गर्दै आएका छन् । सो कार्यक्रमहरुमा बालबालिकाहरुलाई झण्डा बोकाई चौरसियाले हाथ जोडि भोट भाग्दै गरेको दृश्य देख्दा स्थानिय सचेत नागरिकहरु रुष्ट बनेका थिए ।
निर्वाचन आयोगले निर्वाचनको प्रचार प्रसार कार्यक्रममा बालबालिका प्रयोग गर्नु अक्षम्य अपराध भएको भन्दै राजनीतिक दलहरुलाई बालबालिका प्रयोग नगर्न निर्देशन समेत दिएको छ । कुनै पनि निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न र नगराउन निर्देशन दिँदै प्रयोग गरेका पाइएमा कारवाही गरिने चेतावनी समेत दिएको छ । तर त्यसको ठिक उल्टो उम्मेदवार चौरसियाले गरिरहेका छन् ।
चौरसियाले पर्सा क्षेत्र नं. २ मा पर्ने पर्सागढी लगायतका विभिन्न स्थानहरुमा घरदैलो गर्ने क्रममा बालबालिकाहरुको प्रयोग गरेको उनि सँगै घरदैलोमा सहभागी एकजनाले नाम नछाप्ने शर्तमा बताए । उम्मेदवार चौरसियाका समर्थकहरुले सामाजिक सञ्जालमा पोष्ट गरेको अधिकांश तस्बिरमै बालबालिकाले झण्डा बोकेर जुलुसमा हिँडिरहेको देख्न सकिन्छ ।
सत्तारुढ पाँच दलिय गठबन्धनबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका चौरसियाले आफनो पार्टी सरकारमा रहेकोले पनि निर्वाचन आयोगको निर्देशनलाई अवज्ञा गर्दै हिडने गरेको समाचार स्रोतको दाबी रहेको छ ।
पर्सा–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार चौरसियाले चुनावी प्रचार प्रसारमा बालबालिकाको प्रयोग गर्दै, निर्वाचन आयोग मौन
4 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
4 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
9 घन्टा पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
1 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
1 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
2 दिन पहिले
