कमल साह
जनकपुरधाम,कार्तिक ४ गते । नेपाल पत्रकार महासंघ धनुषा शाखाको बन्द सत्रमा प्रस्तुत प्रतिवेदनमा संशोधन सहित सात बुन्दे कार्यक्रम संचालन गर्ने संगै सम्पन्न भएको छ ।
साधारण सभाले अगामी दिनमा समानुपातिक विज्ञापन प्रणाली लागु,जेष्ठ पत्रकारहरुको योगदानको कदर गर्दै सम्मान,श्रमजीवि पत्रकारहरुको दक्षता वृद्धिका साथै पारिश्रमिक एवं सुविधा अभिवृद्धिको निम्ति पहल,महिला पत्रकारहरुको दक्षता वृद्धिका लागि विशेष कार्यक्रम,संचारकर्मिहरुलाई मर्यादित बनाउन सकिने व्यवस्था र महासंघको सदस्यता वितरणमा अपनाईने पक्रिया अध्ययन लगायतका कार्यक्रम संचालन गर्न कार्यभार दिइएका छन ।
नेपाल पत्रकार महासंघ धनुषाको १२ औं साधारण सभाको बन्दको अध्यक्षता मोनिका झा गर्नुभएको मा अध्यक्ष मण्डल सदस्यहरुमा वरिष्ठ पत्रकार विएम खनाल,पूर्व अध्यक्ष अनिल मिश्र,पूर्व उपाध्यक्ष कमल साह,शैलेन्द्र झा,श्यामसुन्दर शशी र सुजित झा रहनु भएको थियो ।
जनकपुर मत्स्य विकास केन्द्र सभाकक्षमा आयोजित साधारण सभाको उदघाटन सत्रका वक्ताहरुले निर्वाचनको समयमा पत्रकारहरूले गम्भीरताका साथ कलम चलाउनुपर्ने सुझाब दिनु भएका छन ।
नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले पत्रकारितालाई दोस्रो पेशाको रुपमा राख्नेहरूलाई पत्रकारिता छाड्न आग्रह गर्नुभयो । उहाँले स्थानिय चुनावमा भाग लिएका देश भरिमा ८१ जना पत्रकारको सदस्यता खारेज गरिएको थप्नुभयो ।
पत्रकारहरूको पेशागत सुरक्षाका तथा भौतिक सुरक्षाका लागि नेपाल पत्रकार महासङ्घ लागिपरेको बताउँदै उहाँले निर्वाचन आचार संहिताको नाउँमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने कुनै काम नगर्न महासङ्घले विहिवार निर्वाचन आयोगको ध्यानाकर्षण गराएको बताउनुभयो ।
कार्यक्रमका विशिष्ठ अतिथी प्रेस स्वतन्त्रता सेनानी तथा वरिष्ठ पत्रकार राजेश्वर नेपालीले राजनीतिमा लुचा लफंगा बढदै गएको बेलामा पत्रकारिता क्षेत्रलाई स्वच्छ बनाउन निष्पक्ष भएर कलम चलाउन सुझाब प्रदान गर्नुभयो ।
उहाँले निर्वाचन आयोगले पत्रपत्रिकालाई विज्ञापनबाट बंचित गर्दै आईरहेको प्रति पदाधिकारीहरुले पहल गर्न सुझाब समेत दिनुभयो ।
नेपाल पत्रकार महासङ्घ मधेश प्रदेश समितिका अध्यक्ष राजेश कर्णले पत्रकार विभिन्न दलको भातृसंगठनमा विभाजित भएको अवस्थामा कसरी पत्रकारिता जगतको समस्याहरू समाधान हुन्छ महासंघ गम्भीर हुन आवश्यकता हो बताउनुभयो ।
त्यस्तै नेपाल बार एशोसिएशन जनकपुरका अध्यक्ष बलराम सुवेदीले समाजको रूपान्तरण तथा गलत प्रवृत्तिको विरुद्धमा पत्रकार महासंघ संग सहकार्य गर्ने बताउनुभयो ।
उसैगरी जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले पत्रकारहरू पार्टी पत्रकारिताबाट माथि नउठेसम्म निष्पक्ष पत्रकारिताको कल्पना गर्न धेरै कठिन े हो भन्नुभयो ।
नेपाल पत्रकार महासङ्घ धनुषाका अध्यक्ष मनिका झाको अध्यक्षतामा आम्भ भएको उद्घाटन सत्रमा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रिंकु मिश्र गायत्री, वरिष्ठ पत्रकार चन्देश्वर गिरी, पूर्व अध्यक्ष उमेश साह लगायतले निष्पक्ष पत्रकारिता को लागि जोड दिनुभयो ।
सचिव बटुक झा को उद्घोषणमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासङ्घ धनुषाका पूर्व सभापतिहरुलाई दोसाल्ला ओढाएर सम्मान गरिएको छ । सम्मानितहुने पूर्व अध्यक्षहरुमा क्रमशः स्वर्गीय माधव आचार्यको श्रीमती तुलसा आचार्य, प्रेस स्वतन्त्रता सेनानी अशोक रौनियार, उमेश साह र अनिल मिश्रलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
नेपाल पत्रकार महासंघ धनुषा शाखाको १२ औ साधारण सभा सम्पन्न जेष्ठ पत्रकारको योगदानलाई कदर गर्दैै समानुपातिक विज्ञापनको लागि पहल गर्ने निर्णय
4 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
सुनापतिमा सार्वजनिक सुनुवाई
रामेछाप । रामेछापको सुनापति गाउँपालिकामा आर्थिक बर्ष २०८२।०८३ को तेश्रो चौमासिक सुनुवाई कार्यक्रम सम्पन्न भएक..
18 घन्टा पहिले
रामेछापमा पशुपतिनाथ मन्दिरको उद्घाटन
रामेछाप । रामेछाप नगरपालिका ८ मा पुननिर्माण गरिएको पशुपतिनाथ मन्दिरको बुधबार उद्घाटन गरिएको छ । गौरीशंकर मावि न..
19 घन्टा पहिले
निर्माण थालेको ७ बर्षमा शितभण्डारको बल्ल परिक्षण संचाल..
रामेछाप – जिल्लामा उत्पादित फलफुल तथा तरकारीहरु सुरक्षित राख्न रामेछापको सदरमुकाम मन्थली नगरपालिका १ सानीमदौ..
2 दिन पहिले
साउन देखि रामेछापमा कृषि र पशुपंक्षि सम्बन्धि काम गर्ने ..
रामेछाप । बागमति प्रदेश सरकारले रामेछाप जिल्लामा पशुपंक्षिको क्षेत्रको समेत काम गर्ने गरी कृषि विकास कार्यालयल..
2 दिन पहिले
सरकारले बिपी पार्क निर्माणका लागि बजेट दिएन, अधुरै अवस्थ..
सिन्धुली । सरकारले प्राथमिकताका साथ निर्माण थालेको विपी पार्क अधुरै अवस्थामा गाउँपालिकालाई हस्तान्तरणको तयार..
2 दिन पहिले
संवाददाता
