कमल साह
जनकपुरधाम, कार्तिक ४ । सत्ता गठबन्धनका धनुषा ३(ख)बाट प्रदेशसभामा उम्मेदवारी दिनुभएको लोसपाका परमेश्वर साहले वर्तमान प्रदेश सरकार विकासको नाममा भ्रष्टाचार मात्रै गरेको आरोप लगाएका छन् ।
उहाँले पछिल्लो ५ वर्षमा यो सरकारले भ्रष्टाचार र कार्यकर्ता भर्ती बाहेक अरु केही गर्न नसकेको आरोप लगाउनु हुन्छ ।
प्रदेश सरकारको नेतृत्व गरिरहेको दल जसपा पदलोलुप्ताका कारण मधेश बिरोधी र नागरिकता विधेयक बिरोधी एमालेसंग गठबन्धन गरेको उहांको भनाई हो ।
‘यो गठबन्धन हैन, ठगबन्धन हो, साहले थप्नुभयो ‘हिजोसम्म केपी ओली हत्यारा हो भन्ने पार्टीले मनोनयन गर्नुभन्दा २४ घण्टा अगाडी ओलीसँगै घाँटी मिलाउनुले जनता र देशका लागि नभई आफ्नो कुर्सी र पद जोगाउनकै लागि गठबन्धन गरिएको कुरा जनता बुझि सकेका छन् ।’
अब पदलोलुप्तामा लागेका नेताहरुलाई मतदाताले मत पक्कै नदिने उनको भनाई हो।
घरदैलो कार्यक्रमका लागि जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २मा पुगेका उम्मेदवार साहले सत्ता गठबन्धनको सरकार प्रदेशमा बने जनतालाई देखिने गरी विकास हुने प्रतिवद्धता व्यक्त गर्नुहुन्छ। संविधान संशोधन, मधेशी जनताले पाउन नसकेका अधिकारको प्रत्याभूति गराउनका लागि सत्ता गठबन्धनको पक्षमा मतदान गर्न उनी आग्रह गर्नु हुन्छन ।
यसका साथै मधेश र देशकै लागि ठूलो समस्याको रुपमा रहेको नागरिकताको समस्या समाधानका लागि यो गठबन्धनले पहल गर्ने उनी दाबी गर्दैछन्। नागरिकता विधेयकको बिरोधमा लागेको दललाई मतदाताले पक्कै पनि मत नदिने विश्वास व्यक्त गरिरहेका छन् ।
पदलोलुप्तामा लागेको दललाई जनताले मत दिदैनन् ः परमेश्वर साह
4 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
5 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
10 घन्टा पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
1 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
1 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
2 दिन पहिले
