धनुषा ३मा सत्ता गठबन्धनका उम्मेदवारको घरदैलो आरम्भ
3 वर्ष पहिले प्रकाशित
.jpg)
कमल साह
जनकपुरधाम, कार्तिक १ गते । सत्ता गठबन्धनको धनुषा ३का प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवारले संयुक्त रुपमा घरदैलो कार्यक्रम आज बाट शुरु गरेका छन् । उनिहरु ले आज जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १स्थित रेल्वे स्टेशनबाट शुरु गरिएका छन ।
सो घरदैलो कार्यक्रममा उम्मेदवारहरुले सत्ता गठबन्धनको पक्षमा मतदान गर्नका लागि आग्रह गरेका छन।
घरदैलो कार्यक्रममा सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका धनुषा ३को प्रतिनिधिसभाका उम्मेदवार अनिल झा र धनुषा ३(ख)को प्रदेशसभाका उम्मेदवार संग संगै घरदैलो कार्यक्रममा घुमेको छन। उक्त घरदैलोको क्रममा उम्मेदवारहरुले आ–आफ्ना दलको एजेण्डा मतदातालाई बुझाउने प्रयास गरेका छन ।
प्रतिनिधिसभाका उम्मेदवार अनिल झाले आफूले रौतहट जस्तै अगाध माया धनुषामा पाईरहेको बताउनु भयो। धनुषा ३का जनताले देखाएको मायाले यहाँका मतदाताहरु गठबन्धनकै पक्षमा रहेको कुरा पुष्टी गरिरहेको दावी उहाँले दाबी गर्नु भयो। संविधान सभा पछि को पहिलो निर्वाचन मा यहाँका मतदाताले आफ्नै दलका उम्मेदवारलाई विजयी गराएको स्मरण गराउँदै उहाँले आंदोलन मंसिर ४ मा हुनर इ रहेको निर्वाचनमा मलाई नै यहाँका मतदाताहरुले अवसर दिनेमा आफू विश्वस्त रहेको बताउनु भयो ।
नेता झा ले आफ्नो नेताले गर्न नसकेका केही कामहरु यहाँ मलाई पूरा गर्नुपर्ने दायित्व रहेको बताउनु हुंदै ती कामहरु पूरा गर्नकै लागि आफूले यहाँबाट उम्मेदवारी दिएको स्पष्ट पार्नु भयो ।
त्यस्तै धनुषा ३(ख)को प्रदेशसभाका उम्मेदवार परमेश्वर साहले संघियतालाई संस्थागत गर्नका लागि आफूले फेरी प्रदेशसभामा उम्मेदवारी दिएको बताउनु भयो । उहांले प्रदेशको नामाकरण गर्यो, राजधानी बनायौँ तर संघियता अनुरुप काम अगाडी बढ्न नसकेकोमा दुखः ब्यक्त गर्नुभयो ।
उहाँले जनकपुरधामलाई राजधानीको स्वरुपमा ल्याउन र संघियता अनुरुप काम अगाडी बढाउन बाँकी कामहरु आफूहरुले पूरा गर्ने प्रतिवद्धता जलाउनु भयो।
अन्तमा उहाँले हाम्रो गठबन्धनको सरकार बनयो भने यहाँका जनताका समस्या समाधान गर्नुका साथै विकास निर्माणका कामहरुलाई गति प्रदान गर्ने स्पष्ट रुपमा धार्ना राख्नु भयो ।
कमेन्ट गर्नुहोस्
एमालेकै जनप्रतिनिधिका कारण काम गर्न नसकेको गाउँपालिका ..
रामेछाप । रामेछापको खाँडादेवि गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले आफ्नै पार्टीका जनप्रतिनिधिको कारण गा..
3 दिन पहिले
रामेछाप जिल्ला अस्पताल परिसरमा सैनिक स्मृति पार्क
टीकाप्रसाद भट्टरामेछाप । रामेछाप जिल्ला अस्पताल नजिकै वादीपाखा सामुदायिक बनमा लागेको डढेलो निभाउने क्रममा जले..
4 दिन पहिले
खेलकुद क्षेत्रमा मनलागि लगानी, भताभुङ्ग संरचना
टीकाप्रसाद भट्ट रामेछाप – खेलकुदका विभिन्न नाममा पैसा हालेर युवाहरु खुसी पार्न राजनीतिक दलका अगुवाहरुले रामे..
4 दिन पहिले
चुथ्राे अलपत्र किसानले पैसा पाएनन
टीकाप्रसाद भट्ट रामेछाप । दाउरा बाल्न बाहेक अरुमा काम नलाग्ने जङ्गली चुथ्रो व्यवसायीले नलैजदा रामेछापको उत्तरी..
5 दिन पहिले
आलु खेतिमा डडुवा रोग फैलदै, कृषिमा जानकारी छैन्, परियोजन..
टीकाप्रसाद भट्ट रामेछाप – प्रितीको मैदानेका आलुका बोट दिनदिनै बटारिदै छन् । पात कोप्रिदै गएका र कालो चिर्काहरु..
6 दिन पहिले