सन्जु कर्ण, सर्लाही,
सर्लाही, असोज ११ गते । बहुजन एकता पार्टी लेपालको चुनाव सम्मन्धि क्षेत्रीय भेला आज (मंगलवार) सम्पन्न सम्पन्न भएको छ ।
जिल्ला समन्वय समिति मलगंवाको सभाहल मा सर्लाहीको निर्वाचन क्षेत्र नं.२को क्षेत्रीय समितीको भेला संपन्न भएको हो । क्षेत्र नं.२ को प्रतिनिधि सभा सदस्य तथा प्रदेस सभा सदस्यहरुको उम्मेदवार तय गर्न बैठक गरिएको हो ।
सर्लाहीका जिल्ला अध्यक्ष सुबोध हजारी को अध्यक्षतामा भएको कार्यक्रममा राष्टिूय अध्यक्ष हरिनन्दन कुमार रन्जन को प्रमुख आतिथ्यता तथा पार्टीका वरिष्ठ नेता राजाराम पासवानको विशिष्ट आतित्यथामा बैठक संपन्न भएको हो ।
बैठकमा प्राप्त उम्मेदवारहरुको सुची माथी छलफल गरि अन्तिम उम्मेदवार तय गर्ने निर्णय भएको वरिष्ठ नेता राजाराम पासवानले बताउनु भयो ।
बैठकमा महिला नेता यशोदा तिमल्सिना ,जिल्ला उपाध्यक्ष देबेन्द्र राम, जिल्ला सदस्य बिन्दी महरा, बाल देब राम सलिम अंसारी, खजिजा खातुन, शिव नारायण गिरी लगायतले आ(आफ्नो बिचार राख्नु भएको नेता पासवानले बताउनु भयो ।
