कमल साह, जनकपुरधाम
जनकपुरधाम, भाद्र २९ गते । चुरे क्षेत्रमा फलफूलको बिउ छरेर वन बिकास गर्ने सानो प्रयास वन कार्यालय धनुषाबाट भएको छ ।
जिल्ला वन कार्यालय धनुषाका प्रमुख शुरेस शर्मा को सक्रियतामा जिल्लाको भाटिघारी सामुदायिक वनमा भाद्र १८ गते फलफूलको बिउ छरिएको छ ।
जिल्ला वन प्रमुख शर्माका अनुसार आंपको बिउ जगदर खोलाको दायाँ बायाँ चुरे क्षेत्रमा छरिएको छ । बिउ छर्ने कार्यको लागि सामुदायिक वनका अध्यक्ष श्याम गोले र मिथिला वल्र्ड लाईफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डल संग छलफल गरिएको थियो । आमको बिउ छर्ने कार्य स्थानीय समूह र वन कर्मचारीको सहकार्यमा सम्पन्न भएको थियो ।
जिल्ला वन प्रमुख शर्मा भन्नुहुन्छ,‘हामी स्वास्थ्य रहनको लागि फलफूल खानुपर्छ । यसरी फलफूल खांदा त्यसको बिउ जथाभावी फालिदिन्छौ । फालिएका बिउ यतिकै संडेर कुहिएर जान्छ । तर, थोरै मात्र मिहिनेत गरिदियौं भने यस धरती र प्रकृतिको पनि सेवा हुनसक्छ सोचेका छौं ?’
उहाँले हामीले फल खाइसकेपछि निस्कने आंप, जामुन लगायतका फलका बिउलाई किचेनको फोहोर संगै नफालेर त्यसलाई सुकाएर जम्मा गरी यात्राको क्रममा संगै लगेर सडक किनारमा, रेल्वे लाइन किनारमा, नहर किनारमा, नदीको तटबन्ध किनारमा वा चुरे क्षेत्रको पैदल यात्रा दौरानमा १÷१ गरेर फाल्दै जाँदा प्रभावकारी हुने बताउनु हुन्छ ।
उहाँले यदी तपाईं यसरी फालेको १०० बिउ मध्ये १० वटा रुख बन्न पुगेछ भने आगामी दिनमा अन्य धेरै वन्यजन्तुले फल प्राप्त गर्न सक्ने बताउँछन । यसले पर्यावरणीय समस्या समाधानको कारक बन्न सक्छन उहाँले अन्तमा थप्नुहुन्छ ।
चुरे क्षेत्रमा फलफूलको बिउ छपयो
4 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
6 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
11 घन्टा पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
1 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
1 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
2 दिन पहिले
