बहुजन एकता पार्टी नेपालले गर्यो सर्लाहीका कार्यकर्ताहरु संग छलफल
3 वर्ष पहिले प्रकाशित

सन्जु कर्ण, सर्लाही,
सर्लाही, भाद्र २४ गते । बहुजन एकता पार्टी नेपालले सर्लाहीका कार्यकर्ताहरु संग छलफल गरेको छ ।
चुनाव लक्षित छलफल सर्लाहीको धुर्वा,इनर्वा,दास टोल रामनगर,सिसौट,मलघट्टा लगायतका कार्यकर्ताहरु संग गरिएको हो ।
बहुजन एकता पार्टी नेपालका कार्यकर्ताहरु संग अगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावको बारेमा छलफल गरिएको छ । स्थानीय निर्वाचनमा उम्मेदवारी दिएका तथा बहुजन एकता पार्टी नेपालको वडा कमिटीका सदस्य एवं पदाधिकारीहरु संग चुनावको तैयारी गर्न र संगठनलाई पुनर्जागृत गर्न निर्देशन दिने काम भैरहेको जिल्ला कोषाध्यक्ष चुल्हाइ दासले जानकारी दिनुभयो ।
पार्टीका जिल्ला सदस्य बैधनाथ रामका अनुसार “घर घरमा नेता,हर बुथमा बहुजन एकता“ नाराका साथ पार्टीका केन्द्रिय नेताहरु जनताको घरमा पुग्नै पर्ने अभियान पार्टीले संचालन गरेको हो ।
छलफलमा पार्टीका केन्द्रिय अध्यक्ष हरिनन्दन कुमार रंजन एवं वरिष्ठ नेता राजाराम पासवानको साथै बहुजन एकता पार्टी नेपालका स्थानीय पालिका प्रमुखहरुको यपस्थिती रहेको थियो ।
कमेन्ट गर्नुहोस्
एमालेकै जनप्रतिनिधिका कारण काम गर्न नसकेको गाउँपालिका ..
रामेछाप । रामेछापको खाँडादेवि गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले आफ्नै पार्टीका जनप्रतिनिधिको कारण गा..
3 दिन पहिले
रामेछाप जिल्ला अस्पताल परिसरमा सैनिक स्मृति पार्क
टीकाप्रसाद भट्टरामेछाप । रामेछाप जिल्ला अस्पताल नजिकै वादीपाखा सामुदायिक बनमा लागेको डढेलो निभाउने क्रममा जले..
4 दिन पहिले
खेलकुद क्षेत्रमा मनलागि लगानी, भताभुङ्ग संरचना
टीकाप्रसाद भट्ट रामेछाप – खेलकुदका विभिन्न नाममा पैसा हालेर युवाहरु खुसी पार्न राजनीतिक दलका अगुवाहरुले रामे..
4 दिन पहिले
चुथ्राे अलपत्र किसानले पैसा पाएनन
टीकाप्रसाद भट्ट रामेछाप । दाउरा बाल्न बाहेक अरुमा काम नलाग्ने जङ्गली चुथ्रो व्यवसायीले नलैजदा रामेछापको उत्तरी..
5 दिन पहिले
आलु खेतिमा डडुवा रोग फैलदै, कृषिमा जानकारी छैन्, परियोजन..
टीकाप्रसाद भट्ट रामेछाप – प्रितीको मैदानेका आलुका बोट दिनदिनै बटारिदै छन् । पात कोप्रिदै गएका र कालो चिर्काहरु..
6 दिन पहिले