प्रभारी राजाराम पासवान द्धारा बहुजन एकता पार्टीमा जोडिन आग्रह
3 वर्ष पहिले प्रकाशित

सन्जु कर्ण, सर्लाही,
सर्लाही, भाद्र २१ गते । लालबन्दी नगरपािका ३ भैरबपुरमा बहुजन एकता पार्टीको प्रशिक्षण भेला तथा वडा कमिटी गठन भएको छ । श्याम पासवानको अध्यक्षता तथा पार्टीका वरिष्ठ नेता राष्टिूय संगठन प्रभारी राजाराम पासवानको प्रमुख आतिथ्यतामा भएको भेलाले श्याम पासवान कै अध्यक्षतामा ३१ सदस्यीय वाड कमिटी पनि गठन भएको छ ।
नव गठित समितिको उपाध्यक्ष शिलादेवि चौधरी, मन्जुदेवी चौधरी, सचिव सितारा राम, कोषाध्यक्ष लालबहादुर सार्की र सहसचिव काले चयन भएका छन् । त्यस्तै सदस्यहरुमा रामएकवाल चौधरी, सोमिन्त्रा मल्लि, सुनिल विक, श्यामवती विक, धनमाया थापा लगायत रहेका छन् ।
भेलालाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि राजाराम पासवानले बहुसंख्यक बहुजन समुदायको हक अधिकारको सुनिश्चित गर्ने पार्टी नै बहुजन एकता पार्टी भएकोले यसैमै जोडिन सबैलाई आव्हान गर्नु भयो । आगमी मंसिरमा हुने संघ र प्रदेश सभा निर्वाचनमा बढीभन्दा बढी सिट जितेर बहुजन समाजलाई हुकुमरान बनाउन आफुहरु लागेकाले सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।
उहाले नव गठित कमिटिका पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना दिनुका साथैे संगठनको हितमा काम गर्न निर्देशन समेत दिनु भयो ।
कमेन्ट गर्नुहोस्
कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा माल्यार्पण
रामेछाप । नेपाल कम्यूनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर नेकपा एमाले रामेछापले मंगलबार शहीद गंगालाल श्रेष..
3 घन्टा पहिले
भीरपानीमा कार दुर्घटना, यात्रु सकुशल
रामेछाप । रामेछापको खाँडादेवि गाउँपालिका ३ भिरपानीमा मंगलबार विहान रामेछापबाट विदेशी पर्यटकहरु लिएर काठमाडौं ..
3 घन्टा पहिले
एमालेकै जनप्रतिनिधिका कारण काम गर्न नसकेको गाउँपालिका ..
रामेछाप । रामेछापको खाँडादेवि गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले आफ्नै पार्टीका जनप्रतिनिधिको कारण गा..
3 दिन पहिले
रामेछाप जिल्ला अस्पताल परिसरमा सैनिक स्मृति पार्क
टीकाप्रसाद भट्टरामेछाप । रामेछाप जिल्ला अस्पताल नजिकै वादीपाखा सामुदायिक बनमा लागेको डढेलो निभाउने क्रममा जले..
4 दिन पहिले
खेलकुद क्षेत्रमा मनलागि लगानी, भताभुङ्ग संरचना
टीकाप्रसाद भट्ट रामेछाप – खेलकुदका विभिन्न नाममा पैसा हालेर युवाहरु खुसी पार्न राजनीतिक दलका अगुवाहरुले रामे..
4 दिन पहिले