प्रिंन्स मिश्रा, कपिलवस्तु
कपिलवस्तु, भाद्र १७ गते । कपिलवस्तुको शिवराज नगरपालिकाले रोजगार सेवा केन्द्रका लागि रोजगार सहायक भर्नामा चुकेको छ । खुल्ला प्रतिस्पर्धा मार्फत करार माध्यमबाट पदपूर्तिका लागि शिवराज नगरपालिकाले मिति २०७९ असार २७ गते रोजगार सहायक भर्नाका लागि सूचना प्रकाशित गर्यो ।
सूचनामा दरखास्तमा दिने अन्तिम म्याद मिति २०७९ साउन ९ गते तोकियो । पालिकाले साउन ९ गते विदा परे त्यसको अर्को दिन सम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख गर्यो ।
त्यसपछि मिति २०७९ साउन २५ गते प्रारम्भिक योग्यताको सूचना प्रकाशित गर्यो । नगरपालिकाले सो सुचनामा १० जनाको नाम सहित समाबेश गरेको थियो । शिवराज नगरपालिकाले स्थानीय तहमा प्राविधिक सहायक र रोजगार सहायक पदपूर्ति सम्बन्धि मापदण्ड २०७८ अनुसार नै प्रारम्भिक योग्यताक्रमको सुचि प्रकाशन गर्यो ।
तर शिवराज नगरपालिकाले नै निर्माण गरेको स्थानीय तहमा प्राविधिक सहायक र रोजगार सहायक पदपूर्ति सम्बन्धि मापदण्ड २०७८ को धज्जि उडाउदै ६ दिन ढिलो सूचना प्रकाशन गरेको छ ।
नगरपालिकाले स्थानीय तहमा प्राविधिक सहायक र रोजगार सहायक पदपूर्ति सम्बन्धि मापदण्ड २०७८ को बेवास्ता गर्दै प्रक्रिया अगाडि बढाएको स्थानीयले आरोप लगाएका छन् । मापदण्डमा १० दिन भित्रै सुचि प्रकाशित गर्नु पर्छ भनेर स्पष्ट लेखिएपनि शिवराज नगरपालिकाले ६ दिन ढिलो सूचना प्रकाश्न गरि चुकेको छ ।
दरबन्दी र पदपूर्ति सम्बन्धि प्रारम्भिक योग्यताक्रमको सुचि प्रकशन गर्न बनेको बमोजिम दफा नं ५ को उपदफा (१) बमोजिमको सूचनामा तोकिएको म्यादभित्र प्रप्त हुन आएका आबेदन मध्येबाट पदपूर्ति समितिले म्याद समाप्त भएको १० दिन भित्र योग्य ठहरिएका मध्येबाट १० जना र नभएमा उपलब्ध संख्याका उम्मेदवारको प्रारम्भिक योग्यताक्रम सुचि प्रकाशन गर्ने उल्लेख गरिएको छ ।
तत्कालीन प्रमुख प्रशाकिय अधिकृत गणेश प्रसाद अर्यालले हस्ताक्षर गरेको सुचनामा मापदण्डको ख्यालै नगरी सूचना प्रकाशित गरिएको छ । १० दिन भित्रै प्रकाशन हुनु पर्न सुचना ६ दिन ढिलो प्रकाशित भएको प्रति शिवराज नगरवासी आशंका ब्यक्त गरेका छन ।
दरखास्त दिएकाहरुले सूचना ढिलो प्रकाशित गरेको कार्य गम्भीर विषय भएको बताएका छन । दरखास्त दिएका एकजनाले नाम नबताउने सर्तमा नगरपालिका भित्र आन्तरिक चलखेल भएको बताए ।
उक्त सुचना केहि जनप्रतिनिधिको आफेपासेको लागि खुलाएको भन्ने आंशका व्यक्त गरे । उनले भने “सुचना ढिलो आयो यो दुखत पक्ष हो, कस्को सेटिङ्गमा यस्तो भयो ?“ उक्त रोजगार सहायकको लिखत परिक्षा अझैसम्म भएको छैन ।
शिवराज नगरपालिकाका तत्कालीन प्रमुख प्रशाकिय गणेश अर्यालको सरुवा भइ स्याङ्जाको पुतलीबजार नगरपालिका गइसक्नु भएको छ ।
कर्मचारी भर्ना प्रक्रियामा चुक्यो शिवराज नगरपालिका
4 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
7 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
12 घन्टा पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
1 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
1 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
2 दिन पहिले
