मधेस प्रदेश कांग्रेसले आठ जिल्लामा ६४ जना प्रतिनिधि खटाएयो
3 वर्ष पहिले प्रकाशित
.jpg)
कमल साह
जनकपुरधाम, भाद्र १० गते. । नेपाली कांग्रेस मधेस प्रदेश ले अगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै ‘जनताको साथमा कांग्रेस’ अभियानका लागि ८ वटै जिल्लामा प्रदेश प्रतिनिधि आजैबाट खटाएको छ।
कांग्रेसले आज भदौदेखि १० देखि २४ भदौसम्म हुने अभियानका लागि प्रदेश सदस्यहरूलाई प्रतिनिधिको रूपमा खटाएको हो।
माहामन्त्री वृहत् श्रेष्ठ अनुसार प्रदेश प्रतिनिधिलाई वस्तुस्थिति बुझ्नेदेखि बन्न बाँकी रहेका संगठन उमेदवारको मुल्यांकन र संरचना निर्माणसम्मको जिम्मेवारी तोकिएको छ।
‘प्रदेश हरूलाई १० भदौभित्र अनिवार्य जिल्ला पुग्न निर्देशन दिइएको छ, ’ प्रचारप्रसार विभाग प्रमुख नितेश कुमार गुप्ताले जानकारी गराए , ‘प्रदेश प्रतिनिधि लाई वस्तुस्थिति बुझ्ने, बन्न बाँकी रहेका संगठन संरचना निर्माण र पार्टीका उम्मेदवारलाई विजयी बनाउने गरी अभियान सञ्चालनको जिम्मेवारी दिइएको छ।’
पार्टी नेता एवं सांसद प्रदीप गिरिको निधनका कारण शोकमा रहेकाले कांग्रेसले अभियान केही दिन पछि सारेको हो ।
कांग्रेसले सूचना सचार तथा प्रचारप्रसार विभाग प्रमुख नितेश कुमार गुप्ता जलाई सर्लाही जिल्लामा प्रतिनिधिका रूपमा खटाएको छ।
कांग्रेसले खटाएको सूचीअनुसार रौतहटमा ससदिय बोर्ड सदस्य रामबाबु साह मा धर्मलाल लाल राय लाई खटाइएको छ भने
अन्य जिल्लामा रविन कोईराला धुर्व रिजाललाई जिम्मेवारी दिइएको छ।
कांग्रेस कार्यालय मुख्यसचिव सन्तु प्रसाद यादब अनुसार जिम्मेवारी दिइएका प्रतिनिधिको पत्र समेत पठाई सम्बन्धित प्रतिनिधिलाई बुझाई सक्यो ।
नेपाली कांग्रेस मधेस प्रदेश ले प्रतिनिधिहरुलाई निर्वाचनको केन्द्रियलाई केन्द्रित गरि स्थलगत रुपमा खटाएको प्रदेश सभापति कृष्ण प्रसाद यादब द्वारा हस्ताक्षर गरिएको पत्रमा उल्लेख छ ।
कमेन्ट गर्नुहोस्
कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा माल्यार्पण
रामेछाप । नेपाल कम्यूनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर नेकपा एमाले रामेछापले मंगलबार शहीद गंगालाल श्रेष..
3 घन्टा पहिले
भीरपानीमा कार दुर्घटना, यात्रु सकुशल
रामेछाप । रामेछापको खाँडादेवि गाउँपालिका ३ भिरपानीमा मंगलबार विहान रामेछापबाट विदेशी पर्यटकहरु लिएर काठमाडौं ..
3 घन्टा पहिले
एमालेकै जनप्रतिनिधिका कारण काम गर्न नसकेको गाउँपालिका ..
रामेछाप । रामेछापको खाँडादेवि गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले आफ्नै पार्टीका जनप्रतिनिधिको कारण गा..
3 दिन पहिले
रामेछाप जिल्ला अस्पताल परिसरमा सैनिक स्मृति पार्क
टीकाप्रसाद भट्टरामेछाप । रामेछाप जिल्ला अस्पताल नजिकै वादीपाखा सामुदायिक बनमा लागेको डढेलो निभाउने क्रममा जले..
4 दिन पहिले
खेलकुद क्षेत्रमा मनलागि लगानी, भताभुङ्ग संरचना
टीकाप्रसाद भट्ट रामेछाप – खेलकुदका विभिन्न नाममा पैसा हालेर युवाहरु खुसी पार्न राजनीतिक दलका अगुवाहरुले रामे..
4 दिन पहिले