धनवीर कुशवाहा, गौशाला
गौशाला, माघ ७ गते । माघ १ गतेदेखि संचालनमा आएको साताव्यापी योग शिविर वुधबारबाट सम्पन्न भएको छ । गौशालास्थित नवनिर्माणाधीन कभर्डहलमा आयोजित एक हप्ते योग शिविर विधिबत रुपमा सम्पन्न भएको हो ।
गौशाला नगरपालिकाको आयोजनामा सम्पन्न भएको सो समापन कार्यक्रमलाई सम्बोधनको क्रममा विभिन्न व्यक्तित्वहरुले योगको सन्दर्भमा चर्चा परिचर्चा गरेका थिए । पूर्णरुपमा स्वस्थ रहनका लागि नियमित रुपमा योग गर्नु अपरिहार्य रहेको पूर्वमन्त्री गिरीराजमणि पोखरेलले बताएका छन ।
वुधबार महोत्तरीको गौशाला नगरपालिकाले आयोजना गरेको साताव्यापी योग शिविरको समापन समारोहलाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै विहानीपख नियमित रुपमा योग गर्नाले शारिरीक र मानसिक रुपमा स्फुर्ति पाउने भएपछि योग अनिवार्य रुपमा गर्नुपर्ने धारणा राखेका हुन ।
पोखरेलले नेपालीहरु पुर्वर्जहरुले अपनाएको संस्कृतिलाई भुलेर पश्चिमा संस्कृतितर्फ लम्किनु दुखद रहेको तर्क राखेका हुन । कार्यक्रमकाबीच नगरप्रमुख शिवनाथ महतोले गौशाला नगरपालिकालाई योगयुक्त क्षेत्र बनाउनका लागि प्रयासरत रहेको बताए ।
अब नगरको हरेक विद्यालयबाट योग शिक्षा जनचेतनाको रुपमा फैलाउने नगरप्रमुख महतोले बताए । कार्यक्रमकाबीच योग र ध्यानले समाजलाई रोगमुक्त बनाउन सफल रहने नगरप्रवक्ता भोजवहादुर दर्लामीले तर्क राख्नुभयो । अब अगामी दिनमा वडा वडामा योग शिविरको आयोजना गरि योग शिक्षलाई निरन्तरता दिने नगरप्रवक्ता दर्लामीले प्रतिवद्धता जनाए ।
सोहीवीच नेपाल शिक्षक महासंघ गौशालाका अध्यक्ष नकुल उप्रेतीले स्वच्छ जीवनयापनका लागि योग अनिवार्य रहेको तर्क राख्दै अव शिविरबाट सिकेको शिक्षा विद्यालयबाट जनजनमा सन्देशात्मक अभियान संचालन गर्ने धारणा राख्नुभयो ।
योगलाई जनजनमा फैलाउनका लागि गौशालास्थित त्रिभुवन माविको प्रागणमा रहेको स्रोत केन्द्रलाई खाली गराएको छ । अब स्रोतकेन्द्रबाट योग सम्बन्धि शिक्षाको सुरुवात हुने नगरपालिकाको कार्यालयले जनाएको छ ।
सोहीवीच गौशाला नगरपालिकाले प्रशिक्षकलाई मायाको चिनो दोसल्ला र सल ओढाउनुको साथै सम्मानपत्रले सम्मानित गरेका थिए । त्यस्तै प्रशिक्षार्थी एवम आगन्तुकहरुलाई समेत प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रमको उदघोषण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रजंग थापाले गरेका थिए ।
गौशालामा साताव्यापी योग शिविर सम्पन्न, स्वस्थ रहनका लागि नियमित रुपमा योग गर्नु आवश्यक रहेको पूर्वमन्त्री पोखरेलको भनाई
6 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
1 दिन पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
1 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
