कैलाशपुरी मन्दिर क्षेत्रलाई चांडो भन्दा चाडो पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्ने मेयरः बुढाथोकी
3 वर्ष पहिले प्रकाशित

सन्जु कर्ण, सर्लाही,
सर्लाही, भाद्र ६ गते । हरिवन नगरपालीकाका प्रमुख रमेस बुढाथोकी (कमल) ले कैलाशपुरी मन्दिर क्षेत्रलाई चांडो भन्दा चाडो पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।
कैलाशपुरी मन्दिर संरक्षण समितीले आज (सोमवार) गरेको सम्मान कार्यक्रममा यस्तो बताउनु भएको हो । हरिवन १ मा रहेको कैलाशपुरी मन्दिरको पुर्व पटिको डाँडोमा बुद्धको ठुलो मुर्ति मन्दिरको पश्चिम पटिको डाँडोमा भ्यू टावर तथा मन्दिरको प्रंड.णमा ब्लक तथा टायल्स राखेर सुन्दर तथा रमणिय क्षेत्र बनाईने यस कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका मेयर बुढाथोकीले बताउनु भयो ।
साथै यस अबधिमा संकलीत रकमको खर्च कटाई बचत रकम लाई सहिरुपमा खर्च गर्न पनि मेयर बुढाथोकीले सुझाव दिनु भएको कैलाशपुरी मन्दिर संरक्षण समितीका बरिष्ठ सल्लाहकार मोहन कार्कीले बताउनु भयो ।
कैलाशपुरी मन्दिर संरक्षण समितीका अध्यक्ष दुर्गा बहादुर श्रेष्ठको अध्यक्षतामा भएको यस कार्यक्रमका प्रमुख अतिथी हरिवन नगरपालीकाका नगर प्रमुख रमेस बुढाथोकी (कमल) हरिवन नगरपालीकाका वडा नं.१ का वडा अध्यक्ष टम बहादुर तामाड.को बिशिष्ट आतित्यथामा भएको यस कार्यक्रममा उद्योग बाणिज्य संघ हरिवनका कोषध्यक्ष राम बिनोद कुुशवाह, नवराज धमला, गंगा भटट्रराई रेडियो सर्लाहीका स्टेशन मेनेजर सन्जु कर्ण, काजल टेन्ट हाउसका प्रेपराईटर लगायतकाहरुलाई सममान गरिएको थियो ।
कैलाशपुरी मन्दिरको लागी आर्थिक सहयोग पनि भएको हुदा यस कार्यक्रम मार्फत आम्दानी र खर्चको बिबिरण सहित पुर्जा पनि बितरण गरिएको थियो ।
जसमा एक लाख त्रिहत्तहर हजार ६ सय आठ रुपैया आम्दानी गरेकोमा सडचालीस हजार ३ सय ७५ रुपैया खर्च भएको जनाईएको छ, त्यसमा राधे अफसेट प्रेसको हिसाव आउन बाकी रहेको पुर्जामा उल्लेख गरिएको छ । बचत रकम एक लाख २६ हजार २ सय ३३ रुपैया लाई सहि सदुपयोग गर्ने आयोजकले जनाएको छ ।
साउनको प्रत्येक सोमवार मन्दिरमा मेला लगाई बोलबम तथा भक्त जन हरुलाई सुरक्षित र ब्यबस्थित तरिकाले पुजा तथा दर्शन गर्ने वातावरण बनाउन सहयोग गर्ने महानुभावहरु, महाप्रसादको ब्यबस्था गर्ने महानुभावहरु लगायतका सहयोगीहरुलाई प्रसंशापत्र सहित सम्मान गरिएको मेला ब्यबस्थापन समितीका संयोजक जयनारायण चौधरीले बताउनु भयो ।
कमेन्ट गर्नुहोस्
व्यवसाय क्षेत्रमा प्रयोग हुने यन्त्रउपकरणको परिक्षण शु..
रामेछाप । रामेछापमा संचालन रहेका विभिन्न व्यवसायहरुमा प्रयोग हुने ढक, तराजु, मिटर र लिटरको परिक्षण गर्ने कार्य म..
38 मिनट पहिले
कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा माल्यार्पण
रामेछाप । नेपाल कम्यूनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर नेकपा एमाले रामेछापले मंगलबार शहीद गंगालाल श्रेष..
4 घन्टा पहिले
भीरपानीमा कार दुर्घटना, यात्रु सकुशल
रामेछाप । रामेछापको खाँडादेवि गाउँपालिका ३ भिरपानीमा मंगलबार विहान रामेछापबाट विदेशी पर्यटकहरु लिएर काठमाडौं ..
4 घन्टा पहिले
एमालेकै जनप्रतिनिधिका कारण काम गर्न नसकेको गाउँपालिका ..
रामेछाप । रामेछापको खाँडादेवि गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले आफ्नै पार्टीका जनप्रतिनिधिको कारण गा..
3 दिन पहिले
रामेछाप जिल्ला अस्पताल परिसरमा सैनिक स्मृति पार्क
टीकाप्रसाद भट्टरामेछाप । रामेछाप जिल्ला अस्पताल नजिकै वादीपाखा सामुदायिक बनमा लागेको डढेलो निभाउने क्रममा जले..
4 दिन पहिले