मधेश मिडिया काउन्सिलले सम्मान कार्यक्रम गरियो
3 वर्ष पहिले प्रकाशित

कमल साह
जनकपुरधाम,साउन २९ गते । मधेश मिडिया काउन्सिलले नेपाल टेलिविजनका जनकपुर सम्वाददाता एवं वरिष्ठ पत्रकार श्रीनारायण साह लगायतका व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।
मधेश मिडिया काउन्सिलमा साउन २५ गते आयोजना गरिएको सम्मान कार्यक्रममा जिल्ला समन्वय समिति धनुषा प्रमुख राजनन्दन मण्डल,उपप्रमुख संगितादेवी ठाकुर र पत्रकार श्रीनारायण साह लाई दोसाला ओडाएर सम्मान गरिएको छ ।
मधेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरी भट्टराईले दोसाला ओढाएर सम्मान गर्नुभयो ।
पत्रकार श्रीनारायण साह २०५४ साल फाल्गुन ७ गतेदेखि निरन्तररुमा नेपाल टेलिभिजनका महोत्तरी,सप्तरी एवम् धनुषा जिल्लाको प्रतिनिधि भई कार्यरत रहनु भएको छ । मधेश मिडिया काउन्सिलका अध्यक्ष भट्टराईले विदेहभूमि मासिक पत्रिकाका प्रधान सम्पादक प्रकाशक बरिष्ठ पत्रकार श्रीनारायण साहलाई विशेष सम्मान गर्नुभयो ।
सो कार्यक्रममा मधेश मिडिया काउन्सिलका कार्यालय प्रमुख मुनेश्वर यादव, काउन्सिलका सदस्य द्वय कैलाश दास र गायत्री मिश्र लगायतको उपस्थिति रहेको थियो।
कमेन्ट गर्नुहोस्
व्यवसाय क्षेत्रमा प्रयोग हुने यन्त्रउपकरणको परिक्षण शु..
रामेछाप । रामेछापमा संचालन रहेका विभिन्न व्यवसायहरुमा प्रयोग हुने ढक, तराजु, मिटर र लिटरको परिक्षण गर्ने कार्य म..
4 घन्टा पहिले
कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा माल्यार्पण
रामेछाप । नेपाल कम्यूनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर नेकपा एमाले रामेछापले मंगलबार शहीद गंगालाल श्रेष..
7 घन्टा पहिले
भीरपानीमा कार दुर्घटना, यात्रु सकुशल
रामेछाप । रामेछापको खाँडादेवि गाउँपालिका ३ भिरपानीमा मंगलबार विहान रामेछापबाट विदेशी पर्यटकहरु लिएर काठमाडौं ..
7 घन्टा पहिले
एमालेकै जनप्रतिनिधिका कारण काम गर्न नसकेको गाउँपालिका ..
रामेछाप । रामेछापको खाँडादेवि गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले आफ्नै पार्टीका जनप्रतिनिधिको कारण गा..
4 दिन पहिले
रामेछाप जिल्ला अस्पताल परिसरमा सैनिक स्मृति पार्क
टीकाप्रसाद भट्टरामेछाप । रामेछाप जिल्ला अस्पताल नजिकै वादीपाखा सामुदायिक बनमा लागेको डढेलो निभाउने क्रममा जले..
4 दिन पहिले