कमल साह
जनकपुरधाम,साउन २६ गते । जनकपुरधाम उपमहानगरपालिकाले छाडा चौपाया नियन्त्रणका लागि गौशाला (कांजी हाउस) निर्माण आरम्भ भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नंं– १२ कुवा स्थित गुठी संस्थान अन्तर्गत रहेको राजदेवी मंदिरको २ विगहा मध्ये १ विघा जमिन उपमहानगरपालिकाले लिजमा लिई निर्माण कार्य अगाडी बढाएको छ ।
रामसागर रामस्वरुप बहुमुखि क्याम्पसको दक्षिणपट्टी गुठी संस्थान अधिनमा रहेको राजदेवी मन्दिर भन्दा उत्तरको १ विगहा जनकपुर धाम उपमहानगर लिजमा लिई शिलान्यास कार्य आज सम्पन्न गरेको छ । नगरप्रमुख मनोज कुमार साह, उपप्रमुख किशोरी साह तथा वडाध्यक्षहरूले संयुक्त रुपमा गौशालाको शिलान्यास गर्नुभयो ।
सो गौशालाको लागि हाल १ करोड रकम विनियोजन गरिएको नगर प्रमुख साहले बताउनु भयो । सो रकमबाट काँजी हाउस निर्माण स्थलमा पर्खाल लगाउने, छाडा चौपाया राख्नको लागि घर, त्यसको लागि चाहिने भूस तथा पराल राख्ने घर र गौशालाको रेखदेख गर्ने कर्मचारी बस्ने घरको निर्माण गरिने नगरप्रमुख साहले बताउनु भयो ।
नगर प्रमुख साह ले कुपेश्वर युवा क्लबका अध्यक्ष दिलिप मण्डललाई देखाउँदै यो जग्गा उपलब्ध गराउनमा सहयोेग गर्ने यो व्यक्ति रहेको भन्नुभयो ।
उपमहानगरले छाडा गाई नियन्त्रणको लागि गौशाला निर्माण गरिरहेको समाचार सुनेर आजैबाट चौपाया छाडने कार्यमा नियन्त्रण आएको देखिन्छ । र गौशाला निर्माण भएपछि नगरक्षेत्रमा जथाभाबी चौपाया छाडने कार्यमा नियन्त्रण हुने भएकोले ट्राफिक व्यवस्थापनमा ठूलो मद्दत पुग्ने विश्वास नगरप्रमुख मनोज कुमार साह को रहेछ ।
सो शिलान्यास कार्यक्रममा उपप्रमुख किशोरी साहले गौशालाको निर्माण सँगै प्राचीन राजदेवी मन्दिरको पनि सौन्दर्यीकरणका लागि उपमहानगरपालिकाले काम गर्ने बताउनु भयो ।
गौशालामा रहेको छाडा चौपायाबाट उत्पन्न गोवर तथा मूत्रबाट जैविक मल बानउने र त्यो मल न्यूनतम मुल्यमा किसानलाई उपलब्ध गराउने सोच उपमहानगरपालिका रहेको छ ।
नगरक्षेत्रका कतिपय गाई धनीहरूले दूध दुहेर गाईलाई त्यसै छाडने एवं दुध नदिने चौपायालाई जथाभाबी छाड्ने गरेको ले उपमहानगरको सडक समस्या आउने गरेको हुन्छ । साथै नगरक्षेत्रमा छोडिएको चौपायाले सडकमा मल मूत्र त्यागले कुरुपता उत्पन्न हुँदै आएको हुन्छ । छाडा चौपायाका कारण सवारी दुर्घटना समेत कहिल्ये कांही हुनेगरेको हुन्छ ।
गौशालाको निर्माणपछि छाडा गाई गोरु उपमहानगराले नियन्त्रणमा लिएर सो गौशालामा राख्ने छ । र गाई लिन जाने धनीसंग पाँच हजार जरिवाना लिने योजना रहेको छ ।
देव भूमि जनकपुरधाममा यो भन्दा अघि छाडा चौपाया नियन्त्रण गर्ने अभियान चलाएको थियो । नगरमा समातिएको गाई गोरु तिरहुतिया गाछीको छाडने गरिन्थ्यो । खुल्ला आकाश मुनि छोडिएको गाईलाई घाम पानीबाट जोग्न व्यवस्था नगरिएको ले विरोध भएको थियो । छाडा चौपाया नियन्त्रण कार्य बन्द भएको थियो ।
तर, झण्डै ३ महिन पूर्व निर्वाचित नगर प्रमुख मनोज कुमार साह ले छाडा गाईलाई नियन्त्रण गर्नको लागि काँजी हाउस निर्माण गर्ने कार्य अगाडी बढाउनु भएको लाई सबैले सह्राना गर्नुहुन्छ ।
धार्मिक शास्त्रहरुको अनुसार गाई गोरुको सेवा निक्कै फलदायक मानेकाले नगरपालिकाले चालु आर्थिक वर्षका लागि गौशाला निर्माण गर्नका लागि १ करोड रकम विनियोजन गरेको उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर विरेन्द्र कुमार यादवले बताउनु भयो ।
उहाँले पछि पर्ने आवश्यकताको लागि फेरी पछि सोच्ने कार्य हुने भन्नुभयो ।
जनकपुरधामको छाडा चौपाया नियन्त्रणगर्न एक करोडमा गौशाला निर्माणगरिदै
4 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
7 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
12 घन्टा पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
1 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
1 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
2 दिन पहिले
