+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

धनुषा जिल्लामा बहुजन एकता पार्टी नेपालको प्रशिक्षणका कार्यक्रमहरु हुदै

3 वर्ष पहिले प्रकाशित

सन्जु कर्ण, सर्लाही,
सर्लाही, श्रावण २४ गते । धनुषा जिल्लाको मिथिला नगरपालिका पुष्पलपुर मा आज (शनिवार) बहुजन एकता पार्टी नेपालको प्रशिक्षण कार्यक्रम संपन्न भएको छ ।
सन्जय सदाको अध्यक्षता एवं पार्टीका वरिष्ठ नेता तथा राष्टिूय संगठन प्रभारी राजाराम पासवानको प्रमुख आतिथ्यमा संपन्न कार्यक्रममा बहुजन समाजका व्यक्तिहरुको सहभागीता रहेको थियो । सह महासचिव दुर्गा बि क, महिला नेत्री प्रमिला सदा , केशर मुखिया ,अमान सिंह गदाइली, राम बाबू गदाइली लगायतका पार्टी नेताहरुले प्रशिक्षण दिएका थिए ।
पार्टीको निति , सिद्धांत ,रणनीति बारे ,बहुजन बिचारधारा अधारित समता ,स्वतन्त्रता ,भाइचारा एवं बन्धुत्वको माध्यमले समाज जागृत गराइ बहुजन बन्चित समाजलाई शासक बनाउन हरेक टोल ,गाउँ ,बस्ती बस्तीमा बिचार प्रचार एवं संगठन निर्माण गर्न कार्यकर्ताहरुलाई आह्वान गरिएको छ । जब सम्म बन्चित समाजको हक,अधिकार सुनिश्चित हुँदैन ,तव सम्म बहुजन एकता पार्टी नेपाल संपुर्ण लडाइको लागी तैयार रहेको भन्दै नेता पासवानले गरिब माथी हुने हत्या हिंसा एवं बलात्कारको प्रमुख कारण नश्लवादी चिन्तन एवं जातिवादी हावी राजनीतिक सत्ता रहेको भन्दै त्यसलाई सखाप पारेर बहुजन समाज हुकुमरान बन्नु पर्ने धारणा व्यक्त गरेका थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

व्यवसाय क्षेत्रमा प्रयोग हुने यन्त्रउपकरणको परिक्षण शु..

रामेछाप । रामेछापमा संचालन रहेका विभिन्न व्यवसायहरुमा प्रयोग हुने ढक, तराजु, मिटर र लिटरको परिक्षण गर्ने कार्य म..

3 घन्टा पहिले

कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा माल्यार्पण

रामेछाप । नेपाल कम्यूनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर नेकपा एमाले रामेछापले मंगलबार शहीद गंगालाल श्रेष..

6 घन्टा पहिले

भीरपानीमा कार दुर्घटना, यात्रु सकुशल

रामेछाप । रामेछापको खाँडादेवि गाउँपालिका ३ भिरपानीमा मंगलबार विहान रामेछापबाट विदेशी पर्यटकहरु लिएर काठमाडौं ..

6 घन्टा पहिले

एमालेकै जनप्रतिनिधिका कारण काम गर्न नसकेको गाउँपालिका ..

रामेछाप । रामेछापको खाँडादेवि गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले आफ्नै पार्टीका जनप्रतिनिधिको कारण गा..

3 दिन पहिले

रामेछाप जिल्ला अस्पताल परिसरमा सैनिक स्मृति पार्क

टीकाप्रसाद भट्टरामेछाप । रामेछाप जिल्ला अस्पताल नजिकै वादीपाखा सामुदायिक बनमा लागेको डढेलो निभाउने क्रममा जले..

4 दिन पहिले