प्रिंन्स मिश्रा, कपिलवस्तु
कपिलवस्तु, माघ ५ गते । कपिलवस्तुको विजयनगर गाउँपालिकामा आइतवार बर्डर आउट पोष्ट ९बिओपी०को स्थापना गरिएको छ । गाउँपालिकाको वडा नं। १ जवाबैराठको नेपाल–भारत सिमानामा बिओपीको स्थापना भएको हो । कपिलवस्तुकै भौगोलिक बनावटले सबैभन्दा अति विकट क्षेत्रमा पर्ने जवाबैराठमा बिओपीको स्थापना गरिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नं। ५ विन्ध्यावासिनी बाहिनी मुख्यालयका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक ९डीआईजी० किशोर प्रधानले प्रमुख अतिथीको आसनबाट बोल्दै विजयनगर गाउँपालिकाको १ मा बिओपीको स्थापनापछि अब यहाँका जनतालाई प्रत्यक्ष पुर्ण सुरक्षित वातावरणको महसुस हुने बताउनुभएको छ । नेपाल सरकारले सिमा नाकामा घनिभूतरुपमा स्थापना गरी लैजाने निर्णय बमोजिम सशस्त्र प्रहरी बलले सम्पूर्ण जिल्लाहरुमा तराई र हिमालका बर्डरहरुसँग जोडिएका जिल्लाहरुमा बिओपी स्थापना गर्दै आइरहेको बताउँदै त्यस नियम अनुसार कपिलवस्तुमा पनि बिओपीको स्थापना भएको बताउनुभयो ।
उहाँले यस क्षेत्रमा गर्नेपर्ने आफ्नो कर्तव्य, दायित्व र जिम्मेवारीलाई पालना गर्दै देशले सुम्पिएको जिम्मेवारीलाई कर्तव्यनिष्ठ पुर्वक सशस्त्र प्रहरीले यहाँका नागरिकलाई सुरक्षित वातावरणमा बस्न, हिड्न, लगाउन, व्यवसाय सञ्चालन गर्न एउटा महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । सशस्त्र प्रहरीसँगै स्थानीय नागरिकहरुले एकसाथ हातेमालो गर्दै अगाडी बढे अपराधका घटनाहरुलाई न्युनीकरणमा ठुलो सहयोग पुग्ने कुरामा जोड दिनभयो । बिना डर, त्राससँग स्थानीयवासीहरुलाई ढुक्कसँग बसेर व्यापार, व्यवसाय सञ्चालन गर्न अनुरोधसमेत प्रधानले गर्नुभयो ।
यस्तै जिल्ला प्रमुख दीर्घनारायण पौडेलले कपिलवस्तु जिल्ला भारतको सिमा नाकासँग ९३ किलो मिटर जोडिएको बताउँदै बिओपी जवाबैराठले १३ किलो मिटरभित्रको क्षेत्रकलाई हेर्नका लागि बिओपीको स्थापना गरिएको बताउनुभयो । बर्डरको सुरक्षा, बर्डरमा हुने अपराधहरु घटनाहरु चोरी, निकासी, पैठारी लगायत कानुन विपरीतका कार्यहरुलाई नियन्त्रण गर्न ठूलो उपलब्धी हुने पौडेलले दावी गर्नुभयो । यस बिओपीको स्थापनाका लागि विजयनगर गाउँपालिकाको ठुलो सहयोग र गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाको अथक प्रयाससमेत रहेको उहाँले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले वडा नंं।१ अति विकट क्षेत्र भएकोले यहाँका सिमा नाकामा घट्ने घटनाहरुलाई न्युनीकरण गर्ने उद्धेश्यले बिओपीको स्थापना हुनु सराहनीय कार्य भएको बताउनुभयो । अब यस क्षेत्रमा हुने अबैद्य, गैर कानुनी क्रियाकलापमा कमी आउनुको साथै यहाँका बासिन्दा सुरक्षित हुने थापाले बताउनुभयो ।
कपिलवस्तुको सबैभन्दा विकट क्षेत्र जवाबैराठ सिमानामा बिओपीको स्थापना
6 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
1 दिन पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
1 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
