+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

अर्थमंत्री जनार्दन शर्माद्वारा प्रस्तुत बजेटमा भारी बमण्डर कमला नदी नियन्त्रणको रकम मधेश प्रदेशलाई बिनियोजन

3 वर्ष पहिले प्रकाशित

कमल साह
जनकपुरधाम, असार २५ गते । अर्थमन्त्री जनार्दन शर्माले संसदमा जेष्ठ १५ गते १७ खर्ब ९३ अर्ब बजेट प्रस्तुत गर्नुभयो ।
तर, त्यो बजेटमा कतिवटा बमण्डर गल्ती होला अहिल्येसम्म अकिन भन्न सकिने अवस्था छैन । यो कुरा कमला नदी नियन्त्रणको लागि विनियोजित रकम प्रदेश सरकारलाई पठाएकोबाट स्पष्ट हुन्छ ।
बजेट निर्माण क्रममा धनुषा र सिरहा जिल्लाका किसानको कुभलो चाहने मान्छेले आफ्नो स्वार्थ पुर्ति गरेको स्पष्ट देखिन्छ।
सिन्धुली जिल्लाको महाभारत पहाडको तल्लो भाग र चुरे पहाडको माथिल्लो भागबाट उत्पन्न भएको कमला नदी हो । यो नदीसंगै आउने वर्षाको भेलले धनुषा र सिरहा जिल्लामा वितण्डा मचाउँदै आएको सबैलाई थाह छ । तर, बजेट बनाउने व्यक्तिको कोप भाजनमा धनुषा र सिरहाका किसान परेका छन ।
जेष्ठ १५ गते प्रस्तुत भएको बजेटमा कमला नदी नियन्त्रणको लागि ८ करोड बिनियोजन भएको छ । तर, त्यो ८ करोड रकम संघीय सरकार अन्तर्गत रहेको कमला नदी नियन्त्रणको नाउमा बजेट बिनियोजन नगरी मधेश प्रदेश सरकारको खातामा पठाएको छ ।
कमला नदी नियन्त्रण प्रमुख डीई विष्णुदेव यादव ले बजेट बिनियोजनमा महा गरबडी भएको स्वीकार गर्नुहुन्छ । उहाँका अनुसार कमला नदी को कटान रोक्नमा धनुषा र सिरहा जिल्ला संग भेदभाव भएको छ । उहाँले सिन्धुली जिल्लामा नदी कटान रोक्न संघीय कार्यालय अन्तर्गत रकम बिनियोजन भएको छ । तर, धनुषा र सिरहा जिल्लाको ३५ किलो मिटर तटबन्धलाई सुरक्षा पार्न बिनियोजित रकम प्रदेश सरकारको नाउमा पठाएको उहाँ थप्नुहुन्छ ।
कमला नदी नियन्त्रणको लागि प्रदेश सरकारलाई पठाएको रकम अन्य योजनामा बिनियोजन भईसकेको डीई विष्णुदेव यादव बताउनु हुन्छ । मधेश प्रदेश ले सदनमा प्रस्तुत गरिएको बजेट अब केहि दिन भित्रमा पारित हुने अवस्थामा आई पुगेको छ ।
अर्थ मंत्री शर्माले प्रस्तुत
गर्नुभएको बजेट
–आर्थिक वर्ष २०७९÷८० को
बजेट १७ खर्ब ९३ अर्ब
–कुल विनियोजित रकम ८%
–आर्थिक वृद्धिको लक्ष्य ३ खर्ब
८० अर्ब कुल पुँजीगत÷विकास
खर्च
–७ खर्ब ५३ अर्बकुल चालु÷नियमित खर्च
–२ खर्ब ३० अर्बवित्तीय व्यवस्थापन
– १२ खर्ब ४० अर्बराजस्व अनुमान
कमला सिंचाई व्यवस्थापनका डीई विरेन्द्र कुमार यादव का अनुसार पोर्ताहादेखि भारतीय सीमा जयनगरसम्म ३५ किलो मिटर तटबन्ध भारत सरकारको सहयोगमा निर्माण भएको हो । धनुषा र सिरहा जिल्लाका दुई किनारालाई जोडदा ७० किलोमिटर हुन्छ । तर, यसपाली सो तटबन्धलाई सुरक्षा गर्ने रकम प्रदेश सरकारलाई पठाएको बरो दुःखद कुरा हो उहाँ थप्नुहुन्छ ।
कमला सरोकार समितिका अध्यक्ष एवं कमला नगरपालिका नगरप्रमुख विशेश्वर यादव ले माओवादीे कोटाका अर्थमंत्री जनार्दन शर्मा ले कमला नदीको बजेट जनाजान अन्यत्र सरेको गरेको आरोप लगाउनु हुन्छ ।
नगरप्रमुख यादवले अर्थमंत्री ाजनार्दन शर्मा धनुषा र सिरहाका किसानको अवस्था राम्रो हेर्न नचाहेको ले यस्तो घृनित कार्य गरेको आरोप लगाउनु हुन्छ ।
कमला सरोकार समितिका अध्यक्ष यादवले धनुषाका पुर्व पश्चिम सडक पोर्ताहादेखि इनर्वा सम्म थुप्रै ठाउँमा तटबन्ध भत्किने जोखिम रहेको थप्नुहुन्छ ।
सो निरिक्षण कार्यक्रमको नेतृत्व विपद् व्यवस्थापन समिति धनुषाका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले गर्नुभएको थियो ।
कमला नदी नियन्त्रण प्रमुख विष्णुदेव यादव भन्नुहुन्छ, बजेट संसदबाट पारित भईसकेको ले अब त्यसमा कुनै हेरफेर गर्न सकिदैनन् । प्रदेश सरकारलाई पठाएको रकम कमला नदीको लागि रहेको भएपनि अन्यत्र रकमान्तर प्रदेश सरकारले बिनियोजन गरिसको छ ।
उहाँले विभागबाट अश्वासन पाईको हो बताउँदै थप्नुहुन्छ कमलानदी नियन्त्रणको लागि अब बिनियोजन हुने रकम एक चौमासिक पछाडी आउने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

राप्रपाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

रामेछाप । विभिन्न ६ बुँदे माग राखेर राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछापले मंगलबार रामेछापका प्रमुख जिल्ला अधि..

4 घन्टा पहिले

रामेछापका शिक्षकले दिए केन्द्राध्यक्षको जिम्मेवारी पु..

रामेछाप । कक्षा १२ को परिक्षाका लागि खटाइएका रामेछापका १३ जना केन्द्राध्यक्षहरुले मंगलबार शिक्षा विकास तथा समन..

4 घन्टा पहिले

व्यवसाय क्षेत्रमा प्रयोग हुने यन्त्रउपकरणको परिक्षण शु..

रामेछाप । रामेछापमा संचालन रहेका विभिन्न व्यवसायहरुमा प्रयोग हुने ढक, तराजु, मिटर र लिटरको परिक्षण गर्ने कार्य म..

8 घन्टा पहिले

कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा माल्यार्पण

रामेछाप । नेपाल कम्यूनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर नेकपा एमाले रामेछापले मंगलबार शहीद गंगालाल श्रेष..

11 घन्टा पहिले

भीरपानीमा कार दुर्घटना, यात्रु सकुशल

रामेछाप । रामेछापको खाँडादेवि गाउँपालिका ३ भिरपानीमा मंगलबार विहान रामेछापबाट विदेशी पर्यटकहरु लिएर काठमाडौं ..

12 घन्टा पहिले