कमल साह
जनकपुरधाम, असार २५ गते । अर्थमन्त्री जनार्दन शर्माले संसदमा जेष्ठ १५ गते १७ खर्ब ९३ अर्ब बजेट प्रस्तुत गर्नुभयो ।
तर, त्यो बजेटमा कतिवटा बमण्डर गल्ती होला अहिल्येसम्म अकिन भन्न सकिने अवस्था छैन । यो कुरा कमला नदी नियन्त्रणको लागि विनियोजित रकम प्रदेश सरकारलाई पठाएकोबाट स्पष्ट हुन्छ ।
बजेट निर्माण क्रममा धनुषा र सिरहा जिल्लाका किसानको कुभलो चाहने मान्छेले आफ्नो स्वार्थ पुर्ति गरेको स्पष्ट देखिन्छ।
सिन्धुली जिल्लाको महाभारत पहाडको तल्लो भाग र चुरे पहाडको माथिल्लो भागबाट उत्पन्न भएको कमला नदी हो । यो नदीसंगै आउने वर्षाको भेलले धनुषा र सिरहा जिल्लामा वितण्डा मचाउँदै आएको सबैलाई थाह छ । तर, बजेट बनाउने व्यक्तिको कोप भाजनमा धनुषा र सिरहाका किसान परेका छन ।
जेष्ठ १५ गते प्रस्तुत भएको बजेटमा कमला नदी नियन्त्रणको लागि ८ करोड बिनियोजन भएको छ । तर, त्यो ८ करोड रकम संघीय सरकार अन्तर्गत रहेको कमला नदी नियन्त्रणको नाउमा बजेट बिनियोजन नगरी मधेश प्रदेश सरकारको खातामा पठाएको छ ।
कमला नदी नियन्त्रण प्रमुख डीई विष्णुदेव यादव ले बजेट बिनियोजनमा महा गरबडी भएको स्वीकार गर्नुहुन्छ । उहाँका अनुसार कमला नदी को कटान रोक्नमा धनुषा र सिरहा जिल्ला संग भेदभाव भएको छ । उहाँले सिन्धुली जिल्लामा नदी कटान रोक्न संघीय कार्यालय अन्तर्गत रकम बिनियोजन भएको छ । तर, धनुषा र सिरहा जिल्लाको ३५ किलो मिटर तटबन्धलाई सुरक्षा पार्न बिनियोजित रकम प्रदेश सरकारको नाउमा पठाएको उहाँ थप्नुहुन्छ ।
कमला नदी नियन्त्रणको लागि प्रदेश सरकारलाई पठाएको रकम अन्य योजनामा बिनियोजन भईसकेको डीई विष्णुदेव यादव बताउनु हुन्छ । मधेश प्रदेश ले सदनमा प्रस्तुत गरिएको बजेट अब केहि दिन भित्रमा पारित हुने अवस्थामा आई पुगेको छ ।
अर्थ मंत्री शर्माले प्रस्तुत
गर्नुभएको बजेट
–आर्थिक वर्ष २०७९÷८० को
बजेट १७ खर्ब ९३ अर्ब
–कुल विनियोजित रकम ८%
–आर्थिक वृद्धिको लक्ष्य ३ खर्ब
८० अर्ब कुल पुँजीगत÷विकास
खर्च
–७ खर्ब ५३ अर्बकुल चालु÷नियमित खर्च
–२ खर्ब ३० अर्बवित्तीय व्यवस्थापन
– १२ खर्ब ४० अर्बराजस्व अनुमान
कमला सिंचाई व्यवस्थापनका डीई विरेन्द्र कुमार यादव का अनुसार पोर्ताहादेखि भारतीय सीमा जयनगरसम्म ३५ किलो मिटर तटबन्ध भारत सरकारको सहयोगमा निर्माण भएको हो । धनुषा र सिरहा जिल्लाका दुई किनारालाई जोडदा ७० किलोमिटर हुन्छ । तर, यसपाली सो तटबन्धलाई सुरक्षा गर्ने रकम प्रदेश सरकारलाई पठाएको बरो दुःखद कुरा हो उहाँ थप्नुहुन्छ ।
कमला सरोकार समितिका अध्यक्ष एवं कमला नगरपालिका नगरप्रमुख विशेश्वर यादव ले माओवादीे कोटाका अर्थमंत्री जनार्दन शर्मा ले कमला नदीको बजेट जनाजान अन्यत्र सरेको गरेको आरोप लगाउनु हुन्छ ।
नगरप्रमुख यादवले अर्थमंत्री ाजनार्दन शर्मा धनुषा र सिरहाका किसानको अवस्था राम्रो हेर्न नचाहेको ले यस्तो घृनित कार्य गरेको आरोप लगाउनु हुन्छ ।
कमला सरोकार समितिका अध्यक्ष यादवले धनुषाका पुर्व पश्चिम सडक पोर्ताहादेखि इनर्वा सम्म थुप्रै ठाउँमा तटबन्ध भत्किने जोखिम रहेको थप्नुहुन्छ ।
सो निरिक्षण कार्यक्रमको नेतृत्व विपद् व्यवस्थापन समिति धनुषाका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले गर्नुभएको थियो ।
कमला नदी नियन्त्रण प्रमुख विष्णुदेव यादव भन्नुहुन्छ, बजेट संसदबाट पारित भईसकेको ले अब त्यसमा कुनै हेरफेर गर्न सकिदैनन् । प्रदेश सरकारलाई पठाएको रकम कमला नदीको लागि रहेको भएपनि अन्यत्र रकमान्तर प्रदेश सरकारले बिनियोजन गरिसको छ ।
उहाँले विभागबाट अश्वासन पाईको हो बताउँदै थप्नुहुन्छ कमलानदी नियन्त्रणको लागि अब बिनियोजन हुने रकम एक चौमासिक पछाडी आउने बताउनु भयो ।
अर्थमंत्री जनार्दन शर्माद्वारा प्रस्तुत बजेटमा भारी बमण्डर कमला नदी नियन्त्रणको रकम मधेश प्रदेशलाई बिनियोजन
4 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
7 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
12 घन्टा पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
1 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
1 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
2 दिन पहिले
