+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

मल उपलब्ध गराउन माग गर्दै सर्लाहीमा राप्रपाको धर्ना

3 वर्ष पहिले प्रकाशित

सन्जु कर्ण, सर्लाही,
सर्लाही, असार २५ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार सर्लाही सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ ।
किसानलाई सहज रुपमा मलखाद उपलब्ध गराउन माग गर्दै सो पार्टीले जिल्ला प्रशासन कार्यालयको मुलगेटमा धर्ना दिएको हो ।
अहिले धान रोपाइँको समयमा रसायनिक मल नपाउँदा किसानले महँगो मूल्य तिरेर गुणरस्तरहीन भारतीय मल खरिद गरेर हाल्न बाध्य भइरहेकाले यसबारेमा जिल्ला प्रशासन कार्यालयमार्फत सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले धर्ना दिएको राप्रपा सर्लाहीका अध्यक्ष सत्यनारायण यादवले जानकारी दिए ।
धर्नामा सहभागी सो पार्टीका नेता कार्यकर्ताले सरकारविरुद्ध नाराबाजी गर्दै दिनानुदिन बढ्दो मूल्यवृद्धि नियन्त्रण गर्न पनि माग गरेका छन् ।
राप्रपाले मुलुकमा राष्ट्रिय अखण्डता, स्वाधिनता, सनातन धर्म, अर्थतन्त्र एवं प्रजातन्त्रमाथि गम्भीर चूनौति खडा भएको दावी गरेको छ । धर्नामा जिल्लाभरबाट राप्रपाका नेता कार्यकर्ताहरु उपस्थित भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

राप्रपाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

रामेछाप । विभिन्न ६ बुँदे माग राखेर राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछापले मंगलबार रामेछापका प्रमुख जिल्ला अधि..

3 घन्टा पहिले

रामेछापका शिक्षकले दिए केन्द्राध्यक्षको जिम्मेवारी पु..

रामेछाप । कक्षा १२ को परिक्षाका लागि खटाइएका रामेछापका १३ जना केन्द्राध्यक्षहरुले मंगलबार शिक्षा विकास तथा समन..

3 घन्टा पहिले

व्यवसाय क्षेत्रमा प्रयोग हुने यन्त्रउपकरणको परिक्षण शु..

रामेछाप । रामेछापमा संचालन रहेका विभिन्न व्यवसायहरुमा प्रयोग हुने ढक, तराजु, मिटर र लिटरको परिक्षण गर्ने कार्य म..

8 घन्टा पहिले

कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा माल्यार्पण

रामेछाप । नेपाल कम्यूनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर नेकपा एमाले रामेछापले मंगलबार शहीद गंगालाल श्रेष..

11 घन्टा पहिले

भीरपानीमा कार दुर्घटना, यात्रु सकुशल

रामेछाप । रामेछापको खाँडादेवि गाउँपालिका ३ भिरपानीमा मंगलबार विहान रामेछापबाट विदेशी पर्यटकहरु लिएर काठमाडौं ..

11 घन्टा पहिले